प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १२/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • कटनीअघि “खेतमा” काम गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ‘पुनर्स्थापन हुने समय’ नजिकै छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १२/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? त्यसो हो भने निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:

• मतभेद सुल्झाउन आवश्‍यक महत्त्वपूर्ण कुरा के हो ?

प्रथमतः हामी सबैमा गलत विचार तथा मनोभावहरू आउनसक्छ भनेर स्वीकार्नुपर्छ। त्यसपछि, अर्को व्यक्‍तिको सट्टा आफै नै समस्याको स्रोत हो कि भनेर गम्भीरतासाथ विचार गर्नुपर्छ।—८/१५, पृष्ठ २३.

• प्रेरित ३:२१ मा उल्लेख गरिएको “सबै थोकको पुनःर्स्थापना” कहिले हुनेछ ?

पुनर्स्थापना दुई चरणमा हुनेछ। पहिलो, सन्‌ १९१९ देखि भइरहेको आरामदायी आध्यात्मिक पुनर्स्थापना। पृथ्वीमा प्रमोदवन स्थापित भएपछि थप पुनर्स्थापना हुनेछन्‌।—९/१, पृष्ठ १७, १८.

• हितोपदेश ६:६-८ मा उल्लेख गरेझैं कमिलाको कुनै नाइके नभए तापनि कसरी हाम्रोलागि राम्रो नमुना हो?

कमिलाहरूको रानी कमिला हुन्छे तर ऊ त्यस अर्थमा मात्र रानी हो किनकि उसले अण्डा पार्छे र समूहकी आमा हो। कमिलाहरू उद्यमी हुन्छन्‌ र हामी पनि त्यस्तै हुनुपर्छ। हामीमाथि सुपरिवेक्षण नगरिएको भए तापनि आफ्नो काममा उन्‍नति गर्ने प्रयास गर्नुपर्छ।—९/१५, पृष्ठ २६.

• योशियाह युद्धमै मर्ने गरी घाइते भएकाले के हुल्दाले २ राजा २२:२० मा तिनी “शान्तिसित” मर्नेछन्‌ भनी गरेको भविष्यवाणी सही भयो ?

हो, तिनी सा.यु.पू. ६०९-६०७ मा बेबिलोनीहरूले यरूशलेम कब्जा गरेर नाश गर्नुअघि नै मरेकोले तिनी शान्तिसित मर्नु सरह थियो।—९/१५, पृष्ठ ३०.

• सुलेमानले पत्नीलाई “मायालु मृग, राम्री हरिणीझैं” भनी वर्णन गर्नु ठीक थियो ? (हितोपदेश ५:१८, १९)

पोथी घोरल जब्बर हुनुका साथै शालीन हुन्छे। तिनी खाना पर्याप्त नहुने र जानै नसकिने पहाडी इलाकामा ब्याउने गर्छे।—१०/१, पृष्ठ ३०, ३१.

• हेनरी ग्रू र जर्ज स्टोर्स को थिए ?

यी दुवै व्यक्‍ति सन्‌ १८०० तिरका थिए र दुवै असल बाइबल विद्यार्थी थिए। ग्रूले त्रिएक, अमर आत्मा र नरकको आगोका शिक्षाहरू गैरशास्त्रीय रहेछन्‌ भनेर सिके। पृथ्वीमै अनन्त जीवन पाउनेहरू पनि हुनेछन्‌ भनेर स्टोर्सले बुझे। यी दुवै सन्‌ १८७९ देखि यस पत्रिका प्रकाशन गर्ने चार्ल्स टेज रसलभन्दा अघिका थिए।—१०/१५, पृष्ठ २६-३०.

• यहोवाका साक्षीहरू आफ्नै रगत प्रयोग गर्ने सन्दर्भमा कस्तो दृष्टिकोण राख्छन्‌ ?

बाइबल आधारित विश्‍वासको कारण तिनीहरू आफ्नो रगत सञ्चय गरेर पछि त्यही क्षेपण गर्दैनन्‌। प्रत्येक मसीहीले आफ्नो रगत शल्यक्रिया गर्दा चिकित्सासम्बन्धी परीक्षण अथवा आधुनिक उपचार गराउँदा कसरी प्रयोग गर्ने हो आफैले निर्णय गर्नुपर्छ। बाइबलले रगतबारे बताएका कुराहरू विचार गर्नुपर्छ र तिनले आफू परमेश्‍वरप्रति पूर्णतया समर्पित भएको कुरा कहिल्यै बिर्सनुहुँदैन।—१०/१५, पृष्ठ ३०, ३१.

• यस वर्षको सुरुतिर गरिएको सर्वेक्षणमा यहोवाका साक्षीहरूबीच कुन उल्लेखनीय कुराको खाँचो भएको पत्ता लाग्यो ?

आर्थिक तवरमा पछि परेका विकासोन्मुख राष्ट्रहरूमा ११,००० भन्दा बढी राज्यभवनको खाँचो परेको छ। थुप्रै देशमा मसीहीहरूले दिएको अनुदान उचित सभा गर्ने ठाउँ निर्माणको निम्ति पठाइँदैछ।—११/१, पृष्ठ ३०.

• बाइबलमा उपासनाको सम्बन्धमा प्रयोग गरिएका केही मूल युनानी शब्दहरू के हुन्‌ ?

एउटा शब्द लीटुर्या हो र यसलाई “जन सेवा” भनेर अनुवाद गरिएको छ। अर्को लाट्रीआ हो र यसलाई “पवित्र सेवा” भनेर अनुवाद गरिएको छ। (हिब्रू १०:११; लूका २:३६, ३७)—११/१५, पृष्ठ ११-१३.

• आदम र हव्वाबारे बाइबल विवरणबाट हामीले सिक्न सक्ने मुख्य पाठ के हो ?

यहोवा परमेश्‍वरबाट स्वतन्त्रता खोजेर आफूखुसी गर्नु सरासर मूर्खता हो।—११/१५, पृष्ठ २४-७.

• यहोवाले आफ्ना सेवकहरूलाई बल दिनुहुन्छ भन्‍ने कस्तो धर्मशास्त्रीय प्रमाण छ ?

दाऊद, हबकूक र प्रेरित पावल सबैले यहोवाले तिनीहरूलाई बल दिनुभएको व्यक्‍तिगत प्रमाणहरू दिए। (भजन ६०:१२; हबकूक ३:१९; फिलिप्पी ४:१३) अतः परमेश्‍वर हामीलाई बल दिन इच्छुक र समर्थ हुनुहुन्छ भनेर विश्‍वस्त हुनुपर्छ।—१२/१, पृष्ठ १०, ११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने