प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ९/१५ pp. ३०-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • हामीले अनन्त जीवन पाउन के गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • येसुको कुरा सुनेर धेरै जना स्तब्ध हुन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • ‘स्वर्गको अन्‍नबाट’ फाइदा उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येसु—“जीवन दिने रोटी”
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ९/१५ pp. ३०-३१

पाठकहरूका प्रश्‍नहरू

“आफैमा जीवन” हुनु भन्‍नुको अर्थ के हो?

बाइबलले येशू ख्रीष्टको “आफैमा जीवन” छ र आफ्ना अनुयायीहरूको ‘तिनीहरू आफैमा जीवन’ छ भनी बताउँछ। (यूहन्‍ना ५:२६; ६:५३) तथापि, यी दुई शास्त्रपदहरूको एउटै अर्थ भने छैन।

येशूले यसो भन्‍नुभयो, “जसरी पिता आफैमा जीवन छ, उसरीनै उहाँले पुत्रलाई पनि आफैमा जीवन हुनालाई दिनुभएको छ।” यो उल्लेखनीय विवरण भन्‍नुभन्दा अघि येशूले यसो भन्‍नुभयो: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वात सुन्छ र मलाई पठाउनेलाई विश्‍वास गर्छ, उसमा अनन्त जीवन छ, . . . त्यो बेला आउँछ, औ अहिलेनै हो, जब मरेकाहरूले परमेश्‍वरको पुत्रको सोर सुन्‍नेछन्‌, र सुन्‍नेहरू जिउनेछन्‌।” यहाँ येशूले, पिताले आफूलाई दिनुभएको असामान्य शक्‍ति अर्थात्‌ मानिसजातिलाई परमेश्‍वरसामु स्वीकारयोग्य बनाउने क्षमताबारे कुरा गरिरहनुभएको थियो। यसबाहेक, मृत्युको चिरनिद्रामा परेकाहरूलाई पुनरुत्थान गर्न र तिनीहरूलाई जीवन दिन येशू सक्षम हुनुहुन्छ। येशूका लागि, “आफैमा जीवन” हुनुको अर्थ उहाँलाई यी शक्‍तिहरू दिइएका छन्‌। पिताजस्तै पुत्र ‘आफैमा पनि जीवनको वरदान’ छ। (यूहन्‍ना ५:२४-२६) उहाँका अनुयायीहरू नि?

त्यस्तै एक वर्षपछि, येशूले आफ्ना श्रोताहरूलाई यसो भनेर सम्बोधन गर्नुभयो: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मान्छेको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरू आफैमा जीवन हुँदैन। मेरो देह खाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु।” (यूहन्‍ना ६:५३, ५४) यहाँ येशूले “तिमीहरू आफैमा जीवन” छ भन्‍नु र “अनन्त जीवन” प्राप्त गर्नुबीच समानता देखाउनुहुन्छ। “तिमीहरू आफैमा जीवन” हुनु भन्‍ने यस्तै व्याकरणीय संरचना भएका अभिव्यक्‍तिहरू युनानी शास्त्रपदका अन्य ठाउँहरूमा पनि पाइन्छन्‌। दुईवटा उदाहरण हुन्‌, “आफू आफूमा नून राख” र “आफ्नो . . . उचित दण्ड पाए।” (मर्कूस ९:५०; रोमी १:२७) यी उदाहरणहरूमा, वाक्यांशहरूले अरूलाई नुन दिने शक्‍ति वा कसैलाई दण्ड दिनुलाई बुझाउँदैन। बरु, आन्तरिक सम्पूर्णता वा पूर्णतालाई बुझाउँछ। यस प्रकार, यूहन्‍ना ६:५३ मा प्रयोग गरिएको “आफैमा जीवन” भन्‍ने अभिव्यक्‍तिको अर्थ जीवनको पूर्णतामा प्रवेश गर्नु मात्र हो।

आफ्ना चेलाहरूलाई संकेत गर्दै तिनीहरू आफैमा जीवन छ भन्‍नुभएर येशूले आफ्नो शरीर र रगतबारे उल्लेख गर्नुभयो। पछि, प्रभुको साँझको भोज स्थापना गर्नुहुँदा येशूले फेरि आफ्नो शरीर र रगतबारे कुरा गर्नुभयो अनि नयाँ करारमा भाग लिन लागेका आफ्ना अनुयायीहरूलाई अखमीरी रोटी र दाखमद्यको प्रतीकमा भाग लिन अह्राउनुभयो। के यसको अर्थ यहोवा परमेश्‍वरसित नयाँ करारमा बाँधिएका अभिषिक्‍त मसीहीहरू मात्र जीवनको पूर्णतामा प्रवेश गर्छन्‌ भनेको हो? होइन। यी दुई घटनाहरूबीच एक वर्षको फरक थियो। यूहन्‍ना ६:५३, ५४ मा रेकर्ड गरिएको येशूका शब्दहरू सुन्‍ने व्यक्‍तिहरूलाई ख्रीष्टको शरीर र रगतले प्रतिनिधित्व गर्ने प्रतीकहरू सहितको वार्षिक चाडबारे केही थाह थिएन।

यूहन्‍ना अध्याय ६ अनुसार, येशू सबैभन्दा पहिला आफ्नो शरीरलाई यसो भन्दै मन्‍नसित तुलना गर्नुहुन्छ: “तिमीहरूका पिता-पुर्खाहरूले वनमा मन्‍न खाए, र मरे। स्वर्गबाट ओर्लने रोटी यही हो, कि कोही मानिस त्यो खाएर नमरोस्‌। स्वर्गबाट ओर्लेको जीवित रोटी मनै हुँ, यो रोटी कोही मानिसले खायो भने सधैंभरि जिउनेछ।” येशूको शरीरका साथै उहाँको रगत शाब्दिक मन्‍नभन्दा उत्कृष्ट थियो। कसरी? उहाँको शरीर अनन्त जीवन सम्भव बनाउन “संसारको जीवनको” लागि दिइएको थियो।a तसर्थ, यूहन्‍ना ६:५३ मा लेखिएको “तिमीहरू आफैमा जीवन” छ भन्‍ने भनाइ स्वर्ग वा पृथ्वीमा अनन्त जीवन प्राप्त गर्ने सबै जनालाई लागू हुन्छ।—यूहन्‍ना ६:४८-५१.

ख्रीष्टका अनुयायीहरूले कहिले आफैमा जीवन प्राप्त गर्छन्‌ वा जीवनको पूर्णतामा प्रवेश गर्छन्‌? अभिषिक्‍त राज्य उत्तराधिकारीहरूका लागि यो अमर आत्मिक प्राणीहरूको रूपमा स्वर्गीय जीवनको लागि तिनीहरूको पुनरुत्थान हुँदा हुनेछ। (१ कोरिन्थी १५:५२, ५३; १ यूहन्‍ना ३:२) येशूका “अरू भेडा[ले]” उहाँको हजार वर्षीय शासनको अन्तमा जीवनको पूर्णतामा प्रवेश गरेको अनुभव गर्छन्‌। त्यतिन्जेलसम्म, तिनीहरू जाँचिएका, विश्‍वासी प्रमाणित भइसकेका र पार्थिव प्रमोदवनमा अनन्त जीवनका लागि धार्मिक घोषित भइसकेका हुनेछन्‌।—यूहन्‍ना १०:१६; प्रकाश २०:५, ७-१०.

[फुटनोट]

a उजाडस्थानमा, इस्राएलीहरू र “एक मिश्रित-दल” दुवैलाई बाँच्नका लागि मन्‍न चाहिएको थियो। (प्रस्थान १२:३७, ३८; १६:१३-१८) त्यस्तै गरी, सधैंभरि जिउनका लागि चाहे अभिषिक्‍त होस्‌ या नहोस्‌, आफ्नो बलिदान दिनुहुँदा येशूले चढाउनुभएको शरीर र रगतको छुटकारा दिने शक्‍तिमा सबै मसीहीहरूले विश्‍वास गरेर स्वर्गीय मन्‍नबाट लाभ उठाउनै पर्छ।— द वाचटावर, फेब्रुअरी १, १९८८, पृष्ठ ३०-१ हेर्नुहोस्‌।

[पृष्ठ ३१-मा भएका चित्रहरू]

सबै साँचो मसीहीहरूले ‘तिनीहरू आफैमा जीवन’ पाउन सक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने