प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ८/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • अनाथ र विधवाहरूलाई तिनीहरूको संकष्टमा हेरचाह गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • नकारात्मक भावनाहरू कसरी हटाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • वृद्धहरूको आदर गरौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ८/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्नलिखित प्रश्‍नहरूको जवाफ दिनसक्नुहुन्छ कि:

• अय्यूब अध्याय ३८ मा उठाइएका प्रश्‍नहरू आज हाम्रो समयमा पनि किन विचारणीय छन्‌?

परमेश्‍वरले ध्यानाकर्षित गर्नुभएका थुप्रै अद्‌भुत कामहरूलाई आधुनिक समयका वैज्ञानिकहरूले समेत राम्ररी बुझ्न सकेका छैनन्‌। ती अद्‌भुत कामहरूमा गुरुत्वाकर्षण शक्‍तिले पृथ्वीलाई कसरी अक्षमा थामिराख्छ, ज्योति भनेको वास्तवमा के हो, हिमकणहरू किन विविध प्रकारका हुन्छन्‌, पानीको कण कसरी बन्छ र मेघ गर्जंदा कसरी शक्‍ति उत्पादन हुन्छ भन्‍ने कुराहरू पर्छन्‌।—४/१५, पृष्ठ ४-११.

• बाइबलका कुन उदाहरणहरूले हामीलाई नकारात्मक भावनाहरूको सामना गर्न मदत गर्नसक्छ?

आसाप, बारूक अनि नाओमीले निरुत्साह अथवा अन्य नकारात्मक भावनाहरू महसुस गरे र तिनीहरूले त्यस्तो परिस्थितिको सफलतासाथ सामना गर्न सकेको धर्मशास्त्रीय अभिलेखले हामीलाई पनि मदत गर्नसक्छ।—४/१५, पृष्ठ २२-४.

• मसीही विधवाहरूलाई मदत गर्न सकिने केही व्यावहारिक तरिकाहरू के हुन्‌?

मित्रहरूले मायालु ढंगमा सुस्पष्ट मदत दिनसक्छन्‌। खाँचोमा परेको बेला परिवारका सदस्य वा अरूहरूले आर्थिक अथवा भौतिक तवरमा मदत गर्नसक्छन्‌। सँगी मसीहीहरूले पनि मायालु ढंगमा मित्रभाव देखाउन सक्छन्‌ अनि आध्यात्मिक मदत र सान्त्वना दिनसक्छन्‌।—५/१, पृष्ठ ५-७.

• पहिलो कोरिन्थी ७:३९ मा सल्लाह दिइएअनुसार “प्रभुमा मात्र” विवाह गर्नु किन महत्त्वपूर्ण छ?

विश्‍वासमा नभएकाहरूसित विवाह गर्नु अक्सर विपत्तिजनक साबित भएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यो ईश्‍वरीय सल्लाह पालन गर्नु भनेको यहोवा परमेश्‍वरप्रति वफादारी देखाउनु हो। हामीले परमेश्‍वरको वचन पालन गऱ्‍यौं भने, हाम्रो हृदयले हामीलाई दोषी ठहराउनेछैन। (१ यूहन्‍ना ३:२१, २२)—५/१५, पृष्ठ २०-१.

• हाम्रा पापहरू यहोवाले मात्र क्षमा गर्न सक्नुहुने भएको कारण मसीहीहरूले मण्डलीका पाका पुरुषहरूसामु आफ्ना गम्भीर पापहरू किन स्वीकार्छन्‌?

हो, मसीहीहरूले आफ्ना गम्भीर पापहरूको लागि यहोवासँगै क्षमा माग्नुपर्छ। (२ शमूएल १२:१३) तर नातान अगमवक्‍ताले दाऊदलाई मदत गरेझैं मण्डलीका परिपक्व पुरुषहरूले पनि पश्‍चात्ताप गर्ने पापीहरूलाई मदत गर्नसक्छन्‌। प्राचीनहरूकहाँ जानु याकूब ५:१४, १५ मा दिइएको निर्देशनअनुरूप हो।—६/१, पृष्ठ ३१.

• हामीले खाँचोमा परेका टुहुरा अनि विधवाहरूको हेरविचार गर्नुपर्छ भन्‍ने के प्रमाण छ?

पुरातन हिब्रू तथा प्रारम्भिक मसीहीहरू दुवैको साँचो उपासनाको महत्त्वपूर्ण पक्ष टुहुरा अनि विधवाहरूको हेरचाह गर्नु पनि थियो भनेर ऐतिहासिक रेकर्डले देखाउँछ। (प्रस्थान २२:२२, २३; गलाती २:९, १०; याकूब १:२७) प्रेरित पावलले धर्मशास्त्रमा खाँचोमा परेका विधवाहरूलाई हेरविचार गर्नु भनेर स्पष्ट निर्देशन दिए। (१ तिमोथी ५:३-१६)—६/१५, पृष्ठ ९-११.

• आनन्ददायी अनि अर्थपूर्ण जीवनको कुञ्जी के हो?

हामीले स्वर्गमा हुनुहुने पिता यहोवासित राम्रो सम्बन्ध खेती गर्नुका साथै त्यसलाई कायम राख्नुपर्छ। त्यसो गर्न हाम्रोलागि बाइबल अध्ययन महत्त्वपूर्ण मदत हुनसक्छ।—७/१, पृष्ठ ४-५.

• के मानिसहरूसित मरेपछि पनि जीवितै रहने अमर आत्मा छ?

थुप्रैले आत्मा अमर हुन्छ भन्‍ने विश्‍वास गरे तापनि यस कुरालाई बाइबलले समर्थन गर्दैन। बाइबलले मानिस मरेपछि माटोमा फर्कन्छ र तिनको कुनै अस्तित्व रहँदैन भनेर देखाउँछ। तर परमेश्‍वरले तिनलाई जीवन दिनसक्नुहुन्छ। त्यसैले, पुनरुत्थानद्वारा प्राप्त गर्न सकिने भावी जीवनको कुनै पनि प्रत्याशा परमेश्‍वरमा निहित छ। (उपदेशक १२:७)—७/१५, पृष्ठ ३-६.

• दूराको मैदानमा तीन जना हिब्रूहरूको परीक्षा हुँदा दानियल कहाँ थिए?

बाइबलले यसबारे केही बताएको छैन। दानियलको ओहदाले गर्दा तिनी त्यहाँ उपस्थित हुनु नपरेको हुनसक्छ। अथवा आफ्नो सरकारी कामकै सिलसिलामा तिनी टाढा कतै गएका पनि हुनसक्छन्‌। तैपनि, तिनले कुनै सम्झौता नगरी यहोवाप्रति वफादारै रहे भनेर हामी ढुक्क हुनसक्छौं।—८/१, पृष्ठ ३१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने