प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १/१५ p. ३
  • किन सद्‌गुण खेती गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन सद्‌गुण खेती गर्ने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • हामी कसरी सद्‌गुण खेती गर्नसक्छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईंले सद्‌गुण पछ्याइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हाम्रो विश्‍वासमा सद्‌गुण कसरी थप्नसक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • परमेश्‍वरका प्रतिज्ञाहरूमाथि विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १/१५ p. ३

किन सद्‌गुण खेती गर्ने?

कुनिहितो नाउँ गरेका एक अधबैंसे जापानी पुरुष हालै संयुक्‍त राज्यमा बसाइँ सरेका थिए।a त्यहाँ पुगेको हप्तादिनभित्रै तिनले झन्डै आफ्नो जागिर गुमाउनै लागेका थिए। कुनिहितो भन्छन्‌: “हाकिमले मलाई एउटा खास जिम्मेवारी वहन गर्नसक्छौ कि भनेर सोध्नुहुँदा त्यो जिम्मेवारी वहन गर्नसक्ने पूर्ण आत्मविश्‍वास ममा थियो। तर विनम्रतालाई सद्‌गुण मान्‍ने समाजमा हुर्किएको हुँदा मैले ‘खै, गर्न सक्दिनँ कि तर म सकेसम्म प्रयास गर्नेछु’ भनेर जवाफ दिएँ। मेरो अमेरिकी हाकिमलाई म अयोग्य र आत्मविश्‍वास कम भएको व्यक्‍ति जस्तो लागेछ। यो कुरा थाह पाउँदा मैले आफूमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता महसुस गरें।”

न्यु योर्क शहरकी मारिया उत्कृष्ट विद्यार्थी हुनुका साथै आफ्ना सहपाठीहरूलाई मदत गर्न अघिसर्ने व्यक्‍ति थिइन्‌। मारियाले प्रायः मदत गर्नेहरूमध्ये ह्वान पनि थिए। तर ह्वानको मारियाप्रति रोमान्टिक चासो पनि थियो र तिनी उनलाई प्रभावित पार्ने निकै प्रयास गर्थे। नैतिक तवरमा शुद्ध रहने आफ्नो इच्छाको बावजूद मारिया ह्वानको बहकाउमा परिन्‌ र यौन अनैतिकतामा फँसिन्‌।

आजका तीन थुप्रा संस्कृति र नैतिक तवरमा भ्रष्ट संसारमा सद्‌गुण देखाउनु वास्तवमा चुनौती नै भएको छ। त्यसो भए, किन सद्‌गुण खेती गर्ने? किनकि सद्‌गुणी आचरणले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ र हामीमध्ये प्रायजसो पक्कै पनि उहाँको अनुमोदन पाउने इच्छा गर्छौं।

परमेश्‍वरको वचन बाइबलले आफ्ना पाठकहरूलाई सद्‌गुण खेती गर्न आग्रह गर्छ। उदाहरणका लागि, प्रेरित पावलले यसो लेखे: “जे कुरा सच्चा छन्‌, जे कुरा आदरणीय छन्‌, जे कुरा चोखा छन्‌, जे कुरा असल छन्‌, जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” (फिलिप्पी ४:८) प्रेरित पत्रुस हामीलाई “सबै किसिमका प्रयत्नले तिमीहरूका विश्‍वासमा सद्‌गुण” थप भनी अनुरोध गर्छन्‌। (२ पत्रुस १:५) सद्‌गुण भनेको के हो? के यो कक्षाकोठामा सिकाउन सकिन्छ? हामी कसरी यो गुण खेती गर्नसक्छौं?

[फुटनोट]

a केही नाउँ परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने