प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ११/१ pp. ३-४
  • बाँच्ने आजको लागि मात्र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाँच्ने आजको लागि मात्र?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भोलिबारे सोच्नुपर्छ?
  • बाँच्ने भोलिलाई मनमा राख्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • भविष्य कस्तो छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • “उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मेरो भविष्य कस्तो छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ११/१ pp. ३-४

बाँच्ने आजको लागि मात्र?

“म भविष्यबारे कहिल्यै सोच्दिनँ। आखिर यो त आइ नै हाल्छ।” यो भनाइ प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनको हो भनिन्छ। थुप्रै मानिसहरू यस्तै किसिमको भावना पोखाउँछन्‌। तिनीहरू भन्लान्‌, “किन बित्थामा भविष्यको चिन्ता लिने?” अथवा मानिसहरूले यसो भनेका पनि तपाईंले सुन्‍नुभएको होला: “जीवन जसरी चलिरहेको छ, त्यसरी नै चल्न देऊ।” “आजको लागि बाँच।” “भोलिलाई बिर्सिदेऊ।”

यो कुनै नौलो मनोवृत्ति त निश्‍चय नै होइन। “खाऊ, पिऊ, मोजमस्ती गर। बाँकी सब कुरा बिर्सिदेऊ।” यी थिए प्राचीन समयका इपिक्युरसवादी अर्थात्‌ युनानी दार्शनिक इपिक्युरसका अनुयायीहरूको आदर्श वाक्य। पावलको समयका केही व्यक्‍तिहरू पनि यस्तै विचारधारा राख्थे। “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।” (१ कोरिन्थी १५:३२) यो छोटो जिन्दगी नै हाम्रो निम्ति सबै थोक हो, त्यसैले बाँचुञ्जेल यसबाट अधिकतम लाभ उठाउनुपर्छ भन्‍ने उनीहरूको धारणा थियो।

पृथ्वीका लाखौं व्यक्‍तिहरूका लागि, जिन्दगीको अधिकतम लाभ उठाउनु भनेको मोजमस्ती र सुखसयलमा चुर्लुम्मै डुब्नु त निश्‍चय नै होइन। कठिन अवस्थामा भएका धेरैलाई एक दिन बिताउनु भनेको बाँच्नको लागि दुःखदायी र पीडादायी संघर्ष गर्नुबाहेक केही होइन। त्यसोभए तिनीहरूले भविष्य, हो अक्सर निष्पट्टै अँध्यारो र आशाविहीन देखिने “भोलि”-बारे किन सोच्नुपऱ्‍यो?

भोलिबारे सोच्नुपर्छ?

कठिनाइको त्यत्ति सामना गर्न नपरेका मानिसहरू समेत भविष्यबारे सोच्नुलाई बेकार ठान्छन्‌। तिनीहरू भन्लान्‌ “किन व्यर्थैमा टाउको दुखाइरहने?” कोहीले चाहिं, भविष्यबारे सोच्नेहरू अन्तमा गएर निरूत्साहित हुन्छन्‌ भन्‍ने तर्क पनि गर्लान्‌। आफ्ना योजनाहरूले आफू र आफ्नो परिवारमा खुसी ल्याउनुको सट्टा ती “विफल” भएको देख्दा प्राचीन समयका कुलपिता अय्यूब पनि अत्यन्तै विचलित भएका थिए।—अय्यूब १७:११; उपदेशक ९:११.

स्कटल्याण्डका कवि रबर्ट बर्न्सले हाम्रो कठिन अवस्थालाई खेतमा भएको सानो मुसाको अवस्थासँग तुलना गरे जसको गुँडलाई बर्न्सले अनजानमा कोदालोले भत्काउन पुगे। आफ्नो गुँड भत्किएपछि मुसा बाँच्नको लागि यताउता दौडियो। बर्न्सले सोचे, ‘असाध्यै विचार पुऱ्‍याएर बनाएका योजनाहरू आफ्नो वशमा नभएका कुराहरूले गर्दा पूरै विफल हुँदा हामी कत्ति चोटी आफू शक्‍तिहीन महसुस गर्छौं!’

त्यसोभए भविष्यको योजना बनाउनु के बेकार छ त? यथार्थ कुरो के हो भने, आँधीबेहरी वा अन्य प्राकृतिक प्रकोप आउँदा राम्रो योजनाको कमीले विनाशकारी नतिजाहरू ल्याउन सक्छ। उदाहरणको लागि, कट्रिना भनिने आँधीलाई निश्‍चय नै कसैले पनि रोक्न सक्दैनथ्यो। तर दूरदर्शी भएको भए र पहिल्यै राम्ररी योजना बनाएको भए त्यो आँधीको चपेटामा परेको सहर र यसका बासिन्दाहरूमा परेको असरलाई कम गर्न सकिन्‍नथ्यो र?

तपाईंलाई कस्तो लाग्छ? आजको लागि मात्र बाँचेर भोलिप्रति आँखा चिम्लनु जायज छ? यस विषयमा अर्को लेखले के भन्छ, हेर्नुहोस्‌। (w07 10/15)

[पृष्ठ ३-मा भएका चित्रहरू]

“खाऊ, पिऊ, मोजमस्ती गर। बाँकी सब कुरा बिर्सिदेऊ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने