प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १०/१ p. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १०/१ p. २९

पाठकहरूका प्रश्‍नहरू

प्रेरित यूहन्‍नाले “पूर्ण [“सिद्ध”, NRV] प्रेमले डरलाई हटाउँछ,” भनी लेख्दा उनले “सिद्ध प्रेम” भन्‍नुको अर्थ के थियो अनि यसले कस्तो “डरलाई” हटाउँछ?

प्रेरित यूहन्‍नाले यस्तो लेखे, “प्रेममा डर हुँदैन, तर पूर्ण [“सिद्ध,” NRV] प्रेमले ता डरलाई हटाउँछ, किनभने डरमा सजाय रहन्छ, र जो डराउँछ प्रेममा पूर्ण भएको हुँदैन।”—१ यूहन्‍ना ४:१८.

निर्भयसित बोल्ने सम्बन्धमा यूहन्‍ना चर्चा गर्दै थिए भनी प्रसङ्‌गले देखाउँछ—विशेष गरेर परमेश्‍वरको प्रेम र निर्भय भई उहाँसित बोल्नेबीचको सम्बन्धबारे उनी बताउँछन्‌। यस कुराको पुष्टि पद १७ मा पाउन सकिन्छ: “इन्साफको दिनमा हामी निर्भय हौं भनेर नै प्रेम हामीमा सिद्ध भएको छ।” कुनै मसीहीले कुन हदसम्म परमेश्‍वरलाई प्रेम गर्छ अनि उहाँको प्रेम महसुस गर्छ भन्‍ने कुराले प्रार्थनामा परमेश्‍वरसित कुरा गर्दा उसले मनमा कुनै सङ्‌कोच नराखी भन्‍ने या नभन्‍ने कुरालाई प्रत्यक्ष असर गर्छ।

“सिद्ध प्रेम” भन्‍ने अभिव्यक्‍ति अर्थपूर्ण छ। बाइबलमा प्रयोग भएअनुसार “सिद्ध” भन्‍ने शब्दले सधैं पूर्ण अर्थात्‌ चरम बिन्दुमा पुग्नेसम्मको अर्थ दिंदैन तर यसले अक्सर सापेक्षिक अर्थ दिन्छ। उदाहरणको लागि डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: “जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ, त्यस्तै तिमीहरू सिद्ध होऊ।” येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गरेको खण्डमा तिनीहरूको प्रेम अपूर्ण वा अपूरो र त्रुटिपूर्ण हुने थियो भन्दै हुनुहुन्थ्यो। आफ्ना शत्रुहरूलाई पनि समावेश गरेर तिनीहरूले आफ्नो प्रेमलाई सिद्ध अथवा पूर्ण बनाउनुपर्ने थियो। त्यसरी नै यूहन्‍नाले “सिद्ध प्रेम[बारे],” बताउँदा उनले परमेश्‍वरको प्रेमबारे बताइरहेका थिए जुन पूर्ण हृदयको हुन्छ, पूर्ण विकसित हुन्छ अनि जीवनको हरेक क्षेत्रलाई त्यसले समेटेको हुन्छ।—मत्ती ५:४६-४८; १९:२०, २१.

प्रार्थनामा परमेश्‍वरलाई पुकार्दा कुनै मसीहीलाई ऊ पापी र असिद्ध छ भनेर राम्ररी थाह हुन्छ। यद्यपि, यदि परमेश्‍वरप्रति उसको प्रेम अनि परमेश्‍वरको प्रेमप्रति उसले महसुस गर्ने भावना पूर्ण विकसित छ भने सजाय अथवा इन्कार गरिने डरले उसलाई बाधा दिंदैन। बरु, निर्भयसित आफ्नो हृदयमा भएका कुराहरू व्यक्‍त गर्न पाउँदा अनि येशू ख्रीष्टमार्फत परमेश्‍वरले मायालुपूर्वक प्रबन्ध गर्नुभएको छुडौतीको बलिदानको आधारमा क्षमाको याचना गर्न पाउँदा ऊ आनन्दित हुन्छ। खुसीसाथ परमेश्‍वरले आफ्नो बिन्ती सुन्‍नुहुन्छ भन्‍ने कुरामा ऊ ढुक्क हुन्छ।

कसरी कुनै व्यक्‍ति “प्रेममा सिद्ध” हुन सक्छ अनि उसले सजाय पाउला अथवा अस्वीकृत होला भन्‍ने डरलाई ‘हटाउन’ सक्छ? प्रेरित यूहन्‍नाले यसो भने, “तर जसले उहाँको [परमेश्‍वरको] वचन पालन गर्छ, त्यसमा परमेश्‍वरको प्रेम साँच्चिनै सिद्ध भएको हुन्छ। यसैबाट हामी उहाँमा छौं भनी हामी थाह पाउँछौं।” (१ यूहन्‍ना २:५) विचार गर्नुहोस्‌: हामी पापी हुँदै परमेश्‍वरले हामीलाई प्रेम गर्नुभयो भने यदि हामीले साँच्चै पश्‍चात्ताप गऱ्‍यौं र “उहाँको वचन” पालन गर्न कडा प्रयत्न गऱ्‍यौं भने के उहाँले हामीलाई अझ बढी प्रेम गर्नुहुन्‍न होला र? (रोमी ५:८; १ यूहन्‍ना ४:१०) वास्तवमा, हामी विश्‍वासी रहुन्जेल हामी प्रेरित पावलजस्तै ढुक्क हुन सक्छौं जसले परमेश्‍वरबारे यसो भने: “जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबका निम्ति उहाँलाई सुम्पिदिनुभयो। उहाँले हामीलाई सबै थोक पनि उहाँको साथमा सित्तैंमा कसरी दिनुहुनेछैन र?”—रोमी ८:३२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने