प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ५/१५ pp. ८-९
  • अघि र पछि धमिलो अतीत, उज्यालो भविष्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अघि र पछि धमिलो अतीत, उज्यालो भविष्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • मित्रता ६० वर्ष पुरानो तर भर्खरै गाँसिएजस्तै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाले तिनीहरूलाई डाँडाहरूका छायाँमा जोगाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • बाइबलले रिसबारे के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • हिंसा
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ५/१५ pp. ८-९

“परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”

अघि र पछि धमिलो अतीत, उज्यालो भविष्य

“परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, . . . र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) गहिराइसम्म छेड्‌न सक्ने परमेश्‍वरको सन्देशको शक्‍तिबारे प्रेरित पावलले उक्‍त कुरा भने। परमेश्‍वरको सन्देश हृदयसम्म पुग्न सक्ने क्षमता विशेष गरी सा.यु. प्रथम शताब्दीमा प्रस्ट भयो। त्यतिबेलाको हानिकारक प्रभावको बावजुद मसीही भएकाहरूले नयाँ व्यक्‍तित्व धारण गरे।—रोमी १:२८, २९; कलस्सी ३:८-१०.

बाइबलमा लिपिबद्ध गरिएअनुसार परमेश्‍वरको वचनमा परिवर्तन गर्ने शक्‍ति त्यतिकै सशक्‍त छ। उदाहरणका लागि, अग्ला, हट्टाकट्टा रिचर्ड नाउँ गरेका मानिसलाई लिनुहोस्‌। रिसाहा भएकोले रिचर्डलाई झगडा गर्न सानो निहुँ मात्र भए पुग्थ्यो। तिनको जीवन हिंसाले भरिएको थियो। रिचर्ड बक्सिङ क्लबको सदस्य समेत भए। तिनले निकै परिश्रम गरेर प्रशिक्षण लिए र जर्मनी, वेस्टफालियाको हेभीवेट बक्सिङ विजेता भए। रिचर्ड खूबै पियक्कड भएको हुँदा अक्सर कोही न कोहीसित झगडा भइरहन्थ्यो। यस्तै एउटा झगडामा एक जना मानिसको मृत्यु भयो र रिचर्ड झन्डै झ्यालखानामा परेका थिए।

रिचर्डको विवाह नि? रिचर्ड यसरी सम्झन्छन्‌: “हाइकी र मैले बाइबल अध्ययन गर्न थाल्नुअघि हामी दुवै आ-आफ्नै तालमा हिंड्‌थ्यौं। हाइकी आफ्ना केटी साथीहरूसँग निकै समय बिताउँथिन्‌ भने म मेरा सोखहरू मुख्यतया बक्सिङ, सर्फिङ र डाइभिङमा मस्त हुन्थें।”

रिचर्ड र हाइकीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि आफ्नो जीवनलाई परमेश्‍वरको वचनमा औंल्याइएको उच्च नैतिक स्तरअनुसार ढाल्न सकिंदैन जस्तो लागेर रिचर्ड आत्तिए। तथापि, यहोवा परमेश्‍वरलाई राम्ररी चिन्दै गएपछि रिचर्डको मनमा उहाँलाई आनन्दित तुल्याउने बलियो इच्छा जाग्न थाल्यो। हिंसा मन पराउने वा मनोरञ्जनको नाउँमा यसको प्रयोग गर्नेहरूलाई परमेश्‍वरले ग्रहण गर्नुहुन्‍न भनेर पनि रिचर्डले बुझे। “अत्याचार निको मान्‍नेलाई [यहोवाको] आत्माले घृणा गर्छ” भनी रिचर्डले थाह पाए।—भजन ११:५.

यसबाहेक, पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न पाउने प्रत्याशाले रिचर्ड र हाइकी दुवै मोहित भए। तिनीहरू त्यहाँ सँगै हुन चाहन्थे! (यशैया ६५:२१-२३) “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ” भन्‍ने निमन्त्रणाले रिचर्डको हृदय छोयो। (याकूब ४:८) तिनले यस प्रेरित सल्लाह सुन्‍नुपर्ने महत्त्व बुझे: “उपद्रव गर्ने मानिसको अनुसरण नगर्‌। त्यसकै चालमा चल्ने इच्छा नगर्‌। किनभने जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌।”—हितोपदेश ३:३१, ३२.

आफ्नो जीवन शैली परिवर्तन गर्ने तीव्र इच्छा भए तापनि आफ्नै बल-बर्कतको भरमा मात्र यसो गर्न सकिंदैन भन्‍ने कुरा रिचर्डले बुझे। प्रार्थनामा परमेश्‍वरको मदत खोज्नुपर्ने आवश्‍यकता तिनले थाह पाए। अतः येशूले आफ्ना प्रेरितहरूलाई भन्‍नुभएका शब्दहरूअनुरूप गर्ने तिनले प्रयास गरे: “प्रार्थना गर, र परीक्षामा नपर। आत्मा ता साँच्चै तयार छ, तर शरीर दुर्बल छ।”—मत्ती २६:४१.

हिंसा र क्रोधप्रति परमेश्‍वरले कस्तो दृष्टिकोण राख्नुहुन्छ भनी थाह पाएपछि बक्सिङ एउटा अस्वीकार्य खेल हो भनेर रिचर्डलाई पक्का भयो। यहोवाको मदत र तिनीसँग अध्ययन सञ्चालन गर्नेहरूबाट प्रोत्साहन पाएर रिचर्डले हिंस्रक गतिविधि त्यागे। तिनले बक्सिङ खेल्न र झै-झगडा गर्न छोडे अनि आफ्नो पारिवारिक जीवन सुधार्ने निर्णय गरे। अहिले यहोवाका साक्षीहरूको मण्डलीमा कोमल निरीक्षकको रूपमा सेवा गरिरहेका रिचर्ड यसो भन्छन्‌, “बाइबलबाट सत्य सिकेपछि म सोचविचार गरेर मात्र कुनै पनि काम गर्ने गर्छु।” तिनी अझ यसो भन्छन्‌: “अहिले प्रेम र आदरको सिद्धान्तले मेरी श्रीमती र छोराछोरीसित बाँधिएको छु। फलस्वरूप हाम्रो परिवारमा अझ आत्मीयता बढेको छ।”

गलत जानकारी पाएका मानिसहरूले कहिलेकाहीं यहोवाका साक्षीहरूले परिवारलाई भताभुंग पार्छन्‌ भन्‍ने आरोप लगाएका छन्‌। तथापि, रिचर्डजस्ता मानिसहरूको उदाहरणले यस्ता आरोपहरूको खण्डन गर्छ। वास्तवमा भन्‍ने हो भने, बाइबल सत्यले धमिलो अतीत भएका मानिसहरूलाई घरमा स्थायित्व र उज्यालो भविष्य प्राप्त गर्न मदत गर्न सक्छ।—यर्मिया २९:११.

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“प्रमोदवनको आशाले मलाई परिवर्तन गर्ने उत्प्रेरणा प्रदान गऱ्‍यो”

[पृष्ठ ९-मा भएको पेटी]

बाइबल सिद्धान्तहरूको प्रयोग

बाइबलले मानिसहरूको जीवनमा शक्‍तिशाली प्रभाव पार्न सक्छ। हिंस्रक मानिसहरूलाई परिवर्तन गर्न मदत गरेका केही धर्मशास्त्रीय सिद्धान्तहरू यसप्रकार छन्‌:

“झगडालु हुनुभन्दा रीसमा धीमा हुनु असल हो, शहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु असल हो।” (हितोपदेश १६:३२) अनियन्त्रित रिस बलको होइन तर कमजोरीको चिह्न हो।

“धीरज धारण गर्नु चातुर्य हो।” (हितोपदेश १९:११) परिस्थितिलाई राम्ररी गहिराइसम्म बुझ्दा झगडा हुनुको सतही कारणभन्दा पनि भित्र गहिरिएर हेर्न सकिन्छ र रिस चर्काचर्की हुनबाट बचाउँछ।

“नता क्रोधी-स्वभावको मानिससित संगत गर्‌। त्यसको चाल नसिक्‌।” (हितोपदेश २२:२४, २५) क्रोधी स्वभाव भएका मानिसहरूसँग संगत नगरेर मसीहीहरूले बुद्धिमानी देखाउँछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने