प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ९/१ p. ३
  • रचनाकारविनाको रचना?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रचनाकारविनाको रचना?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नमिल्नेगरि छुटाएको
  • रचनालाई हेर्नुहोस्‌, रचनाकारबारे जान्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • हामीलाई कसले बताउन सक्छ?
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • महान्‌ रचनाकार प्रकट गरियो
    ब्यूँझनुहोस्‌!—२०००
  • बायोकेमिस्टसितको कुराकानी
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ९/१ p. ३

रचनाकारविनाको रचना?

क्रमविकास नै जीवनको जटिलता र विविधताको कारक हो भनी चार्ल्स डार्विनले भनेको झन्डै १५० वर्ष बितिसक्यो। तथापि, जीवित प्राणीहरूको छक्कै लाग्ने किसिमको सुव्यवस्थित संरचनाले उद्देश्‍यसहितको रचनालाई संकेत गर्छ भनेर विश्‍वास गर्नेहरूबाट हालसालैका वर्षहरूमा क्रमविकास र यसका आधुनिक विचारधारामाथि तुसारापात भएको छ। पृथ्वीका असंख्य प्रजातिहरूको श्रेय क्रमविकासलाई जान्छ भन्‍ने कुरामा नाउँ चलेका वैज्ञानिकहरू समेत सहमत छैनन्‌।

क्रमविकासको सिद्धान्तसित सहमत नभएका ती वैज्ञानिकहरूले त्यसको प्रतिवाद गर्दै बुद्धिमान्‌ रचनाको कुरा अघि सार्छन्‌ अनि जीवशास्त्र, गणित र स्वविवेकले सृष्टिमा पाइने रचनाको पुष्टि गर्छ भनी ठोकुवा गर्छन्‌। साथै, उनीहरू बुद्धिमान्‌ रचनासम्बन्धी विचारधारा स्कूलको विज्ञानका पाठ्यक्रमहरूमा पनि समावेश गराउन खोज्छन्‌। क्रमविकासको विवादको आगो मुख्यतया अमेरिकामा दन्किंदै छ। अनि इङ्‌गल्याण्ड, टर्की, नेदरल्याण्ड्‌स, पाकिस्तान र सर्बिया पनि यसको हावाबाट अछुतो रहन सकेको छैन।

नमिल्नेगरि छुटाएको

बुद्धिमान्‌ रचनाको बचाउमा एकदमै ध्यान पुऱ्‍याएर प्रस्तुत गरिएका विषयवस्तुहरूमा समेत अक्सर छर्लङ्‌गै देखिनेगरि एउटा कुरालाई समावेश गरिएको छैन। त्यो हो, रचनाकारबारे उल्लेख नै नगरिनु। रचनाकारविना नै रचना हुन सक्छ भन्‍ने कुरामा के तपाईं विश्‍वास गर्न सक्नुहुन्छ? बुद्धिमान्‌ रचनाका पक्षधरहरू समेत “रचनाकार को हुन्‌ अथवा के हुन सक्छ भनी स्पष्ट भन्दैनन्‌” भनी द न्यु योर्क टाइम्स्‌ म्यागजिन-ले रिपोर्ट गऱ्‍यो। क्लडिया वालिस नाउँ गरेकी लेखिकाअनुसार बुद्धिमान्‌ रचनाका समर्थकहरू “ईश्‍वरलाई आफ्नो छलफलमा नल्याउन बडो होस पुऱ्‍याउँछन्‌।” अनि न्युजवीक पत्रिकाअनुसार “रचनाकारको अस्तित्व र परिचयबारे बुद्धिमान्‌ रचनाले केही उल्लेख गर्दैन।”

रचनाकारबारेको प्रश्‍नलाई त्यसै छल्न खोज्नु कत्ति व्यर्थ छ भनी तपाईं बुझ्न सक्नुहुन्छ। रचनाकारको अस्तित्व र परिचयलाई गुपचुपमा राखियो वा वास्तै गरिएन भने ब्रह्‍माण्डका अनेक रचना र जीवनलाई कसरी पूर्णतया बुझ्न सकिन्छ र?

रचनाकार छ भनेर मान्‍ने या नमान्‍ने भन्‍ने विषयको विवाद केही हदसम्म यी प्रश्‍नहरूको सेरोफेरोमा आधारित छ: अलौकिक रचनाकारको अस्तित्वलाई स्वीकार्दा के त्यसले वैज्ञानिक र बौद्धिक प्रगतिमा बाधा पुऱ्‍याउँछ? चित्तबुझ्दो तरिकामा प्रमाण दिन नसकेपछि मात्र बुद्धिमान्‌ रचनाकार छ भनेर स्वीकार्ने हो कि? रचनालाई हेरेपछि रचनाकार हुनुपर्छ भन्‍ने निष्कर्षमा पुग्नुको के कुनै तुक छ? यी र यससित सम्बन्धित अन्य प्रश्‍नहरूलाई यस पछिको लेखले प्रस्ट पार्नेछ। (w 07 8/15)

[पृष्ठ ३-मा भएका चित्रहरू]

क्रमविकास नै जीवनको जटिलताको कारक हो भनी चार्ल्स डार्विन विश्‍वास गर्थे

[स्रोत]

Darwin: From a photograph by Mrs. J. M. Cameron/U.S. National Archives photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने