प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १/१५ pp. ३०-३१
  • इटालीमा सान्त्वनादायी सन्देश सुनाउँदै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इटालीमा सान्त्वनादायी सन्देश सुनाउँदै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • खाँचोमा परेकी आइमाईलाई मदत
  • आप्रवासीहरूको शिविरमा साक्षी दिने
  • एउटी ननले यहोवाबाट सान्त्वना स्वीकार्छिन्‌
  • आफ्ना छोरा-छोरीमा मसीही व्यक्‍तित्वको विकाश गराउनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • २५ वर्ष सम्म नन्‌ भएकी एक जनाले अन्तमा गएर सत्य सिक्‍तछिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १/१५ pp. ३०-३१

हामी विश्‍वास गर्नेहरू मध्येका हौं

इटालीमा सान्त्वनादायी सन्देश सुनाउँदै

यहोवा “सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ। परमेश्‍वरको अनुकरण गर्न सिकेर उहाँका सेवकहरूले “सङ्‌कष्टमा हुनेहरूलाई सान्त्वना दिन” सकेका छन्‌। (२ कोरिन्थी १:३, ४; एफिसी ५:१) यहोवाका साक्षीहरूले गरिरहेका कामको एउटा मुख्य उद्देश्‍य यो पनि हो।

खाँचोमा परेकी आइमाईलाई मदत

विशेष गरी, हालैका वर्षहरूमा गरिबी, युद्ध र उत्तम जीवनको चाहनाले गर्दा थुप्रै मानिसहरू सम्पन्‍न देशहरूमा बसाइँ सरेका छन्‌। तर नौलो वातावरणमा घुलमिल हुनु त्यति सजिलो छैन। मान्योला अरू अल्बेनियालीहरूसित बर्गोमानारोमा बस्थिन्‌। इटालीमा गैरकानुनी ढंगले बसोबास गरिरहेकी हुनाले तिनी भान्डा नाउँकी यहोवाको साक्षीसित कुराकानी गर्न हिचकिचाउँथिन्‌। तर जे होस्‌ भान्डाले मान्योलासँग कुराकानी गर्ने समय मिलाइन्‌। भिन्‍नाभिन्‍नै भाषाले गर्दा गाह्रो हुने भए पनि मान्योलाले परमेश्‍वरको वचन अध्ययन गर्ने उत्कट चासो देखाइन्‌।

तर दुई चार चोटि भेटघाट भएपछि भान्डाले मान्योलाको घरमा कसैलाई पनि भेट्‌न सकिनन्‌। के भएछ? मान्योलाको प्रेमीलाई हत्याको आरोपमा पक्राउ गर्न लागिएकोले त्यस घरका सबै जना अन्तै भागेका रहेछन्‌ भनेर भान्डाले थाह पाइन्‌!

चार महिनापछि भान्डाले फेरि मान्योलालाई भेटिन्‌। भान्डा भन्छिन्‌, तिनी जीवनका कठिन परिस्थितिबाट गुज्रिरहेकी अनि अनुहार फुङ उडेको र दुब्ली देखिन्थिन्‌। आफ्नो पूर्व प्रेमी झ्यालखानामा परेको अनि आफूले गुहारेका साथीहरूले पटक्कै मदत गर्न नचाहेको मान्योलाले बताइन्‌। हरेस खाएर तिनले प्रार्थनाद्वारा परमेश्‍वरसित मदत मागिन्‌। तब तिनले बाइबलको कुरा बताउने भान्डालाई सम्झिन्‌। तिनलाई भेटेर मान्योला असाध्यै खुसी भइन्‌!

फेरि बाइबल अध्ययन गर्न थालियो अनि केही समयपछि मान्योला मसीही सभाहरूमा उपस्थित हुन थालिन्‌। तिनले इटालीमा कानुनन्‌ बसोबास गर्ने अनुमति पाइन्‌। एक वर्षपछि मान्योला बप्तिस्माप्राप्त साक्षी भइन्‌। ईश्‍वरीय प्रतिज्ञाहरूद्वारा सान्त्वना पाएर तिनी सँगी देशबासीहरूलाई बाइबलको सान्त्वनादायी सन्देश सुनाउन हाल अल्बेनिया फर्केकी छिन्‌।

आप्रवासीहरूको शिविरमा साक्षी दिने

थुप्रै मण्डलीहरूले मान्योलाजस्ता आप्रवासीहरूलाई साक्षी दिने प्रबन्ध मिलाएका छन्‌। (१ तिमोथी २:४) उदाहरणका लागि, फ्लोरेन्सको एउटा मण्डलीले नियमित तवरमा आप्रवासी शिविरमा जाने प्रबन्ध मिलाए। शिविरमा बसोबास गर्नेहरू प्रायजसो पूर्वी युरोप, म्यासेडोनिया र कोसोभोका थिए र तिनीहरूले विभिन्‍न कठिनाइहरू भोगिरहेका थिए। कतिपयको लागू पदार्थ र मद्यपानको समस्या थियो। अनि कतिले चाहिं चोरी चकारी गरेर जीवन गुजार्थे।

यस समुदायमा प्रचार गर्न चुनौती नै भयो। तर पाओला नाउँकी पूर्ण-समय प्रचारकले म्यासेडोनियाकी ज्याक्लिनालाई भेटिन्‌। पाओलासित दुई चारपल्ट कुराकानी भएपछि ज्याक्लिनाले आफ्नो साथी सुजानालाई बाइबल जाँच्ने प्रोत्साहन दिइन्‌। सुजानाले अरू नातेदारहरूसँग बाइबलबारे कुरा गरिन्‌। केही समयभित्रै तिनको परिवारका पाँच सदस्यले नियमित तवरमा बाइबल अध्ययन गर्न थाले, मसीही सभाहरू धाउन थाले अनि आफूले सिकेका कुराहरू व्यवहारमा उतार्न थाले। तिनीहरूले सामना गर्नुपर्ने समस्याहरूको बावजूद यहोवा र उहाँको वचनबाट सान्त्वना पाए।

एउटी ननले यहोवाबाट सान्त्वना स्वीकार्छिन्‌

फर्मिया शहरमा असुन्टा नाउँकी पूर्ण-समय सेविकाले धर्मराउँदै हिंडिरहेकी आइमाईसित कुरा गरिन्‌। ती आइमाई एउटा धार्मिक समूहकी नन थिइन्‌ र त्यो समूहले बिमारी तथा दुर्बललाई अस्पताल र घरमै गएर सहयोग गर्थ्यो।

असुन्टाले उक्‍त ननलाई भनिन्‌: “तपाईंलाई पनि गाह्रो भइरहेको जस्तो छ, हो? दुःखको कुरा, हामी सबैको आ-आफ्नै समस्याहरू छन्‌।” सुजानाको कुरा सुनेर ननको आँखाबाट बर्बरी आँसु झर्न थाल्यो अनि तिनले आफ्नो गम्भीर स्वास्थ्य समस्या भएको कुरा बताइन्‌। बाइबलको परमेश्‍वरले तिनलाई सान्त्वना दिन सक्नुहुन्छ भन्दै सुजानाले तिनलाई प्रोत्साहन दिइन्‌। सुजानाले दिएका बाइबल आधारित पत्रिकाहरू ननले लिइन्‌।

दोस्रो चोटि कुराकानी हुँदा उक्‍त ननले आफूले निकै दुःखकष्ट भोगेको कुरा बताइन्‌। त्यस ननको नाउँ पल्मिरा थियो। ननहरूले चलाउने संस्थानमा तिनले लामो समय बिताइसकेकी थिइन्‌। आफ्नो स्वास्थ्यको कारण केही समयको लागि संस्थान छाड्‌नुपर्दा तिनलाई फेरि फर्कने अनुमति दिइएन। तैपनि, नन हुँदा आफूले परमेश्‍वरसित गरेको वाचा पूरा गर्नुपर्छ भनेर पल्मिराले बाध्य महसुस गरिन्‌। तिनी आफ्नो रोग “उपचार” गर्न रोग निवारकहरूकहाँ गइन्‌ तर त्यहाँको मानसिक पीडा सहन सकिनन्‌। पल्मिरा बाइबल अध्ययन गर्न राजी भइन्‌ अनि वर्ष दिनसम्म मसीही सभाहरू धाइन्‌। त्यसपछि तिनी अन्तै बसाइँ सरिन्‌ र साक्षीले तिनीसँग सम्पर्क गर्न सकेनन्‌। दुई वर्षपछि सुजानासित तिनको फेरि भेट भयो। पल्मिराले परिवार र पादरीबाट विरोध सहनसम्म सहिन्‌। तैपनि, तिनले फेरि बाइबल अध्ययन गर्न थालिन्‌, आध्यात्मिक उन्‍नति गरिन्‌ अनि यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिइन्‌।

हो, थुप्रै मानिसहरूले ‘शान्तिका परमेश्‍वरको’ सन्देशबाट प्रोत्साहन पाएका छन्‌। (रोमी १५:४, ५, NW) तसर्थ, इटालेली यहोवाका साक्षीहरू अरूलाई परमेश्‍वरको सान्त्वनाको सन्देश सुनाएर उहाँको अनुकरण गर्न दृढ संकल्पित छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने