प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ९/१ p. ३
  • अस्वस्थताको रहस्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अस्वस्थताको रहस्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रहस्य सुरु हुनुको मूल कारण
  • के दियाबलले हामीलाई बिरामी पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्नुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • परिवारमा कोही बिरामी हुँदा
    पारिवारिक आनन्दको रहस्य
  • दुष्ट दूतहरूको प्रतिरोध गर्न यहोवाको मदत स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ९/१ p. ३

अस्वस्थताको रहस्य

नाबालक ओमाजीलाई झाडापखाला लागेको छ। तिनकी आमा हाउलाई आफ्नो बच्चीलाई जलवियोजन होला भन्‍ने ठूलो पीर परेको छ किनकि गाउँमा आफ्नी दिदी पर्नेको बच्चा भर्खरै जलवियोजन भएर मरेको खबर तिनले सुनेकी थिइन्‌। बज्यै अर्थात्‌ हाउकी सासू भने ओमाजीलाई झाँक्रीकहाँ लग्न चाहन्छिन्‌। तिनले भनिन्‌, “यो बच्चीलाई त दुष्टात्माले बिरामी बनाएको हो। तिमीले भूतप्रेतबाट जोगाउन बच्चालाई जन्तर लगाइदिन मानेनौ। त्यसैले अहिले यस्तो भइरहेछ!”

यस्ता घटनाहरू संसारका थुप्रै ठाउँहरूमा सुनिन्छ। मानिस बिरामी हुनुको अदृश्‍य कारण दुष्टात्मा हो भनी करोडौं मानिसहरू विश्‍वास गर्छन्‌। खास कुरा के हो त?

रहस्य सुरु हुनुको मूल कारण

अदृश्‍य आत्माले मानिसलाई बिरामी बनाउँछ भनेर तपाईं विश्‍वास गर्नुहुन्‍न होला। साँच्चै भन्‍ने हो भने, त्यस्तो कुरामा पनि मानिसहरूले कसरी विश्‍वास गर्न सकेका होलान्‌ भनेर तपाईं छक्क पर्नुहोला किनकि प्रायजसो सबै प्रकारका बिमार भाइरस र सूक्ष्म जीवाणुले गर्दा हुन्छन्‌ भनेर वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन्‌। तथापि, मानिसहरूलाई केही समय अघिसम्म यी सूक्ष्म जीवाणुहरूबारे थाह थिएन भनेर नभुल्नुहोस्‌। एन्टोनी भान लिविनहुकले १७ औं शताब्दीमा सूक्ष्मदर्शक-यन्त्र आविष्कार गरेपछि मात्र मानिसले थरीथरीका सूक्ष्म जीवाणुहरूबारे थाह पाए। यद्यपि, लुइस पास्चरले १९ औं शताब्दीमा पत्ता लगाएका कुराहरूले गर्दा मात्र विज्ञानले सूक्ष्म जीवाणुहरू र रोगबिमारबीचको सम्बन्ध बुझ्न थाले।

मानिसहरूले लामो समयसम्म मानिस बिरामी हुनुको कारण थाह नपाएकोले सबै प्रकारका रोग बिमारहरू दुष्टात्माले गर्दा भएका हुन्‌ भन्‍नेलगायत थुप्रै अन्धविश्‍वासहरू विकास भए। यस्तो अनधविश्‍वासहरू विकास हुनुको एउटा कारण द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका-ले बताउँछ। यस पुस्तकअनुसार, पुरातन समयमा रोग निको पार्नेहरूले विभिन्‍न रूखबिरुवाका जरा, पात तथा जे हात पर्थ्यो त्यही प्रयोग गरेर रोग निवारण गर्ने प्रयास गर्थे। कहिलेकाहीं यस्ता औषधीले रोग निको हुन्थ्यो पनि। रोग निको पार्नेले यस्तो उपचार गर्दा अन्धविश्‍वासमा आधारित अनेकौं विधि तथा चलनहरू पनि थप्थे जसले गर्दा वास्तवमा रोग कसरी निको भएको हो भनेर थाहै हुँदैनथ्यो। फलतः मानिसहरूले सधैं तिनको मदत लिनुपर्थ्यो। यसप्रकार औषधोपचार के हो भन्‍ने कुरा रहस्यै रहन्थ्यो अनि मानिसहरूले अलौकिक शक्‍तिको मदत खोज्न थाले।

यसरी निको पार्ने परम्परागत तरिकाहरू अझै पनि कतिपय मुलुकहरूमा हराएको छैन। थुप्रैले मृत पुर्खाहरूको आत्माले गर्दा मानिस बिरामी हुन्छ भन्छन्‌। अरू कतिले चाहिं परमेश्‍वरले हामीलाई बिरामी बनाउनुहुन्छ र रोगबिमारचाहिं हाम्रा पापहरूको दण्ड हो भन्छन्‌। जीवाणुहरूले गर्दा मानिस बिरामी हुन्छ भनी थाह भए तापनि मानिसहरू ती अलौकिक प्रभावहरूद्वारा अझै भयभीत हुनसक्छन्‌।

बिजुवा र परम्परागत तरिकाद्वारा निको पार्ने व्यक्‍तिहरूले मानिसहरूको भयको नाजायज फाइदा उठाउँछन्‌। त्यसोभए, हामीले केमा विश्‍वास गर्ने त? के हाम्रो औषधोपचारको लागि प्रेतात्माहरूको मदत खोज्नु ठीक होला? यसबारे बाइबलले के भन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने