प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ९/१ pp. ३०-३१
  • मरियम “असल भाग” छान्छिन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरियम “असल भाग” छान्छिन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूको पाउनेर बसेर सिक्दै
  • हाम्रोनिम्ति पाठ
  • “मैले विश्‍वास गरेकी छु”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • “मैले विश्‍वास गरेकी छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मार्थालाई दिइएको सल्लाह र प्रार्थनासम्बन्धी उपदेश
    सबैभन्दा महान्‌ पुरुष
  • अतिथिसत्कार र प्रार्थनासम्बन्धी पाठ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ९/१ pp. ३०-३१

तिनीहरूले यहोवाको इच्छा गरे

मरियम “असल भाग” छान्छिन्‌

येशूको समयमा स्त्रीहरू रब्बीहरूका परम्पराले बाँधिएका थिए। तसर्थ, तिनीहरूलाई व्यवस्था पढ्‌न निरुत्साहित गरिन्थ्यो। त्यसैकारण, मिश्‍नाहमा उल्लेख गरिएको एउटा विवरणले यसो भन्यो: “यदि कसैले आफ्नो छोरीहरूलाई व्यवस्थाको ज्ञान सिकाइहाले तापनि त्यसरी सिकाउनु कामुकतासरह ठानिन्थ्यो।”—सोता ३:४.

त्यसकारण, प्रथम शताब्दीमा यहूदीयाका प्रायः स्त्रीहरू अशिक्षित थिए। एन्कर बाइबल शब्दकोश टिप्पणी गर्छ: “येशूको सेवकाईभन्दा पहिला यहूदी स्त्रीहरूलाई कुनै महान्‌ शिक्षकको चेलाहरू हुने मौका दिइँदैनथ्यो। त्यस्ता शिक्षकहरूसँग हिंड्‌ने कुरा त परै जाओस्‌ केटाकेटीलाई बाहेक अरूलाई शिक्षासमेत दिन पाउँदैनथ्यो।” स्त्रीहरूलाई होच्याउनका लागि केही धर्मगुरुहरूले सार्वजनिक स्थानमा पुरुषहरूले स्त्रीहरूसित कुरा गर्न हुँदैन भन्‍ने नियमसमेत बनाएका थिए।

येशूले यस्तो अभक्‍त मनोवृत्तिको उपेक्षा गर्नुभयो। उहाँले स्त्री र पुरुषहरू दुवैलाई सिकाउनुभयो र उहाँका चेलाहरू, स्त्री र पुरुष दुवै थिए। (लूका ८:१-३) एकचोटि मार्था र मरियमले येशूलाई आफ्ना घरमा बोलाएका थिए। (लूका १०:३८) यी दुई स्त्रीहरू लाजरसका दिदीहरू थिए। यी तीन जना साख्खै दिदी भाइ हुनुका साथै येशूका असल मित्रहरू पनि थिए। (यूहन्‍ना ११:५) यो निकै नाउँ चलेको परिवार हुनुपर्छ किनभने लाजरसको मृत्यु हुँदा मार्था र मरियमलाई सान्त्वना दिन निकै मानिसहरू आएका थिए। जे भए तापनि, उनीहरूको घरमा येशू पाहुना हुनुहुँदा भएको घटनाबाट सिकेको पाठ उनीहरूलाई मात्र होइन हाम्रोलागि पनि महत्त्वपूर्ण छ।

येशूको पाउनेर बसेर सिक्दै

निस्सन्देह, येशूलाई विशिष्ट भोजन दिन मार्था र मरियम उत्सुक थिए र यस्तो भोजन दिन तिनीहरूको औकातले भ्याउँथ्यो। तथापि, पाहुना आउनुभएपछि मरियमचाहिं ‘उहाँको पाउनेर बसेर उहाँको वचन सुन्‍न थालिन्‌।’ (लूका १०:३९) साँच्चै सिक्न उत्सुक स्त्रीहरूलाई सिकाउन येशूलाई मानिसहरूले बनाएको परम्पराले रोक्न सक्दैनथ्यो! मरियम, येशूको सामुन्‍ने एउटा विद्यार्थीजस्तै आफ्नो गुरुबाट शिक्षा आर्जन गर्न मग्न भएर बसिरहेकी हामी कल्पना गर्न सक्छौं।—तुलना गर्नुहोस्‌ व्यवस्था ३३:३; प्रेरित २२:३.

मरियमजस्तै ढुक्कसित नबसेर मार्थाचाहिं “सेवामा ज्यादै व्यस्त थिइन्‌।” उनी एकपछि अर्को परिकारहरू पकाउन व्यस्त थिइन्‌। आफू एक्लैले सबै कामहरू गरिरहनु पर्दा उनको बहिनीचाहिं येशूको पाउनेर मस्त भएर बसिरहेकी देख्दा मार्थाले गुनासो गरिन्‌। त्यसैले मार्थाले येशूको कुरा बीचैमा काट्‌दै मरियमलाई भनिन्‌: “हे प्रभु, मेरी बहिनीले सेवामा मलाई एकलै छोड़ेकी तपाईं विचार राख्नुहुन्‍न? त्यसलाई भनिदिनोस्‌, र त्यसले मलाई सघाओस्‌।”—लूका १०:४०.

मार्थाले भनेको कुरा सही थियो। किनभने, धेरै जनाको निम्ति खाना एक्लैले तयार गर्नु सजिलो काम होइन, साथै भएभरको भार एकै जनाको थाप्लोमा थुपार्नु हुँदैन। तथापि, येशूले मार्थाको यही कुराबाटै एउटा महत्त्वपूर्ण पाठ सिकाउने मौकाको फाइदा उठाउनु भयो र उहाँले यसो भन्‍नुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्द[छौ], तर जुन कुराको आवश्‍यक छ, त्यो असल भाग मरियमले छानेकी छ, जो त्यसबाट खोसिनेछैन।”—लूका १०:४१, ४२.

येशूले आध्यात्मिक कुराहरूमा मार्थाको कम चासो छ भन्‍न खोज्नुभएको थिएन। बरु उनी ज्यादै ईश्‍वरभक्‍त स्त्री हुन्‌ भन्‍ने कुरा उहाँलाई थाह थियो।a त्यसैले त आफ्नो घरमा येशूलाई बोलाउन मार्था तम्सिएकी थिइन्‌। तथापि, उनी भोजन तयार गर्नमा ज्यादै व्यस्त हुनाकारण परमेश्‍वरको पुत्रबाट व्यक्‍तिगत उपदेश लिने सुअवसर उनले गुमाइरहेकी थिइन्‌ भनेर येशूले मार्थालाई देखाउनु हुँदैथ्यो।

घरेलु कामकाजमा सिपालु हुनु नै स्त्रीहरूको योग्यता हो भन्‍ने विचार मानिलिन त्यस समयको संस्कृतिले जोड दिएको हुनसक्छ। तर पुरुषसरह स्त्रीहरू पनि जीवनबारे उपदेश लिन परमेश्‍वरको पुत्रको पाउनेर बस्नसक्छन्‌ भनेर येशूको वचनले प्रदर्शित गर्छ। (यूहन्‍ना ४:७-१५; प्रेरित ५:१४) यी सबै कुरालाई विचार गर्दा, मार्थाले परिकार नभई साधारण भोजन बनाएर गुरुको पाउनेर बसेर उहाँको कुरा सुन्‍ने समय निकालेकी भए धेरै असल हुन्थ्यो।—मत्ती ६:२५ तुलना गर्नुहोस्‌।

हाम्रोनिम्ति पाठ

आज “जीवनको पानी सित्तैंमा लेओस्‌” भन्‍ने येशूको निमन्त्रणा स्वीकार्नेमध्ये पुरुष र स्त्रीहरू दुवै छन्‌। (प्रकाश २२:१७) प्रेमले उत्प्रेरित भएर कोही कोहीले मार्थाले जस्तै आफ्नो योग्यताले भ्याएसम्म खाँचोमा परेका संगी विश्‍वासीहरूलाई सहयोग गर्छन्‌। तिनीहरू व्यवहारिक दृष्टिकोण राख्छन्‌ र कुनै खाँचो आइपर्दा ढिलासुस्ती गर्दैनन्‌। यहोवाले तिनीहरूले देखाएको यस्तो प्रेमको इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। (हिब्रू ६:१०; १३:१६) कोहीचाहिं मरियमजस्तै हुन्छन्‌। तिनीहरू शान्त र आध्यात्मिक कुरामा एकाग्रचित्त हुन्छन्‌। यहोवाको वचन मनन गर्ने उत्सुकताले गर्दा तिनीहरूको विश्‍वासको जग अझ बलियो बनाउन मदत पाउँछन्‌।—एफिसी ३:१७-१९.

यी दुवै प्रकारका स्त्रीहरूको मसीही मण्डलीमा उत्तिकै आवश्‍यकता छ। तथापि, निचोडमा भन्‍ने हो भने सबैले आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिएर ‘असल भाग छान्‍नुपर्छ।’ बढी महत्त्वपूर्ण कुरामा पक्का भयौं भने हामीले यहोवाको कृपा र आशिष्‌ पाउनेछौं।—फिलिप्पी १:९-११.

[फुटनोट]

a मार्थाले उनको भाइ, लाजरसको मृत्युबारे येशूसँग गरेको कुराकानीले उनी औधी विश्‍वासी आध्यात्मिक स्त्री थिइन्‌ भन्‍ने प्रमाणित हुन्छ। त्यतिखेर आफ्नो गुरुसँग भेट्‌ने ज्यादै इच्छा गर्ने मार्था नै थिइन्‌।—यूहन्‍ना ११:१९-२९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने