प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १/१५ pp. ३०-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको बल पाएर शिमशोन विजयी हुन्छन्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • सिमसोनजस्तै यहोवामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवा परमेश्‍वरले सिमसोनलाई बल दिनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • सबैभन्दा बलियो मान्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १/१५ pp. ३०-३१

पाठकहरूका प्रश्‍नहरू

आफूले मारेका व्यक्‍तिहरूको लास छोइसकेपछि पनि शिमशोन कसरी एक नाजिरी रहिरहन सक्थे?

पुरातन इस्राएलमा एक जना व्यक्‍ति स्वेच्छाले भाकल गरेर केही समयावधिको लागि नाजिरी बन्‍न सक्थे।a यस्तो भाकल गर्ने व्यक्‍तिहरूमाथि लगाइएको एउटा प्रतिबन्ध यस प्रकार थियो: “जति दिनसम्म त्यसले आफूलाई परमप्रभुको निम्ति पृथक राख्छ त्यति दिनसम्म त्यो कुनै मुर्दाको नजीक नजाओस्‌। त्यसको बाबु वा आमा, कि दाज्यू-भाइ वा दिदी-बहिनी मरे भने पनि तिनीहरूका निम्ति त्यसले आफूलाई अशुद्ध नतुल्याओस्‌।” “अचानक कुनै मानिस त्यसको नजीकै मऱ्‍यो भने” नि? कथङ्‌कदाचित मुर्दा छोइहालेको खण्डमा पृथक रहने तिनको भाकल अशुद्ध हुने थियो। त्यसैकारण त यसो भनिएको थियो: “अघिका दिनहरूको गन्ती हुनेछैन।” आफूलाई शुद्ध पारेर तिनले पृथक रहने दिनहरू फेरि सुरु गर्न सक्थे।—गन्ती ६:६-१२.

यद्यपि, शिमशोन नाजिरी हुनुको अर्थ बेग्लै थियो। शिमशोन जन्मनुभन्दा अघि नै यहोवाको स्वर्गदूतले तिनकी आमालाई यसो भनेका थिए: “तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ, औ त्यसको कपालमा छुरा नलागोस्‌ किनभने त्यो बालक जन्मेको दिनदेखिनै परमेश्‍वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसैलेनै इस्राएललाई पलिश्‍तीहरूको हातबाट छुटाउन शुरू गर्नेछ।” (न्यायकर्त्ता १३:५) शिमशोनले पृथक रहने कुनै भाकल गरेका थिएनन्‌। परमेश्‍वरले नै तिनलाई एक नाजिरीको रूपमा नियुक्‍त गर्नुभएको थियो र तिनी जीवनभर एक नाजिरी भएर बस्नुपर्थ्यो। मुर्दा छुनेबारे लगाइएको प्रतिबन्ध तिनको सन्दर्भमा लागू हुँदैनथ्यो। यदि तिनमा पनि यो लागू हुने भए र तिनले कथङ्‌कदाचित मुर्दा छोइहालेको खण्डमा नाजिरीको रूपमा तिनी कसरी पो जीवनभर पृथक रहिरहन सक्ने थिए र? त्यसैले कुरा स्पष्ट छ, आजीवन नाजिरी हुने व्यक्‍तिहरूले पूरा गर्नुपर्ने आवश्‍यकताहरू स्वेच्छाले नाजिरी हुनेहरूले पूरा गर्नुपर्ने आवश्‍यकताभन्दा कुनै-कुनै तरिकामा फरक थिए।

बाइबलमा उल्लिखित जीवनभर नाजिरी भएका तीन जना, शिमशोन, शमूएल र बप्तिस्मा दिने यूहन्‍नालाई यहोवाले दिनुभएको आज्ञा विचार गर्नुहोस्‌। सुरुमा उल्लेख गरिएझैं शिमशोनले आफ्नो कपालमा छुरा लगाउनु हुँदैनथ्यो। गर्भमै नभएको बच्चा अर्थात्‌ शमूएलको विषयमा हन्‍नाले यस्तो भाकल गरिन्‌: “म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, औ त्यसको कपालमा कहिल्यै छुरा लाग्नेछैन।” (१ शमूएल १:११) बप्तिस्मा दिने यूहन्‍नाको विषयमा यहोवाको स्वर्गदूतले यसो भने: “तिनले दाखमद्य र शराब कहिल्यै पिउनेछैनन्‌।” (लूका १:१५) त्यति मात्र होइन, “यूहन्‍नाको आफ्नो लाउने लुगा ऊँटको रौंको थियो, र तिनको कम्मरमा छालाको पटुका थियो, र तिनको खानेकुरो सलह र वनमह थियो।” (मत्ती ३:४) यी तीनै जनालाई मुर्दाको नजिक नआउनू भन्‍ने आज्ञा दिइएको थिएन।

नाजिरी भए तापनि शिमशोन इस्राएलीहरूलाई डकैत गर्नेहरूको हातबाट बचाउन यहोवाले खडा गर्नुभएका न्यायकर्त्ताहरूमध्ये एक थिए। (न्यायकर्त्ता २:१६) अनि यो जिम्मेवारी पूरा गर्ने क्रममा तिनले लासहरू छोए। एक चोटि शिमशोनले ३० जना पलिश्‍तीलाई मारेर तिनीहरूका लुगाहरू फुकालिदिए। पछि तिनले शत्रुहरूलाई हिर्काउनसम्म हिर्काएर “धेरैजनालाई मारे।” (न्यायकर्त्ता १४:१९; १५:८, १५, NRV) शिमशोनले यी सबै काम यहोवाको अनुग्रह र मदतद्वारा गरेका थिए। धर्मशास्त्रले तिनलाई अनुकरणीय विश्‍वास भएको व्यक्‍तिको रूपमा सङ्‌केत गर्छ।—हिब्रू ११:३२; १२:१.

शिमशोनले सिंहलाई “एउटा पाठालाईझैं च्यातचुत पारिदिए” भन्‍ने विवरणबाट के तिनको समयमा बाख्राको पाठालाई च्यातचुत पार्नु सामान्य कुरा थियो भन्‍ने कुरा बोध हुन्छ?

इस्राएलका न्यायकर्त्ताहरूको समयमा बाख्राको पाठालाई च्यातचुत पार्नु सामान्य कुरा थियो भन्‍ने कुनै प्रमाण छैन। न्यायकर्त्ता १४:६ यसो भन्छ: “परमप्रभुका आत्मा झट्टै शिमशोनमा आउनुभयो, र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्यस सिंहलाई [जवान सिंहलाई] एउटा पाठालाईझैं च्यातचुत पारिदिए। आफूले गरेको कुरो तिनले आफ्ना आमा-बाबुलाई भनेनन्‌।” यस भनाइलाई उपमाको रूपमा चलाइएको हुनुपर्छ।

“च्यातचुत पारिदिए” भन्‍ने अभिव्यक्‍तिको दुईवटा अर्थ लाग्न सक्छ। शिमशोनले कि त सिंहको च्यापु च्यातिदिएको वा कुनै तरिकामा सिंहलाई अङ्‌गभङ्‌ग पारिदिएको हुनुपर्छ। यदि उक्‍त अभिव्यक्‍तिको अर्थ सिंहको च्यापु च्यात्नु नै हो भने बाख्राको पाठालाई पनि त्यसै गरी च्यातचुत पार्नु कुनै असम्भव कुरा होइन। यस सन्दर्भमा उक्‍त तुलनाले कुन कुरा प्रस्ट पार्छ भने, कुनै हतियारविना सिंहलाई जित्नु भनेको शिमशोनको लागि खाली हातले बाख्राको पाठालाई सजिलै कऱ्‍यापकुरुप पार्नुजस्तै थियो। तथापि शिमशोनले सिंहलाई अङ्‌गभङ्‌ग पारेर मारेको भए नि? यदि त्यसो हो भने त्यो भनाइ एउटा उपमा हो भनेर बुझ्नुपर्छ। त्यस उपमाले यहोवाको आत्माले शिमशोनलाई असाधारण शारीरिक बल चाहिने काम गर्न बलवान्‌ बनायो भन्‍न खोजेको हुन सक्छ। कुरा जेसुकै होस्‌, न्यायकर्त्ता १४:६ मा गरिएको तुलनाले साधारण मानिसको लागि एउटा बाख्राको पाठा मामुली कुरा भएझैं यहोवाको मदत पाएपछि शिमशोनलाई शक्‍तिशाली सिंह पनि केही जस्तो लागेन भन्‍ने कुरा प्रकाश पार्छ।

[फुटनोट]

a कति लामो समयसम्म पृथक रहने भन्‍ने कुरा भाकल गर्ने व्यक्‍तिको व्यक्‍तिगत निर्णयमा भर पर्थ्यो। तथापि, यहूदी परम्पराअनुसार भाकलको न्यूनतम अवधि ३० दिनको हुन्थ्यो। त्योभन्दा कम समयावधिको लागि गरिने भाकललाई कुनै महत्त्वको ठानिंदैनथ्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने