प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 २/१५ पृ. ३-४
  • सिद्धान्तहरूको छनौट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सिद्धान्तहरूको छनौट
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कस्ता सिद्धान्तहरू?
  • ईश्‍वरीय सिद्धान्तहरूले तपाईंलाई लाभ पुऱ्‍याउन सक्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • परमेश्‍वरका नियमहरूले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वरको नियम र सिद्धान्तले तपाईँको अन्तस्करणलाई तालिम देओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 २/१५ पृ. ३-४

सिद्धान्तहरूको छनौट

के तपाईं नैतिक स्तरहरूअनुरूप जीवन यापन गर्ने व्यक्‍ति हुनुहुन्छ? अथवा के तपाईंलाई नीतिनियम भनेको उहिलेको कुराजस्तो लाग्छ? तथ्य कुरा के हो भने, सबै मानिस आफूलाई महत्त्वपूर्ण लागेको कुनै न कुनै नैतिक सिद्धान्तहरूअनुरूप चलिरहेका हुन्छन्‌। सिद्धान्तलाई “सही कार्य गर्न नैतिक नियम” भनेर व्याख्या गर्न सकिन्छ। सिद्धान्तहरूले हाम्रा निर्णयहरूमा असर गर्नुका साथै हाम्रो जीवनशैली निर्धारण गर्छ। सिद्धान्तहरूले कम्पासले जस्तै काम गर्न सक्छ।

उदाहरणका लागि, येशूले आफ्ना चेलाहरूलाई मत्ती ७:१२ मा पाइने यो सुनौलो नियम पालन गर्न अह्राउनुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” कन्फुसियसका चेलाहरू दया, नम्रता, आदर र वफादारीजस्ता गुणहरूलाई जोड दिने ली र जेनका सिद्धान्तहरू पछ्याउँछन्‌। धर्ममा विश्‍वास नगर्ने मानिसहरूको समेत केही प्राथमिकता वा आफ्ना आचरणहरू निर्धारण गर्ने नीतिहरू हुन्छन्‌।

कस्ता सिद्धान्तहरू?

तथापि, सिद्धान्तहरू सही वा गलत पनि हुन सक्छन्‌ भन्‍ने कुरा हामीले बिर्सनुहुँदैन। उदाहरणका लागि, लगभग एक दशकअघिदेखि मानिसहरू जुन सिद्धान्तदेखि प्रभावित हुँदै आएका थिए, त्यसैलाई मपाईंवाद भनिएको छ। थुप्रै मानिसहरूलाई यो अभिव्यक्‍ति नौलो लाग्ला वा आफू त्यस्तो छुइनँजस्तो महसुस गर्लान्‌ तर मपाईंवाद भनेको मानिसहरूले उच्च नैतिक स्तरहरूलाई बेवास्ता गर्दा स्वतः प्रकट हुने आचारसंहितासम्बन्धी सिद्धान्त हो। मपाईंवादलाई जुनै तरिकाले व्याख्या गरे तापनि मपाईंवाद भनेको यस्तो स्वार्थी स्वभावको एउटा रूप हो, जसमा अक्सर भौतिकवादी सिद्धान्त पनि मुछिएको हुन्छ। चीनको टेलिभिजनका कार्यकारी निर्देशकले यस्तो दाबी गरे, “हाम्रो दुइटै मात्र सिद्धान्त छ। एउटा, अरूको माग पूरा गर्ने। अर्कोचाहिं पैसा कमाउने।”

मपाईंवादले चुम्बकको जस्तो काम गर्न सक्छ। अनि चुम्बकले कम्पासलाई कसरी असर गर्छ? यी दुवैलाई सँगै राखियो भने कम्पासको सियो अर्कै दिशातर्फ फर्किन्छ। त्यस्तै गरी, मपाईंवादले मानिसको नैतिकताको कम्पास अर्थात्‌ सही कार्य गर्ने मार्ग निर्देशकलाई रनभुल्लमा पारिदिनसक्छ र यसरी उसले आफ्नो चाहनालाई मात्र प्राथमिकता दिएर बाँकी सबै कुरालाई त्यसको अधीनमा राख्छ।

मपाईंवाद आधुनिक जमानामा मात्र देखा परेको कुरा होइन भनी थाह पाउँदा के तपाईंलाई अचम्म लाग्यो? जीवनप्रति यस्तो मनोभाव अदनको बगैंचामा सृष्टिकर्ताले हाम्रा प्रथम माता पिताको लागि तय गरिदिनुभएका नैतिक स्तरहरूलाई त्यागेदेखि नै उत्पन्‍न भएको थियो। त्यसले तिनीहरूको नैतिक कम्पासलाई अस्तव्यस्त पारिदियो। आदम र हव्वाकै सन्तान भएको कारण मानिसहरूले पनि त्यस्तै अवस्था भोग्नुपऱ्‍यो, जसलाई अहिले “मपाईंवाद” भनी नामाकरण गरिएको छ।—उत्पत्ति ३:६-८, १२.

बाइबलले “आखिरी दिन” भनेर बताएको “डरलाग्दो समय” व्याप्त भएको यस समयमा त्यो मनोवृत्ति झनै व्याप्त छ। थुप्रै मानिसहरू “स्वार्थी” छन्‌। तसर्थ, हामी पनि नचाहँदा-नचाहँदै आफूमा त्यस्तै मपाईं मनोवृत्ति प्रकट गर्ने दबाउ महसुस गर्नु कुनै अचम्मलाग्दो कुरा होइन।—२ तिमोथी ३:१-५.

सायद तपाईं पनि ऊलाफ नाउँका युवकले यहोवाका साक्षीहरूको युरोपेली शाखालाई लेखेका यी कुराहरूसित सहमत हुनुहुन्छ होला: “नैतिक तवरमा शुद्ध रहन एकदमै गाह्रो छ, विशेष गरी हामीजस्ता जवानहरूलाई। कृपया बाइबलका सिद्धान्तहरूमा लागिरहन हामीलाई सम्झाइरहनुहोला।”

ऊलाफले बुद्धिमानी दृष्टिकोण झल्काए। ईश्‍वरीय सिद्धान्तहरूले हामी जवान अथवा वृद्धहरूलाई उच्च नैतिक आचरणअनुसार जीवन बिताउन मदत गर्न सक्छ। ती सिद्धान्तहरूले चाहे मपाईंवाद होस्‌ वा अरू कुनै नाउँ, त्यस्तो अवगुण विरुद्ध लड्‌न सक्षम बनाउन सक्छ। बाइबल सिद्धान्तहरूले तपाईंलाई साँच्चै कसरी मदत गर्न सक्छ भनेर सिक्न चाहनुहुन्छ भने, कृपया अर्को लेखलाई ध्यान दिनुहोस्‌।

[पृष्ठ ४-मा भएका चित्रहरू]

आज थुप्रै मानिसहरूले अरूका आवश्‍यकताहरूलाई वास्तै गर्दैनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने