प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ८/१ p. ३
  • के बाइबल बुझ्न सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के बाइबल बुझ्न सकिन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के परमेश्‍वर हामीले उहाँको वचन बुझेको चाहनुहुन्छ?
  • ३. अरूको मदत स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • १. परमेश्‍वरसित मदत माग्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • बुझाइमा सानो भिन्‍नता मात्रै हो कि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • बाइबलले यसका ग्रन्थकारबारे के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ८/१ p. ३

के बाइबल बुझ्न सकिन्छ?

“हामी सबै परिवार मिलेर हरेक हप्ता बाइबल पढ्‌छौं। तर साँच्चै भन्‍ने हो भने मलाई त्यत्ति रमाइलो लाग्दैनथ्यो। हुन त म बाइबल परमेश्‍वरको वचन हो भनेर विश्‍वास गर्थें तर यसमा पढेको धेरैजसो कुरा बुझ्न एकदमै गाह्रो लाग्थ्यो।”—स्टिभन, बेलाइत।

“सत्र वर्षकी छँदा मैले बाइबल पढ्‌ने प्रयास गरेकी थिएँ। तर साह्रै बुझ्न गाह्रो लाग्यो त्यसैले पढ्‌नै छाडिदिएँ।” —बाल्बानेरा, स्पेन।

“क्याथोलिक भएकीले बाइबल पढ्‌नै पर्छ भन्‍ने लाग्यो त्यसैले एक चोटि चाहिं पढी सिध्याएँ। पूरै बाइबल पढी सिध्याउन मलाई तीन-तीन वर्ष लाग्यो! तर पढेको कुरा कुनै-कुनै मात्र बुझें।”—जोआन, अस्ट्रेलिया।

बाइबल संसारमै अहिलेसम्मको सबैभन्दा लोकप्रिय किताब हो। यो, अरू कुनै पनि पुस्तकभन्दा बढी बिक्री भइरहेछ—पहिलेभन्दा धेरै मानिसहरू माझ, थुप्रै भाषामा अनि विभिन्‍न रूपमा। तर हातमै बाइबल भएका थुप्रैलाई समेत यो बुझ्न गाह्रो लाग्छ। के तपाईंलाई पनि त्यस्तै लाग्छ?

के परमेश्‍वर हामीले उहाँको वचन बुझेको चाहनुहुन्छ?

‘हरेक धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएको हो’ भनी बाइबल बताउँछ। (२ तिमोथी ३:१६) हो, यहोवा परमेश्‍वरले हामीलाई बाइबल दिनुभएको छ। के उहाँ हामीले बाइबल बुझेको चाहनुहुन्छ? अथवा उहाँले जानाजानी नै बाइबल पादरीवर्ग र बाइबलविद्‌ जस्ता केही मानिसहरूले मात्र बुझ्न सक्ने तर सर्वसाधारणले चाहिं बुझ्नै नसक्ने गरी बनाउनुभएको हो?

तलका बाइबल पदहरूलाई विचार गर्नुहोस्‌:

“आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूको निम्ति साह्रै टाढो वा गाह्रो छैन।”—व्यवस्था ३०:११.

“तपाईंको वचनको अर्थले ज्योति चम्काउँछ, त्यसले निर्बोध मानिसहरूलाई समझ दिन्छ।”—भजन ११९:१३०.

“त्यही बेला पवित्र आत्मामा रमाउँदै [येशूले] भन्‍नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढाउँदछु, तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाएर बालकहरूलाई प्रकट गर्नुभयो।”—लूका १०:२१.

साँच्चै भन्‍ने हो भने बाइबलका लेखक, तपाईंले उहाँको वचन बुझेको चाहनुहुन्छ! तर थुप्रै निष्कपट मानिसहरूलाई यो पुस्तक बुझ्न गाह्रो लाग्छ। त्यसोभए केले मदत गर्न सक्छ? तपाईंलाई बाइबल बुझ्न मदत गर्न सक्ने तीन वटा सुझावहरू पछाडिका लेखहरूमा बताइएको छ। (w09 7/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने