प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 १/१ p. ३
  • व्यापक फैलिएको विश्‍वास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यापक फैलिएको विश्‍वास
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पादरीहरू के सिकाउँछन्‌
  • जे विश्‍वास गर्छौं त्यो महत्त्वपूर्ण छ, किन?
  • नरकको आगो के भएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • नरक वास्तवमा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • दोस्रो मिथ्या: दुष्टले नरकमा सास्ती भोग्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • नरकबारे सत्य कुरा सिक्दा तपाईंमा असर पर्छ, कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 १/१ p. ३

व्यापक फैलिएको विश्‍वास

“नरकको आगोमा जलिरहेको डरलाग्दो सपना देख्थें! सपनामा दनदन बलिरहेको अग्निकुण्डमा मलाई फालेको देख्थें र चिच्याउँदै ब्यूँझन्थें। त्यसैले, पाप नगर्न कत्ति कोसिस गरें, भनिरहनु नपर्ला।”—आर्लिन।

के तपाईं विश्‍वास गर्नुहुन्छ नरक पापीहरूलाई सास्ती दिने ठाउँ हो भनेर? थुप्रैले विश्‍वास गर्छन्‌। उदाहरणको लागि, स्कटल्यान्डको सेन्ट एन्ड्रयुज विश्‍वविद्यालयका एक विद्वान्‌ले सन्‌ २००५ मा गरेको सर्वेक्षणअनुसार त्यहाँका एक तिहाइ पादरीहरू परमेश्‍वरबाट तर्केकाहरूले “नरकमा अनन्त मानसिक सास्ती भोग्छन्‌” भनी विश्‍वास गर्दा रहेछन्‌। अनि ती पादरीहरूको पाँच भागको एक भागले चाहिं त्यसरी तर्केकाहरूले अनन्त शारीरिक सास्ती भोग्छन्‌ भनी विश्‍वास गर्दा रहेछन्‌।

थुप्रै देशमा नरकको विश्‍वास व्यापक फैलिएको छ। उदाहरणको लागि, सन्‌ २००७ मा अमेरिकामा एउटा आम सर्वेक्षण गर्दा सर्वेक्षण गरिएकाहरूमध्ये लगभग ७० प्रतिशत मानिसहरूले नरकमा विश्‍वास गरेको पाइयो। धर्ममा आस्था राख्ने मानिसहरूको संख्या एकदमै कम भएका देशहरूमा समेत मानिसहरू नरकमा विश्‍वास गर्छन्‌। सन्‌ २००४ को एउटा आम सर्वेक्षणअनुसार क्यानाडामा ४२ प्रतिशत मानिसले नरकमा विश्‍वास गरेको पाइयो। अनि बेलाइतका ३२ प्रतिशत मानिस नरक छ भन्‍ने कुरामा निश्‍चित थिए।

पादरीहरू के सिकाउँछन्‌

थुप्रै पादरीहरूले नरक सास्ती दिइने वास्तविक अग्निकुण्ड हो भनेर सिकाउन छाडेका छन्‌। बरु, तिनीहरू सन्‌ १९९४ मा प्रकाशित क्याथोलिक चर्चबारेको एउटा किताबमा (क्याटेकिज्म अफ द क्याथोलिक चर्च) दिइएको जस्तै परिभाषालाई समर्थन गर्छन्‌। उक्‍त किताब यसो भन्छ: “नरकको प्रमुख दण्ड भनेको परमेश्‍वरबाट सदाको लागि विमुख हुनु हो।”

तैपनि, थुप्रै मानिसको अझै के विश्‍वास छ भने नरक भनेको मानसिक वा शारीरिक सास्ती दिइने ठाउँ हो। यसलाई बढवा दिनेहरूले तिनीहरूको यो शिक्षा बाइबल आधारित भएको दावा गर्छन्‌। सदर्न ब्याप्टिस्ट थियोलोजिकल सेमिनरीका अध्यक्ष अल्बर्ट मोलर यसो भन्छन्‌: “यो बाइबलकै शिक्षा हो नि!”

जे विश्‍वास गर्छौं त्यो महत्त्वपूर्ण छ, किन?

यदि नरक साँच्चैको सास्ती दिने ठाउँ हो भने तपाईं निश्‍चयै डराउनुपर्छ। तर यो शिक्षा साँचो होइन भने चाहिं यस्तो शिक्षा सिकाउने धर्मगुरुहरूले मानिसहरूलाई अन्योलमा पारिरहेको र बित्थामा मानसिक सन्तापमा डुबाइरहेको हुन्छ। साथै, तिनीहरूले परमेश्‍वरको बदनाम पनि गरिरहेका हुन्छन्‌।

यसबारे परमेश्‍वरको वचन बाइबल के भन्छ? (१) मानिस मरिसकेपछि वास्तवमा के हुन्छ? (२) नरकबारे येशूले के सिकाउनुभयो? (३) नरकबारे सत्य कुरा सिक्दा तपाईंमा असर पर्न सक्छ, कसरी? यी तीन प्रश्‍नहरूको जवाफ दिन यसपछिका लेखहरूमा चर्चद्वारा प्रकाशित बाइबलहरू प्रयोग गरिएका छन्‌। (w 08 11/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने