प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ३/१५ पृ. ३-४
  • येशूको पुनरुत्थानको पुर्पक्ष

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको पुनरुत्थानको पुर्पक्ष
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आधुनिक शंकालुहरू
  • येशूको पुनर्जीवन—यसले हामीलाई कस्तो असर पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • फेरि जीवित हुने पक्का आशा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “मरेकाहरू . . . बिउँताइनेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ३/१५ पृ. ३-४

येशूको पुनरुत्थानको पुर्पक्ष

“येशू जीवित हुनुहुन्थ्यो . . . भनेर हामी निश्‍चिन्त भए तापनि उहाँलाई परमेश्‍वरले मृत्युबाट बिउँताउनुभएको थियो भन्‍ने कुरामा हामी त्यति निश्‍चिन्त हुन सक्दैनौं।” उक्‍त भनाइ चर्च अफ इंगल्याण्डका पादरी, आर्कबिशप अफ केन्टरबेरीको थियो।

तर मसीही प्रेरित पावललाई पुनरुत्थानमाथि रत्तीभर शंका थिएन। प्रेरणा पाएर पुरातन कोरिन्थका सँगी मसीहीहरूलाई लेखेको आफ्नो पहिलो पत्रको १५ औं अध्यायमा पावलले यसो लेखे: “सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिएँ जो मैले पाएको पनि थिएँ, अर्थात्‌ धर्मशास्त्रअनुसार कसरी ख्रीष्ट हाम्रा पापको निम्ति मरे, र गाड़िए, औ धर्मशास्त्रैअनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो।”—१ कोरिन्थी १५:३, ४.

खासमा, येशू ख्रीष्टको पुनरुत्थानमाथिको विश्‍वासले गर्दा उहाँका चेलाहरू युनान-रोमी संसारमा अर्थात्‌ “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचार प्रचार गर्न उत्प्रेरित भएका थिए। (कलस्सी १:२३) वास्तवमा, येशूको पुनरुत्थान नै मसीही विश्‍वासको जग हो।

यद्यपि, सुरुदेखि नै येशूको पुनरुत्थानमाथि शंका गरिदैं आएको छ। सामान्यतः झुन्डयाइएर मृत्युदण्ड दिइएको व्यक्‍ति मसीह थिए भनेर येशूका अनुयायीहरूले दाबी गर्नु यहूदीहरूका लागि ईश्‍वरनिन्दा थियो। अनि आत्मा अमर हुन्छ भनेर विश्‍वास गर्ने पठित युनानीहरूका लागि त पुनरुत्थान हुन्छ भन्‍ने कुरा नै अपाच्य थियो।—प्रेरित १७:३२-३४.

आधुनिक शंकालुहरू

हालैका वर्षहरूमा मसीही भनेर दाबी गर्ने केही शास्त्रीहरूले येशूको पुनरुत्थानलाई पत्याउन नमिल्ने लोककथाको रूपमा प्रस्तुत गर्दै पुस्तक तथा लेखहरू छापेका र यस विषयमा चर्को विवाद सुरु गरेका छन्‌। “ऐतिहासिक येशूको” खोजमा थुप्रै शास्त्रज्ञले सुसमाचारका पुस्तकहरूमा वर्णन गरिएको रित्तो चिहान र पुनरुत्थानपछि येशू देखा पर्नुभएको विवरण, उहाँसित स्वर्गीय शक्‍ति छ भन्‍ने दाबीलाई समर्थन गर्न उहाँको मृत्यु भएको धेरै पछि गरिएको काल्पनिक योजना हो भनेर बहस गर्छन्‌।

उदाहरणका लागि, नयाँ अनुवादका प्राध्यापक तथा ह्वाट रियली ह्‍यापेन्ड टु जिजस—अ हिस्टोरिकल अप्रोच टु द रिजरेक्सन-का लेखक, जर्मन शास्त्रविद्‌ गर्ट ल्यूड्‌म्यानको दृष्टिकोण विचार गर्नुहोस्‌। तिनले, येशूको पुनरुत्थान “आधारहीन सूत्र” भएकोले “वैज्ञानिक दृष्टिकोण राख्ने” सबैले यसलाई तिरस्कार गर्नैपर्छ भन्‍ने तर्क गरे।

प्रेरित पत्रुसले पुनरुत्थान हुनुभएको ख्रीष्ट देख्नु वास्तवमा तिनी अत्यन्तै दुःखी र येशूलाई इन्कार गरेकोले उत्पन्‍न भएको ग्लानीभावले गर्दा देखेको दृष्टिभ्रम मात्र थियो भनी प्राध्यापक ल्यूड्‌म्यानले दाबी गरे। अनि ल्यूड्‌म्यानका अनुसार येशू एक पटक ५०० भन्दा बढी कहाँ देखा पर्नु पनि “सामूहिक भावविह्वलको” परिणाम मात्र थियो। (१ कोरिन्थी १५:५, ६) छोटकरीमा भन्‍ने हो भने, थुप्रै शास्त्रविद्‌ले येशूको पुनरुत्थानसम्बन्धी बाइबल विवरणलाई मानसिक अनुभूतिहरू मात्र हुन्‌, त्यसले चेलाहरूमा आध्यात्मिक आत्मभरोसा तथा मिसनरी सेवा गर्ने जोस पुनः उत्पन्‍न गऱ्‍यो भन्‍ने निष्कर्षमा पुऱ्‍याए।

हो, यस्ता बौद्धिक विवादहरूमा धेरैले चासो नराख्लान्‌। तर, येशूको पुनरुत्थानसम्बन्धी छलफल हामी सबैको निम्ति चासोको कुरा हुनुपर्ने हो। किन? किनकि, येशूको पुनरुत्थान भएकै रहेनछ भने मसीहीधर्मको जग नै झूटो साबित हुनेछ। अर्कोतिर, येशूको पुनरुत्थान इतिहासको वास्तविक तथ्य हो भने मसीहीधर्म सच्चाइमा आधारित हुनेछ। यस्तो अवस्थामा ख्रीष्टका दाबीहरू मात्र होइनन्‌ उहाँले गर्नुभएका प्रतिज्ञाहरू पनि सत्य साबित हुनेछन्‌। यसको अलावा, पुनरुत्थान हुन्छ भन्‍ने कुरा पक्का भयो भने मृत्यु सबैभन्दा ठूलो विजेता होइन तर हराउन सकिने शत्रु हुनेछ।—१ कोरिन्थी १५:५५

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

From the Self-Pronouncing Edition of the Holy Bible, containing the King James and the Revised versions

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने