प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १०/१ p. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “मरेकाहरू . . . बिउँताइनेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • फेरि जीवित हुने पक्का आशा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १०/१ p. २९

पाठकहरूका प्रश्‍नहरू

मरेकाहरूका निम्ति बप्तिस्मा लिनु भनेको के हो?

स्वर्गीय पुनरुत्थानबारे लेख्ने सन्दर्भमा प्रेरित पावलले एकदमै चाखलाग्दो पद्यांश लेखे। बाइबलमा हामी यस्तो लेखिएको पाउँछौं: “मरेकाहरूका निम्ति बप्तिस्मा लिनेहरू के गर्नेछन्‌? मुर्दाहरू नबिउँताइने भएता तिनीहरूका निम्ति किन बप्तिस्मा दिन्छन्‌?” अनि द न्यु जेरुशलेम बाइबल-ले यस पद्यांशलाई यसरी अनुवाद गर्छ: “मरेकाहरूको खातिर आफैले बप्तिस्मा लिएकाहरूबारे के भन्‍न सकिन्छ? मरेकाहरू ब्यूँताइदैन भने त, तिनीहरूका खातिर बप्तिस्मा लिनुको अर्थ के भयो र?”—१ कोरिन्थी १५:२९.

के पावलले यहाँ बप्तिस्मा नलिईकन मृत्यु हुनेहरूको खातिर जीवित मानिसहरूले बप्तिस्मा लिने सुझाव दिइरहेका थिए? यी र अन्य केही बाइबल अनुवादहरूबाट त त्यस्तै देखिन सक्छ। तथापि, यी दुवै धर्मशास्त्रहरू र पावलले चलाएका मौलिक युनानीलाई नियाल्दा अर्कै निचोडमा पुग्न सकिन्छ। पावलले भन्‍न खोजिरहेको कुरा के थियो भने, अभिषिक्‍त मसीहीहरू ख्रीष्टको जस्तै मृत्युसम्मै निष्ठावान्‌ रहने जीवनको लागि बप्तिस्मा लिन्छन्‌ वा पानीमा चुर्लुम्म डुब्छन्‌। त्यसपछि, उहाँजस्तै तिनीहरू पनि आत्मिक जीवनमा ब्यूँताइनेछन्‌।

धर्मशास्त्रले यस विवरणलाई समर्थन गर्छ रोमीहरूलाई लेखेको पत्रमा पावलले यस्तो लेखे: “के तिमीहरू अजान छौ, हामी सबै, जत्ति जनाले ख्रीष्टमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं?” (रोमी ६:३) फिलिप्पीहरूलाई लेखेको पत्रमा पावलले आफ्नो विषयमा यसो भने, “[ख्रीष्टको] मृत्युसम्मै एकै रूपको भएर उहाँलाई, र उहाँको पुनरुत्थानको शक्‍ति, र उहाँको शासनाको सम्भागी हुनसकूँ, कि कुनै किसिमले मरेकाहरूको पुनरुत्थान प्राप्त गर्नसकूँ।” (फिलिप्पी ३:१०, ११) ख्रीष्टको एक जना अभिषिक्‍त अनुयायीको जीवनमा, परीक्षाको घडीमा निष्ठा कायम गर्नु, दिनहुँ मृत्युको सामना गर्नु, मृत्युसम्मै निष्ठावान्‌ रहनु र त्यसपछि स्वर्गीय पुनरुत्थान हुनु समावेश छ भनी पावलले औंल्याइरहेका थिए।

चाखलाग्दो कुरा के छ भने, मृत्युका साथसाथै बप्तिस्माप्राप्त जनहरूबारे सीधै उल्लेख गर्ने यी तथा अन्य शास्त्रपदहरूले बप्तिस्मा लिइसकेका जीवित व्यक्‍तिविशेषलाई संकेत गर्छ, मृत्यु भइसकेकालाई होइन। पावलले सँगी अभिषिक्‍त मसीहीहरूलाई यसो पनि भने: “बप्तिस्मामा उहाँसँगै गाड़िएर, जसमा मरेकाहरूबाट उहाँलाई बिउँताउनुहुने परमेश्‍वरको कार्यमा विश्‍वासद्वारा तिमीहरू पनि बिउँतियौ।”—कलस्सी २.१२.

विभिन्‍न बाइबल संस्करणहरूको १ कोरिन्थी १५:२९ मा “निम्ति” वा “खातिर” भनेर अनुवाद गरिएको युनानी नामयोगी हाइपर-ले “उद्देश्‍यको लागि” भन्‍ने अर्थ पनि बुझाउन सक्छ। अन्य बाइबल पदहरूजस्तै न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स-ले यस पदलाई यसरी सही अनुवाद गर्छ: “मरेकाहरूका उद्देश्‍यको निम्ति बप्तिस्मा लिनेहरू के गर्नेछन्‌? मरेकाहरू नबिउँताइने भएता त्यस्तो उद्देश्‍यको लागि तिनीहरूलाई किन बप्तिस्मा दिइन्छ?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने