प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १२/१ p. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • “तँमाथि अन्त आउनै लागेको छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १२/१ p. २९

पाठकहरूका प्रश्‍नहरू

यरूशलेमलाई घेरा हालेर विनाश गरेको समयमा इजकिएल कुन अर्थमा “चूपचाप” वा “गूङ्‌गो” भएका थिए?

कुन अर्थमा हो भने, आफूले सुनाइसकेको यहोवाको भविष्यसूचक सन्देशमा थपथाप गर्नुपर्ने त्यस्तो कुनै कुरा तिनीसित थिएन।

“यहोयाकीन राजा कैदमा लगिएका . . . पाँचौं वर्ष[मा]” अर्थात्‌ सा.यु.पू. ६१३ मा अगमवक्‍ता इजकिएलले बेबिलोनमा निर्वासित इस्राएलीहरूको लागि एक जना विश्‍वासी पहरादारको हैसियतमा आफ्नो सेवा सुरु गरेका थिए। (इजकिएल १:२, ३) सा.यु.पू. ६०९ को दसौं चन्द्रमासको दसौं दिनमा तिनलाई ईश्‍वरीय प्रेरणाद्वारा बेबिलोनीहरूले यरूशलेमलाई घेरा हाल्न थाल्ने समयबारे जनाव दिइयो। (इजकिएल २४:१, २) घेराबन्दीको नतिजा कस्तो हुने थियो? के यरूशलेम र यसका अविश्‍वासी बासिन्दाहरू उम्कने थिए? पहरादारको हैसियतमा इजकिएलले, यहोवाले ल्याउनुहुने विनाशको अचूक सन्देश सुनाइसकेका थिए र त्यस सन्देशलाई अझ पत्यारिलो बनाउन परेझैं गरी इजकिएलले त्यसमा केही कुरा थपिरहनु आवश्‍यक थिएन। यरूशलेमको घेराबन्दीलाई लिएर अरू थप कुरा भन्‍ने विषयमा इजकिएल चुपचाप भए।—इजकिएल २४:२५-२७, नयाँ संशोधित संस्करण।

सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश भएको लगभग छ महिनापछि त्यहाँबाट भागेर आएको एक जना मानिसले पवित्र शहर नाश भएको खबर बेबिलोनमा इजकिएलकहाँ ल्याए। त्यो भागेर आएको मानिस आइपुगेको अघिल्लो साँझ यहोवाले ‘[इजकिएलको] वाक्य खोलिदिनुभयो . . . र त्यस उप्रान्त [तिनी] चूप रहेनन्‌।’ (इजकिएल ३३:२२, नयाँ संशोधित संस्करण) त्यसपछि इजकिएल गूङ्‌गो रहिरहेनन्‌।

के त्यस समयको दौडान इजकिएल शाब्दिक अर्थमै गूङ्‌गो भएका थिए? पक्कै भएका थिएनन्‌ किनभने तिनी “गूङ्‌गो” भइसकेपछि पनि तिनले विशेष गरी यरूशलेम नाश भएकोमा रमाहट गर्ने वरपरका देशहरूलाई लक्षित भविष्यवाणीहरू गर्न छाडेनन्‌। (इजकिएल, अध्याय २५-३२) अगमवक्‍ता र पहरादारको हैसियतमा काम गर्न थालेको सुरुतिर यहोवाले तिनलाई यसो भन्‍नुभएको थियो: “म तेरो जिब्रो तेरो तालुमा टँसाइ राख्नेछु, र तँ गूङ्‌गा हुनेछस्‌, औ तिनीहरूलाई हप्काउन सक्नेछैनस्‌, किनभने तिनीहरू वागी सन्तान हुन्‌। तर जब म तँसित बात गर्छु, तब म तेरो मुख खोलिदिनेछु।” (इजकिएल ३:२६, २७) यहोवासित इस्राएलको लागि कुनै पनि सन्देश नहुँदा इजकिएल त्यसको सन्दर्भमा चुपचाप रहनुपर्थ्यो। यहोवाले चाहनुभएको बेला र उहाँले बोल्न लगाउनुभएको कुरा मात्र इजकिएलले बोल्नुपर्थ्यो। इजकिएल गूङ्‌गो हुनुको मतलब इस्राएलीहरूलाई भविष्यसूचक अर्थ भएका कुराहरू बताउने सन्दर्भमा तिनी चुपचाप रहेका थिए।

वर्तमान्‌ समयका पहरादार वर्ग, अभिषिक्‍त मसीहीहरूले प्रतिरूपक यरूशलेम, मसीहीजगत्‌को विनाशबारे चेतावनी दिइरहेका छन्‌। “महा संकष्ट[ले]” झूटो धर्मको विश्‍व साम्राज्य “महान्‌ बेबिलोन[माथि]” प्रहार गरेर त्यसलाई विध्वंस पारेपछि, अभिषिक्‍त इजकिएल वर्गले त्यस साम्रज्यको ठूलो भाग ओगट्‌ने मसीहीजगत्‌को अन्तबारे केही पनि भन्‍नुपर्नेछैन।—मत्ती २४:२१; प्रकाश १७:१, २, ५.

हो, मसीहीजगत्‌लाई भन्‍नुपर्ने केही कुरा बाँकी नहुने भएकोले अभिषिक्‍त शेष जन तथा तिनीहरूका सहयोगीहरू चुप रहने दिन पनि आउनेछ। “दश सीङ” र “जानवरले” महान्‌ बेबिलोनलाई उजाड र नाङ्‌गो पार्दा त्यस्तो हुनेछ। (प्रकाश १७:१६) निस्सन्देह, यसको मतलब मसीहीहरू शाब्दिक अर्थमा चुपचाप लागेर बस्नेछन्‌ भनेको चाहिं पटक्कै होइन। अहिलेजस्तै तिनीहरूले यहोवाको प्रशंसा गर्नेछन्‌ र हरेक दिन अनि “पुस्तौंसम्म” उहाँको चर्चा गरिरहनेछन्‌।—भजन ४५:१७; १४५:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने