प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ८/१५ पृ. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • कम्प्लुटेन्सियन पोलिग्लट एउटा ऐतिहासिक अनुवाद सहायक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • रोयल बाइबल बौद्धिक ज्ञानमा एउटा कोसेढुङ्‌गो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • दाऊद किन भाग्दै हिंड्‌छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ८/१५ पृ. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि?

• कम्प्लुटेन्सियन पोलिग्लट के थियो र यो किन महत्त्वपूर्ण थियो?

यो समानान्तर अनि सँगैका स्तम्भहरूमा लिपिबद्ध हिब्रू, युनानी र ल्याटिनका साथै केही भागहरू अरामीमा पनि भएको त्यतिबेला उपलब्ध सर्वोत्तम पदहरू सहितको एउटा हस्तलिखित बहुभाषी बाइबल थियो। बाइबलको मौलिक भाषामा परिमार्जित पद प्रकाशन गर्ने सन्दर्भमा पोलिग्लट बाइबल एउटा ठूलो फड्‌को थियो।—४/१५, पृष्ठ २८-३१.

• मानिसहरूले कसरी परमेश्‍वरलाई आनन्दित तुल्याउन सक्छन्‌?

एक जना वास्तविक जीवित व्यक्‍ति हुनुभएको हुँदा यहोवा सोच्न, कदम चाल्न र महसुस गर्न सक्षम हुनुहुन्छ। उहाँ “आनन्दित परमेश्‍वर” हुनुहुन्छ र आफ्नो उद्देश्‍य पूरा गर्न पाउँदा रमाउनुहुन्छ। (१ तिमोथी १:११, NW; भजन १०४:३१) परमेश्‍वरका भावनाहरूप्रति हामी जति संवेदनशील हुन्छौं, उहाँको हृदयलाई आनन्दित तुल्याउन हामीले गर्न सक्ने कुराहरूप्रति हामी त्यति नै सजग हुनेछौं।—५/१५, पृष्ठ ४-७.

• दाऊदले किन आफ्नी पत्नी मीकललाई घर-देवता राख्न दिए?

राजा शाऊलले दाऊदलाई मार्ने षड्यन्त्र गर्दा मीकलले ओछ्यानमा सायद मान्छेको आकारजस्तै भएको घर-देवता राखिदिएर दाऊदलाई भाग्न मदत गरिन्‌। तिनको हृदय यहोवाप्रति पूर्णतया भक्‍त नभएको कारण तिनले आफूसित घर-देवता राखेकी हुनुपर्छ। घर-देवताबारे दाऊदलाई कि त थाहै नभएको हुनुपर्छ नभए तिनी शाऊल राजाकी छोरी भएकीले त्यो राख्ने अनुमति दिएको हुनुपर्छ। (१ इतिहास १६:२५, २६)—६/१, पृष्ठ २९.

• परमेश्‍वरले रगतको सम्बन्धमा दिनुभएका आदेशहरूको मुख्य आशय के थियो?

जलप्रलयपछि, मोशालाई दिइएको व्यवस्थामा अनि प्रेरित १५:२८, २९ मा दिइएको आज्ञामा परमेश्‍वरले जे भनेर उल्लेख गर्नुभयो त्यतिबेला उहाँले येशूले बगाउनुभएको रगत मुछिएको बलिदानप्रति हाम्रो ध्यान खिचिरहनुभएको थियो। त्यस रगतद्वारा मात्र हामीले क्षमा पाउन र परमेश्‍वरसित शान्ति कायम राख्न सम्भव छ। (कलस्सी १:२०)—६/१५, पृष्ठ १४-१९.

• येशूले गर्नुभएका कतिवटा चमत्कार बाइबलमा उल्लेख गरिएको छ?

सुसमाचारका विवरणहरूमा येशूले गर्नुभएका ३५ वटा चमत्कारबारे वर्णन गरिएको छ। तर उल्लेख नगरिएका चमत्कारहरू लगायत उहाँले ठ्याक्क कतिवटा चमत्कार गर्नुभयो भन्‍ने कुराचाहिं प्रकट गरिएको छैन। (मत्ती १४:१४)—७/१५, पृष्ठ ५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने