प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 २/१ p. ३
  • अर्को एक पेग मात्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अर्को एक पेग मात्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • रक्सीलाई त्यसकै ठाउँमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मद्यपानको वशमा नपर्न के गर्न सक्नुहुन्छ?
    थप लेखहरू
  • ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 २/१ p. ३

अर्को एक पेग मात्र

रक्सीको दुर्व्यसनी हुन थाल्दा राजेश ११ वर्षका थिए।a उनी साथीहरूसित वनमा खेल्थे र सिनेमामा देखेका पात्रहरूको नक्कल गर्थे। राजेश र उनका साथीहरूले नक्कल गरेका पात्र काल्पनिक थिए तर उनीहरूले पिएको रक्सी भने साँच्चैको थियो।

सबिन हरेक साँझ एक-दुई पेग पिउने गर्थे। तर ४० वर्ष पुगुन्जेल पाँच-छ पेग चढाउन थाल्ने भइसकेका थिए। आखिरीमा त दिनभर कति पेग लगाउँथे, गन्ती गर्नै नसक्ने भए।

पिउने समस्याबाट मुक्‍त हुन राजेशले मदत खोजे। सबिनले भने परिवार तथा साथीभाइले दिएको सहयोग तिरस्कार गरे। आफ्नो कथा सुनाउन राजेश अहिले जीवितै छन्‌ तर अत्यधिक मद्यपान गरेकोले सबिनको भने केही वर्षअघि सवारी दुर्घटनामा मृत्यु भयो।

यदि कसैले एक्लै अति पिउँछ भने पनि त्यस्तो बानीले अरूको जीवनमा पक्कै नराम्रो असर पर्छ र अक्सर दुःखद्‌ परिणामहरू भोग्नुपर्ने हुन्छ।b मौखिक तथा शारीरिक दुर्व्यवहार गर्ने, हातपात तथा हत्या गर्ने अनि सवारी दुर्घटना तथा काम गर्ने ठाउँमा हुने चोटपटकलगायत थुप्रै स्वास्थ्य समस्या हुने प्रमुख कारण अक्सर रक्सीको कुलत हो। रक्सीको दुर्व्यसनले गर्दा वर्षेनी खरबौं रुपियाँ खर्च हुन्छ। यसबाहेक यसले व्यक्‍तिविशेष, परिवार अनि बालबच्चामा पुऱ्‍याउने व्यक्‍तिगत अनि भावनात्मक क्षतिको लेखाजोखा गरेर साध्य छैन।

तैपनि “दिनहुँ पिउने सबैको पिउने लत बसेको हुँदैन अनि पिउने लत परेकाहरू सबै दिनहुँ पिउँदैनन्‌” भनेर यु.एस. नेशनल इन्स्टिच्युट अफ हेल्थ बताउँछ। मद्यव्यसनी नभएका थुप्रैको थाहै नपाई अति पिउने बानी बसेको छ। अरूचाहिं कहिलेकाहीं मात्र पिउँछन्‌ तर एक पटकमै पाँच पेगभन्दा धेरै।

तपाईं पिउन चाहनुहुन्छ भने कतिचाहिं अति हुन्छ? ‘अर्को एक पेग’ कुन बेला नथप्ने भनेर कसरी थाह पाउन सक्नुहुन्छ? (हितोपदेश २३:२९, ३०, NRV) यसबारे मदतकारी जानकारी यसपछिका लेखहरूमा छलफल गरिनेछ। ( w10 -E 01/01)

[फुटनोट]

a केही नाउँ परिवर्तन गरिएका छन्‌।

b स्वास्नीमान्छेको तुलनामा ४ गुणा बढी लोग्नेमान्छे मद्यव्यसनी हुने सम्भावना धेरै छ। तैपनि यस लेखमा दिइएको जानकारी लोग्नेमान्छे अनि स्वास्नीमान्छे दुवैलाई लागू हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने