प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 २/१ पृ. ३
  • खतरामा जिउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खतरामा जिउने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • खतरनाक संसारमा सुरक्षाको खोजी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपयोगी जवाफ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • तपाईंको स्वास्थ्यलाई कसरी जोगाउने
    ब्यूँझनुहोस्‌!—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 २/१ पृ. ३

खतरामा जिउने

“तपाईंले जीवनमा गर्नुहुने कुनै पनि कुरा खतरामुक्‍त छैन। सुत्ने नै किन नहोस्‌, यसमा पनि खतरा छ र त्यो नै तपाईंले गर्नुहुने अन्तिम कार्य हुनसक्छ।”—डिसकभर पत्रिका।

जीवनलाई विस्फोटक पदार्थ बिछ्याइएको जमिनमा हिंड्‌नुसित तुलना गरिएको छ किनभने अक्सर चेताउनीविना कुनै पनि समय घाइते हुने वा मृत्युको मुखमा पर्ने सम्भावना हुन्छ। खतराका कारणहरू देश देशपिच्छे फरक फरक हुन्छन्‌। त्यसमा ट्राफिक दुर्घटना, गृहयुद्ध, अनिकाल, एड्‌स, क्यान्सर, हृदय रोग र अन्य थुप्रै कुरा समावेश छन्‌। उदाहरणका लागि, साहारा मरुभूमिको दक्षिणतिर पर्ने अफ्रिकामा हालैको वर्षमा सबैभन्दा धेरै मानिसको मृत्युको कारण एड्‌स भएको छ। यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट-अनुसार “एड्‌सले अफ्रिकामा भएका सबै गृहयुद्धले भन्दा १० गुणा बढी अर्थात्‌ २२ लाख मानिसको ज्यान लिएको छ।”

अर्कोतिर, संसारले जीवन लम्ब्याउन र रोग तथा शारीरिक असमर्थताका खतरा कम गर्न ठूलो रकम खर्च गर्छ। स्वास्थ्यवर्धक खानपिन र शारीरिक व्यायामजस्ता थुप्रै धारणा प्रवर्धन गरिन्छ र यसले लाभकारी नतिजा ल्याउनसक्छ। तथापि, जीवनको हरेक महत्त्वपूर्ण पक्षको निम्ति भरपर्दो जानकारी उपलब्ध छ र त्यसले तपाईंलाई अझ सुरक्षित जीवनको आनन्द उठाउन मदत गर्छ। त्यो स्रोत, बाइबल हो। यसमा हाम्रो स्वास्थ्य र सुख शान्तिमा प्रभाव पार्ने थुप्रै

कुराबारे निर्देशनहरू छन्‌। निस्सन्देह, बाइबलमा हरेक समस्याको विस्तृत छलफल गरिएको छैन। यद्यपि, यसले खाने बानी, शारीरिक सुस्वास्थ्य, मनोवृत्ति, मानसिक झुकाउ, यौन अनैतिकता, रक्सी, चुरोट र तथाकथित मनोरञ्जनात्मक लागू पदार्थको प्रयोग र अन्य थुप्रै कुराबारे उत्कृष्ट सिद्धान्त प्रदान गर्छ।

आर्थिक अनिश्‍चितताले गर्दा पनि थुप्रैको जीवन बोझिलो भएको छ। यस क्षेत्रमा पनि बाइबलले हामीलाई मदत गर्नसक्छ। यसले पैसा र पैसाको व्यवस्थापनप्रति बुद्धिमानी दृष्टिकोण राख्न प्रोत्साहन दिने मात्र होइन तर असल मालिक र कर्मचारी हुन पनि सिकाउँछ। सरल भाषामा भन्‍ने हो भने, बाइबल आर्थिक सुरक्षा र शारीरिक सुस्वास्थ्यको निम्ति मात्र होइन तर सम्पूर्ण जीवनको लागि नै भरपर्दो निर्देशक हो। बाइबल आज पनि कसरी व्यावहारिक छ भनी के तपाईं थाह पाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने, कृपया अर्को लेख पनि पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने