प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ३/१ p. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा मेरो अंश हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ३/१ p. २९

पाठकहरूका प्रश्‍नहरू

पुरातन इस्राएलमा लेवीहरूले कुनै अंश-अधिकार नपाउने भएकाले, यर्मिया ३२:७ मा उल्लेख गरिएझैं लेवी हनमेलले कसरी लेवी भतिज यर्मियालाई जमिन बेच्न सके?

लेवीहरूको विषयमा यहोवाले हारूनलाई यसो भन्‍नुभएको थियो: “तिमीहरूका देशको जग्गा जमीनमा तेरो अंशअधिकार हुनेछैन। [इस्राएलीहरू] सँगसँगै तेरो कुनै हिस्सा हुनेछैन।” (गन्ती १८:२०) यद्यपि, प्रतिज्ञा गरिएको देशभरि फैलिएको ४८ वटा सहर र त्यसका खर्कहरूमा लेवीहरूलाई अधिकार गर्न दिइएको थियो। यर्मियाको गृह-नगर “हारून पूजाहारीका सन्तानलाई” दिइएका सहरहरूमध्ये एक, अनातोत थियो।—यहोशू २१:१३-१९; गन्ती ३५:१-८; १ इतिहास ६:५४, ६०.

लेवी २५:३२-३४ मा हामी लेवीहरूको अधिकारमा भएको जमिन ‘किन्‍ने हकको’ विषयमा यहोवाले तोकेरै निर्देशनहरू दिनुभएको पाउँछौं। स्पष्टतया, हरेक लेवी परिवारसित आफ्नो हिस्साको कुनै निश्‍चित सम्पत्ति राख्ने, चलाउने र बेच्ने सन्दर्भमा पैतृक हक थियो। यसमा जग्गा-जमिन बेच्ने र किन्‍ने कुरा पक्कै समावेश भएको हुनुपर्छ।a थुप्रै सन्दर्भमा, अरू कुलका इस्राएलीहरूले जस्तै लेवीहरूले पनि आफूसित भएको जग्गा-जमिन प्रयोग गर्थे।

सम्भवतः लेवीहरूको चलनअनुसार यस्तो जग्गा-जमिनको स्वामित्व उत्तराधिकारमार्फत एकपछि अर्कोमा हस्तान्तरण गरिन्थ्यो। तथापि, “किनेर छुटाउने हक[को]” सन्दर्भमा भने, लेवीहरूबीच मात्र लेनदेन गर्ने अनुमति थियो। साथै, जग्गा-जमिन बेच्ने र किन्‍ने कुरा सहरभित्र भएका सम्पत्तिमा मात्र लागू हुन्थ्यो जस्तो देखिन्छ किनकि “शहर बाहिरका खेतहरू” बेच्न पाइँदैन थियो किनभने यो “तिनीहरूका स्थायी सम्पत्ति” थियो।—लेवी २५:३२, ३४.

त्यसैकारण यर्मियाले हनमेलबाट किनेको जमिन किनेर छुटाउन सकिने किसिमको थियो जस्तो देखिन्छ। यो जमिन सहरको हाताभित्र भएको हुनुपर्छ। विवादास्पद “जमिन” हनमेलको हो र यर्मियासित त्यो “किनेर छुटाउने हक” छ भनेर स्वयम्‌ यहोवाले पक्का गर्नुभएको थियो। (यर्मिया ३२:६, ७) बेबिलोनमा निर्वासित समय बिताइसकेपछि आफ्नो उत्तराधिकार दाबी गर्न इस्राएलीहरू फर्किनेछन्‌ भन्‍ने आफ्नो प्रतिज्ञालाई अझ सशक्‍त बनाउन यहोवाले यस लेनदेनलाई प्रतीकात्मक रूपमा चलाउनुभयो।—यर्मिया ३२:१३-१५.

हनमेलले अनातोतमा भएको जमिन अवैध रूपमा आफ्नो बनाएका थिए भन्‍ने कुराको सङ्‌केत कतै पनि पाइँदैन। अनातोतमा भएको त्यो जमिन किन्‍न यर्मियालाई बोलाउँदा तिनले यहोवाको व्यवस्था उल्लङ्‌घन गरे वा उक्‍त जमिन किन्‍ने सन्दर्भमा यर्मियाले किनेर छुटाउने आफ्नो हकको दुरुपयोग गरे भनेर कुनै पनि कुराले सङ्‌केत गर्दैन।—यर्मिया ३२:८-१५.

[फुटनोट]

a सा.यु. प्रथम शताब्दीमा, लेवी बर्णाबासले आफ्नो निजी जमिन बेचेर त्यसबाट आएको रकम यरूशलेमका खाँचोमा परेका ख्रीष्टका अनुयायीहरूलाई मदत गर्न चन्दा दिए। उक्‍त जमिन कि त प्यालेस्टाइन वा साइप्रसमा भएको हुनुपर्छ। अथवा त्यो जमिन बर्णाबासले यरूशलेमको इलाकामा प्राप्त गरेको चिहान मात्र पनि हुन सक्छ।—प्रेरित ४:३४-३७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने