प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ४/१५ p. २७
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • शापान र तिनको परिवारबारे के तपाईंलाई थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ४/१५ p. २७

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न लिखित प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• शापानको परिवारबारे सिकेर हामी कसरी लाभ उठाउन सक्छौं?

शापान प्रतिलिपक तथा यहूदाका राजा योशियाहका सचिव थिए। राज्यको अत्यन्तै प्रभावशाली व्यक्‍तिको हैसियतमा शापानले साँचो उपासना पुनःस्थापना गर्ने राजाको प्रयासलाई समर्थन गरे। शापानका दुई छोराहरू अगमवक्‍ता यर्मियाप्रति वफादार रहे। अनि अर्को छोरा र दुई जना नातिहरूले पनि साँचो उपासनाको लागि साथ दिए। त्यस्तै गरी, हामीले पनि आफ्नो स्रोत-साधन तथा प्रभावलाई साँचो उपासनाको समर्थन गर्न चलाउनुपर्छ।—१२/१५, पृष्ठ १९-२२.

• इरेन होक्खस्टेनबाकले कसरी गम्भीर अशक्‍तताको सामना गरिन्‌ अनि यहोवाको सेवा गर्न सकिन्‌?

सात वर्षको उमेरमा तिनले आफ्नो श्रवण शक्‍ति गुमाइन्‌। बहिरी भए तापनि तिनले अरूसित कुराकानी गर्न सिकेकी छिन्‌ र अहिले तिनी नेदरल्याण्ड्‌सका मण्डलीहरूमा सेवा गरिरहेका आफ्नो पतिसँगै (परिभ्रमण निरीक्षक) भ्रमण गर्छिन्‌।—१/१, पृष्ठ २३-६.

• “परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू” विषयक जिल्ला अधिवेशनमा कुन दुईवटा नयाँ अध्ययन सहायक विमोचन गरियो?

वर्सिप दी ओन्ली ट्रु गड भन्‍ने नयाँ पुस्तक पाउँदा विश्‍वभरिका मसीहीहरू औधी हर्षित भए। यो विशेष गरी ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तक अध्ययन गरिसकेका नयाँ व्यक्‍तिहरूसित अध्ययन गर्न तयार पारिएको हो। अर्को नयाँ पुस्तकचाहिं ड्र क्लोज टु जेहोभा हो, जसले यहोवाका गुण तथा व्यवहारहरूबारे प्रकाश पार्छ। उहाँका गुणहरू प्रदर्शन गर्ने सन्दर्भमा हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं भन्‍ने कुरा पनि यसले देखाउँछ।—१/१५, पृष्ठ २३-४.

• हितोपदेश १२:५ ले भनेझैं “धर्मी मानिसको अभिप्राय न्यायसंगत हुन्छ” भन्‍नुको अर्थ के हो?

असल मानिसहरूको विचार नैतिक तवरमा सही हुन्छ र यो निष्पक्ष तथा न्यायसंगत हुन्छ। धर्मीहरू परमेश्‍वर अनि सँगी मानवहरूप्रतिको प्रेमले उत्प्रेरित हुने भएकोले तिनीहरूको मनसाय असल हुन्छ।—१/१५, पृष्ठ ३०.

• कामप्रति सन्तुलित दृष्टिकोण खेती गर्न मानिसहरूलाई कुन कुराले मदत गर्न सक्छ?

कामलाई सम्मान गर्न केटाकेटीलाई बाल्यकालदेखि नै प्रशिक्षण दिनु लाभदायी कुरा हो। बाइबलले हामीलाई काम गर्ने राम्रो बानी बसाल्न र अल्छी नहुन आग्रह गर्छ। (हितोपदेश २०:४) यसले मसीहीहरूलाई कामको बोझले नलादिन पनि प्रोत्साहन दिन्छ। हाम्रो जीवनमा परमेश्‍वरको सेवाले प्रमुख स्थान पाएको हुनुपर्छ भन्‍ने कुरा हामीले मानिलिनुपर्छ। (१ कोरिन्थी ७:२९-३१) यसबाहेक, साँचो मसीहीहरू परमेश्‍वरले तिनीहरूलाई त्याग्नुहुने छैन भन्‍ने कुरामा ढुक्क छन्‌।—२/१, पृष्ठ ४-६.

• बाइबलमा सबैभन्दा पहिलो वेदीबारे कहाँ उल्लेख गरिएको छ?

जलप्रलयपछि जहाजबाट निस्केर नूहले वेदी बनाएका थिए भन्‍ने कुरा उत्पत्ति ८:२० मा उल्लेख गरिएको छ। तथापि, कयिन र हाबिलले पनि वेदीकै प्रयोग गरेर बलि चढाएका हुन सक्छन्‌। (उत्पत्ति ४:३, ४)—२/१५, पृष्ठ २८.

• कोही-कोही मसीहीहरूले कसरी बदलिंदो परिस्थितिको सदुपयोग गर्न सक्छन्‌?

कसै-कसैले आफ्नो जागिरमा भएको परिवर्तनलाई स्वीकारेको वा काँटछाँट गरेको कारण सेवकाईमा धेरै समय बिताउन सकेका छन्‌। अन्य कतिपयले चाहिं पारिवारिक जिम्मेवारीहरू, जस्तै: आफ्ना छोराछोरी हुर्केर विवाह गरेपछि परमेश्‍वरको सेवामा अझ बढी समय दिनुका साथै थप सेवाका लागि अघि बढेका छन्‌।—३/१, पृष्ठ १९-२२.

• योना र प्रेरित पत्रुसका उदाहरणहरूले हामीलाई कसरी अरूलाई यहोवाको दृष्टिकोणले हेर्न मदत गर्छ?

योना र पत्रुस दुवैको सोचाइ अनि विश्‍वास तथा आज्ञाकारिताको परीक्षा हुँदा त्यसप्रति उनीहरूले देखाएको प्रतिक्रिया त्रुटिपूर्ण थियो। तरैपनि, यहोवाले तिनीहरूमा असल गुणहरू देख्नुभयो र आफ्नो सेवामा तिनीहरूलाई निरन्तर चलाउनुभयो। अरूले हामीलाई चित्त दुखाउँदा वा निराश तुल्याउँदा विगतमा हामीलाई आकर्षक लागेका उनीहरूका असल गुणहरू र परमेश्‍वरले उनीहरूमा हेर्नुहुने असल कुरामा ध्यान दिन सक्छौं।—३/१५, पृष्ठ १६-१९.

• बाइबलको भजनसंग्रह पुस्तकका पद संख्याहरू अनुवादपिच्छे फरक-फरक हुनुको कारण के हो?

मूल हिब्रू भाषाको पुस्तक र युनानी सेप्टुआजिन्ट अनुवादको पुस्तकका पद संख्याहरूमा भिन्‍नता छ। हालैका अझ धेरै अनुवादहरू हिब्रू पद वा सेप्टुआजिन्ट कुनबाट गरिएका हुन्‌, त्यसअनुसार फरक हुन सक्छन्‌।—४/१, पृष्ठ ३१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने