प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १२/१५ पृ. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • सिथियावासीहरू—विगतका रहस्यमय मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आनन्दमय संसारको कुञ्जी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
    के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १२/१५ पृ. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न लिखित प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• जर्मनीको संघीय संवैधानिक अदालतले धर्मसित सम्बन्धित कुन कानुनी विजय प्राप्त गर्न मदत गऱ्‍यो ?

त्यस अदालतले यहोवाका साक्षीहरू र तिनीहरूले सार्वजनिक ऐनअन्तर्गत पर्ने संस्थानको रूपमा कानुनी मान्यता प्राप्त गर्ने सन्दर्भमा अर्को अदालतले सुनाएको नकारात्मक फैसला बदर गऱ्‍यो। यो सकारात्मक फैसलाअनुसार धार्मिक स्वतन्त्रताको परिधिभित्र राष्ट्रको मागभन्दा ‘धार्मिक विश्‍वासलाई प्राथमिकता दिनसक्छन्‌’ भनी प्रस्ट पारियो।—८/१५, पृष्ठ ८.

• अय्यूबले कति समयसम्म दुःख भोग्नुपऱ्‍यो ?

अय्यूबको पुस्तकले तिनले धेरै वर्षसम्म दुःख भोगे भनेर इंगित गर्दैन। अय्यूबले केही महिना अथवा हुनसक्छ, एक वर्षभन्दा कम अवधिको लागि दुःख भोगेर त्यही दौडान छुटकारा पाएको हुनुपर्छ।—८/१५, पृष्ठ ३१.

• दियाबल कुनै मिथ्या होइन भनी हामी किन निश्‍चित हुन सक्छौं ?

येशू ख्रीष्टलाई दियाबल साँच्चै छ भनेर थाह थियो। येशूलाई आफूभित्र रहेको कुनै दुष्टताले होइन तर साँच्चैको व्यक्‍तिले प्रलोभित गरेको थियो। (मत्ती ४:१-११; यूहन्‍ना ८:४४; १४:३०)—९/१, पृष्ठ ५-६.

• हितोपदेश १०:१५ यसो भन्छ: “धनी मानिसको धननै त्यसको बलियो शहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ।” यो कसरी सत्य साबित हुन्छ?

एउटा बलियो शहरले त्यहाँका बासिन्दाहरूलाई सुरक्षा प्रदान गरेझैं धनसम्पत्तिले जीवनका चिन्ताहरूबाट जोगाउनसक्छ। अर्कोतिर, परिस्थितिमा अप्रत्याशित परिवर्तन हुँदा गरिबी विनाशकारी साबित हुनसक्छ।—९/१५, पृष्ठ २४.

• कुन अर्थमा एनोशको समयमा “मानिसले परमप्रभुको नाउँको पुकारा गर्न सुरु गरे ?” (उत्पत्ति ४:२६)

मानव इतिहासको सुरुदेखि नै ईश्‍वरीय नाउँ प्रयोग गर्न थालिएको थियो। यसर्थ, एनोशको समयमा मानिसले यहोवामाथि विश्‍वास राखेर उहाँको नाउँ पुकार्न थालेका थिएनन्‌। मानिसहरूले परमेश्‍वरको नाउँ बदनाम गरे अनि उहाँको उपासना गर्न मदत गर्छ भन्दै आफ्नै वा अरूलाई सम्बोधन गर्न परमेश्‍वरको नाउँ प्रयोग गरेको हुनसक्छ।—९/१५, पृष्ठ २९.

• बाइबलमा प्रयोग गरिएअनुसार “अनुशासन” शब्दको अर्थ के हो ?

यस शब्दले कुनै प्रकारको दुर्व्यवहार वा क्रूरतालाई बुझाउँदैन। (हितोपदेश ४:१३; २२:१५) “अनुशासन” भनी अनुवाद गरिएको युनानी शब्दले मुख्यतया निर्देशन, शिक्षा, सुधार र कहिलेकाहीं कडा तर मायालु सजाय भन्‍ने बुझाउँछ। आमाबाबुले यहोवाको अनुकरण गर्नसक्ने एउटा महत्त्वपूर्ण तरिका आफ्ना छोराछोरीसित खुलस्त भएर कुराकानी गर्ने प्रयास गर्नु हो। (हिब्रू १२:७-१०)—१०/१, पृष्ठ ८, १०.

• आज साँचो मसीहीहरूले आफू परमेश्‍वरको शासनको पक्षमा छन्‌ भनेर कसरी देखाउँछन्‌ ?

परमेश्‍वरको राज्यको वकालत गर्न यहोवाका साक्षीहरू राजनीतिमा भाग लिंदैनन्‌। साक्षीहरूमाथि प्रतिबन्ध लगाइएको वा उनीहरूलाई सताइएका मुलुकहरूमा समेत उनीहरू सांसारिक सरकारहरूको विद्रोह गर्दैनन्‌। (तीतस ३:१) उनीहरूले मानिसहरूलाई इमानदारी, नैतिक स्वच्छताजस्ता बाइबलका लाभदायी स्तरहरू अपनाउन मदत गर्न येशू ख्रीष्ट र उहाँका प्रथम शताब्दीका चेलाहरूले यथासक्दो प्रयास गर्छन्‌।—१०/१५, पृष्ठ ६.

• कसरी एण्डीजमा जीवनदायी पानी बगिरहेको छ ?

त्यहाँ यहोवाका साक्षीहरूले क्वेचुवा र आएमाराजस्ता स्थानीय भाषामा समेत मानिसहरूलाई बाइबलका सत्यबारे बताउने प्रयास गरिरहेका छन्‌। साक्षीहरू टिटिकाका तालको टापुमा बस्ने मानिसहरूलगायत नर्कटका मचानहरूमा बनाइएका “तैरिरहेका” टापुहरूमा बस्ने मानिसहरूलाई भेट्‌न जान्छन्‌।—१०/१५, पृष्ठ ८-९.

• वर्तमान यात्रुवाहक हवाईजहाजमा डोऱ्‍याइको लागि कम्प्युटर भएझैं हाम्रो डोऱ्‍याइको लागि परमेश्‍वरले कुन कुराको प्रबन्ध गर्नुभएको छ ?

परमेश्‍वरले मानिसहरूलाई नैतिक बल अर्थात्‌ आन्तरिक नैतिक क्षमता दिनुभएको छ। यो हामीले जन्मजात पाएको अन्तस्करण हो। (रोमी २:१४, १५)—११/१, पृष्ठ ३-४.

• किन येशूको मृत्युको ठूलो मोल छ?

सिद्ध मानिस आदमले पाप गर्दा उसले आफू र आफ्ना सन्तानहरूको लागि जीवन गुमायो। (रोमी ५:१२) सिद्ध मानिसको हैसियतमा येशूले आफ्नो मानव जीवन बलिदान दिनुभयो र छुटकाराको बलिदानद्वारा विश्‍वासी मानिसहरूलाई अनन्त जीवन सम्भव तुल्याउनुभयो।—११/१५, पृष्ठ ५-६.

• कलस्सी ३:११ मा उल्लिखित सिथियावासीहरू को थिए ?

सिथियावासीहरू सा.यु.पू. ७०० देखि ३०० सम्म युरेसियाका खुला मैदानमा कब्जा जमाउने फिरन्ते जाति थिए। तिनीहरू प्रभावशाली घोडसवार तथा योद्धाहरू थिए। कलस्सी ३:११ मा कुनै विशेष राष्ट्रलाई नभई एकदमै असभ्य मानिसहरूलाई चित्रित गरेको हुनसक्छ।—११/१५, पृष्ठ २४-५.

• सुनौलो नियममा दिइएका शिक्षाहरूलाई हामीले सधैं गहन विचार गर्नुपर्छ भनेर किन भन्‍न सक्छौं ?

यहूदीधर्म, बौद्ध धर्म र युनानी दर्शन सबैले यस नैतिक सिद्धान्तबारे कुनै न कुनै तरिकामा उल्लेख गरेका छन्‌। येशूले उल्लेख गर्नुभएको सुनौलो नियमअनुसार हामीले अरूको भलाइ हुने सकारात्मक कार्य गर्नुपर्छ र यसले संसारभरिका सबै मानिसहरूको जीवनलाई असर गर्छ। (मत्ती ७:१२)—१२/१, पृष्ठ ३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने