प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 २/१ पृ. ३
  • सफलताको कुञ्जी के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सफलताको कुञ्जी के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • लगनशील प्रयासद्वारा सफलता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • कसरी हवाईजहाजको सुरुआत भयो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • छोराछोरीलाई लगनशील हुन सिकाउनुहोस्‌
    परिवारका लागि
  • उड्डयन प्रविधिका अग्रजहरू
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 २/१ पृ. ३

सफलताको कुञ्जी के हो?

दुई जवान उद्यमी पुरुषहरू अति महत्त्वपूर्ण परीक्षणका लागि असाध्यै ध्यान पुऱ्‍याउँदै एउटा अनौठो यन्त्र बनाइरहेका थिए। अचानक बतासको झोक्काले तिनीहरूको नाजुक यन्त्रलाई हावामा सुइँय्य उडायो अनि भुइँमा खसेर सबै टुक्रा टुक्रा भयो। ती पुरुषहरू हतोत्साहित भएर ठिङ्‌ग उभिइरहे। तिनीहरूले कडा मेहनत गरेर होसियारीसाथ बनाएको यन्त्र भताभुंग भएर काठ र धातुको थुप्रोमा परिणत भयो।

ओर्भिल र विल्भर राइटका लागि अक्टोबर १९०० मा भएको उक्‍त घटना हावाभन्दा गह्रौं वायुपंखी यन्त्र बनाउने आफ्नो प्रयासमा मिलेको पहिलो असफलता थिएन। तिनीहरूले यसअघि पनि वायुयान परीक्षण गर्न समय र पैसाको खोलो बगाइसकेका थिए।

तर अन्ततः तिनीहरूले आफ्नो लगनशील प्रयासको फल पाए। डिसेम्बर १७, १९०३ मा सं.रा.अ.-स्थित किटी हक, उत्तर क्यारोलाइनामा मोटरद्वारा चल्ने नमूना वायुयान उडाउन राइट दाजुभाइ सफल भए। उक्‍त यान १२ सेकेन्डसम्म उड्यो। वर्तमान हवाईजहाजहरूको तुलनामा त्यो उडान ज्यादै छोटो भए तापनि त्यसले संसारमा सधैंको लागि परिवर्तन ल्यायो!

सफलता, मुख्यतया धीरजी भई लगनशील प्रयास गर्नुमा निर्भर हुन्छ। चाहे नयाँ भाषामा पोख्त हुन, व्यवसाय सिक्न वा मित्रता गाँस्न नै किन नहोस्‌, प्रायजसो सबै बहुमूल्य कुरा हासिल गर्न निरन्तर प्रयास गर्नुपर्छ। लेखक चार्ल्स टेम्पलेटन भन्छन्‌, “सफलता हासिल हुने नहुने नब्बे प्रतिशत सम्भावना एउटै कुरामा भर पर्छ। त्यो हो, कडा परिश्रम।” स्तम्भकार लेनार्ड पिट्‌स जुनियर भन्छन्‌: “हामी सीपबारे कुरा गर्छौं, भाग्यमा विश्‍वास गर्छौं तर अक्सर एउटा महत्त्वपूर्ण कुराचाहिं चटक्क बिर्सन्छौं। त्यो हो, कडा मेहनत अनि थुप्रै असफलता। सफलता हासिल गर्न त लामो समयसम्म मेहनत गर्नुपर्छ।”

उक्‍त कुराले बाइबलले धेरैअघि भनेको कुरालाई पुष्टि गर्छ: “परिश्रमले मानिसको बल बढ़ाउँछ।” (हितोपदेश १२:२४) परिश्रमी हुनुको मतलब लगनशील भई प्रयास गरिरहनु हो। आफ्नो काम पूरा गर्न चाहन्छौं भने लगनशील भई प्रयास गर्नु जरुरी छ। लगनशील हुनु भनेको के हो? हामी आफ्ना लक्ष्यहरू पूरा गर्न कसरी लगनशील भई प्रयास गरिरहनसक्छौं अनि हामीले के गर्न प्रयास गर्नुपर्ने हो? यसपछिको लेखमा यी प्रश्‍नहरूको जवाफ दिइनेछ।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

U.S. National Archives photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने