प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ११/१५ pp. ३-४
  • प्रार्थना गरेर केही होला र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थना गरेर केही होला र?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानिसहरू किन प्रार्थना गर्छन्‌?
  • के र्थना सुन्‍ने कोही छ ?
  • के सबै प्रार्थनाको सुनुवाइ हुन्छ ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ११/१५ pp. ३-४

प्रार्थना गरेर केही होला र?

सबैले कुनै न कुनैबेला प्रार्थना गर्नुपर्ने आवश्‍यकता महसुस गर्छन्‌। भनौं भने, सबै धर्मका मानिसहरूले खुरन्धार प्रार्थना गर्छन्‌। उदाहरणका लागि, बौद्ध धर्मावलम्बीहरू “म अमिडा बुद्धमा विश्‍वास गर्छु” भनी दिनहुँ हजारौं पल्ट जप्ने गर्छन्‌।

संसारभरि व्याप्त समस्याहरूलाई हेर्ने हो भने, यस्तो प्रश्‍न सोध्नु जायजै देखिन्छ: प्रार्थना गरेर मानिसहरू के पाउने आशा गर्छन्‌? के प्रार्थना गरेर केही फरक परिरहेको छ?

मानिसहरू किन प्रार्थना गर्छन्‌?

पूर्वीय देशका थुप्रै मानिस आफ्ना पुर्खाहरू र शिन्टो अथवा टाव देवहरूलाई प्रार्थना गर्छन्‌। स्कूलको परीक्षामा पास हुनसकियोस्‌, उब्जनी राम्रो होस्‌ अथवा रोग बिमारबाट जोगियोस्‌ भनी तिनीहरू त्यसो गर्ने गर्छन्‌। बौद्ध धर्मावलम्बीहरू आफैले प्रयास गरेर ज्योति पाउने आशा गर्छन्‌। हिन्दूहरूले चाहिं ज्ञान, धन र सुरक्षा पाउन व्यग्र प्रार्थना गर्छन्‌।

केही क्याथोलिकहरू मानिसजातिको भलो होस्‌ भन्‍ने आशामा आफ्नो जीवन भिक्षु अथवा नन बनेर विहार अथवा मठमा बिताउँछन्‌ अनि निरन्तर प्रार्थना गरिरहन्छन्‌। लाखौं क्याथोलिकहरू जपमालाको सहायता लिएर कण्ठ पारेका प्रार्थना बर्बराउँदै मरियमको निगाह पाउने आशा गर्छन्‌। पूर्वीय राष्ट्रहरूमा थुप्रै मानिस माने प्रयोग गर्छन्‌। प्रोटेस्टेन्टहरू राजीखुसीले आफ्नो भावना पोख्ने गरे तापनि बारम्बार प्रभुको प्रार्थना दोहऱ्‍याउँछन्‌। थुप्रै यहूदी मन्दिरको पुनर्स्थापना अनि नयाँ युगको शान्ति र समृद्धिको आशा गर्दै यरूशलेमको पश्‍चिमी पर्खालमा प्रार्थना गर्न टाढा टाढाबाट आउँछन्‌।

लाखौं मानिसहरूले प्रार्थना गरे तापनि मानव समाजमा गरिबी, कुलत, टुक्रिएको परिवार, अपराध अनि युद्धजस्ता समस्याहरू झन्‌ झन्‌ बढ्‌दै गइरहेका छन्‌। के यी मानिसहरूले सही तरिकाले प्रार्थना नगरेकाले यसो भइरहेका हुन्‌ कि? के प्रार्थना सुन्‍ने कोही छ?

के र्थना सुन्‍ने कोही छ ?

प्रार्थनाहरूको सुनुवाइ भएन भने ती व्यर्थै हुन्छन्‌। मानिसले प्रार्थना गर्दा अदृश्‍य आत्मिक संसारमा कसैले त्यो प्रार्थना सुन्छ भन्‍ने विश्‍वास गर्छ। तथापि, प्रार्थनाहरू ध्वनि तरंगहरूको माध्मयमबाट प्रसारण हुँदैन। प्रार्थना गर्ने व्यक्‍तिको हृदयसमेत पढ्‌नसक्ने कोही छ भनेर थुप्रै मानिसहरू विश्‍वास गर्छन्‌। त्यस्तो व्यक्‍ति को होला?

अरबौं न्युरोनहरूले बनेको सेरेब्रल कोर्टेक्समा विचारहरू कसरी उत्पन्‍न हुन्छन्‌ भन्‍ने कुरा थुप्रै अनुसन्धानकर्ताबीच अझै पनि रहस्यमय नै छ। तथापि, दिमागको रूपरेखा तयार गर्ने व्यक्‍तिले त्यस्ता विचारहरू पढ्‌नसक्छ भन्‍नु तर्कसंगत छ। उहाँ अरू कोही नभई हाम्रो सृष्टिकर्ता, यहोवा परमेश्‍वर हुनुहुन्छ। (भजन ८३:१८; प्रकाश ४:११) प्रार्थना उहाँलाई नै गर्नुपर्छ। तर के यहोवाले त्यस्ता सबै प्रार्थना सुन्‍नुहुन्छ?

के सबै प्रार्थनाको सुनुवाइ हुन्छ ?

पुरातन समयका राजा दाऊद, हरबखत प्रार्थना गर्थे। ईश्‍वरप्रेरित भएर तिनले यस्तो भजन गाए: “हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्‌।” (भजन ६५:२) मानिसजातिले बोल्ने हजारौं भाषामा गरिएका प्रार्थनाहरू उहाँ बुझ्न सक्नुहुन्छ। मानिसको दिमागले यति धेरै कुराहरू सम्झन सक्दैन भन्दैमा परमेश्‍वरले पनि उहाँलाई ग्रहणयोग्य ढंगमा गरिएका प्रार्थनामा ध्यान दिनसक्नुहुन्‍न भन्‍न मिल्दैन।

तथापि, प्रार्थना गर्नमा लगनशील व्यक्‍ति येशू ख्रीष्टले सबै प्रकारका प्रार्थनाले परमेश्‍वरलाई खुसी तुल्याउँदैन भनी खुलस्त पार्नुभयो। कण्ठस्थ गरेका प्रार्थनाहरू दोहऱ्‍याउने त्यसबेलाको प्रचलनबारे येशूले भन्‍नुभएको कुरा विचार गर्नुहोस्‌। बाइबलमा उहाँले यसो भन्‍नुभयो: “प्रार्थना गर्दा अन्यजातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।” (मत्ती ६:७) हाम्रा साँचो भावनाहरू व्यक्‍त नगरिएका प्रार्थना यहोवाले सुन्‍नुहोला भन्‍ने आशा गर्न सकिन्‍न।

कुनै कुनै प्रार्थनाले परमेश्‍वरलाई किन आनन्दित तुल्याउन सक्दैन भन्‍ने कुराको जानकारी दिंदै बाइबल हितोपदेश यसो भन्छ: “व्यवस्था नमान्‍ने मानिसको प्रार्थना पनि घिनलाग्दा हुन्छन्‌।” (हितोपदेश २८:९) अर्को हितोपदेश यसो भन्छ: “दुष्टदेखि परमप्रभु परै रहुनुहुन्छ तर उहाँले धर्मी मानिसको प्रार्थना सुन्‍नुहुन्छ।” (हितोपदेश १५:२९) प्राचीन यहूदाका नेताहरू घोर पापको दोषी हुँदा यहोवाले यस्तो घोषणा गर्नुभयो: “तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरो मुख तिमीहरूदेखि अर्कोतिर फर्काउनेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।”—यशैया १:१, १५.

प्रेरित पत्रुसले प्रार्थना अस्वीकार्य हुनसक्ने अर्को कारण बताए। तिनले यसप्रकार लेखे: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्‌।” (१ पत्रुस ३:७) त्यस्तो सल्लाह बेवास्ता गर्ने मानिसको प्रार्थना कोठाको चार भित्ताभित्र मात्र सीमित हुनेछ!

त्यसैले, प्रार्थनाहरूको सुनुवाइ होस्‌ भन्‍ने चाहन्छौं भने हामीले केही खास आवश्‍यकताहरू पूरा गर्नैपर्छ। तथापि, प्रार्थना गर्ने थुप्रैले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ, त्यसलाई त्यति वास्ता गर्दैनन्‌। त्यसैले त, त्यत्तिबिघ्न व्यग्र प्रार्थना गरिए तापनि अझै पनि उत्तम संसार आएको छैन।

उसोभए, हाम्रो प्रार्थनाको सुनुवाइ हुन परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? यसको जवाफ हामीले प्रार्थना गर्नुको कारणसितै सम्बन्धित छ। प्रार्थना गरेर केही होला कि नहोला त्यसबारे जान्‍न चाहन्छौं भने हामीले प्रार्थनाको उद्देश्‍य बुझ्नैपर्छ। यहोवाले हामीलाई उहाँसित बोल्न सम्भव बनाउनुको कारण के हो?

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

G.P.O., Jerusalem

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने