प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 २/१ p. ३१
  • प्रतिज्ञाहरू पूरा गर्नुहुने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रतिज्ञाहरू पूरा गर्नुहुने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • यहोशूले कहल्यै नबिर्सेको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवा हामी सफल भएको चाहनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाले भनेका कुरा कहिल्यै फरक पर्दैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोशूको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 २/१ p. ३१

परमेश्‍वरको नजिक हुनुहोस्‌

प्रतिज्ञाहरू पूरा गर्नुहुने

यहोशू २३:१४

के तपाईंलाई अरूमाथि भरोसा गर्न गाह्रो लाग्छ? दुःखको कुरा अहिले हामी बाँचिरहेको यस संसारमा बारम्बार भरोसा तोडिन्छ। तपाईंले भरोसा गरेको कसैले झूट बोलेर वा वचन पूरा नगरेर तपाईंलाई चोट पुऱ्‍याएको छ भने तपाईंको भरोसा चक्नाचूर हुन सक्छ। तर निराश हुनुपर्दैन। एक जना भरोसायोग्य व्यक्‍ति हुनुहुन्छ। हितोपदेश ३:५ हामीलाई यस्तो आग्रह गर्छ: “तेरो सारा भरोसा [यहोवा] परमेश्‍वरमा राख्‌।” उहाँ किन यस्तो भरोसाको योग्य हुनुहुन्छ? यसको जवाफ पाउन आउनुहोस्‌, आफ्नो सारा भरोसा यहोवामाथि राख्ने यहोशूका शब्दहरू जाँचौं। ती यहोशू २३:१४ मा लिपिबद्ध छन्‌।

अब त्यतिखेरको पृष्ठभूमि विचार गर्नुहोस्‌। इस्राएलका नेता मोशाका उत्तराधिकार यहोशू ११० वर्ष पुग्नै लागेका छन्‌। तिनले यो उमेरसम्म यहोवाले इस्राएलको पक्षमा गरेका थुप्रै शक्‍तिशाली कार्य साक्षात्‌ देखेका छन्‌। यी कार्यमा लगभग ६० वर्षअघि लाल समुद्रबाट चमत्कारपूर्ण ढंगमा गरिएको उद्धार पनि समावेश छ। अहिले भने विगत सम्झँदै यहोशूले इस्राएलका “बूढा प्रधानहरूलाई, तिनीहरूका कुलनायकहरूलाई, तिनीहरूका न्यायकर्ताहरूलाई र तिनीहरूका अधिकारीहरूलाई” एकसाथ जम्मा गर्छन्‌। (यहोशू २३:२) तिनले अब भन्‍ने कुराहरू उमेर र अनुभवको आधारमा नभई विश्‍वासले भरिएको हृदयले मनन गर्दा प्रकट भएका हुन्‌।

“म आज सबै मानव जातिको रीतिमा गइरहेको छु,” यहोशू बताउँछन्‌। “मानव जातिको रीतिमा” भन्‍ने वाक्यांशले मृत्युलाई संकेत गरिरहेको छ। भनाइको मतलब, यहोशू “अब मेरो दिन पुग्नै लागेको छ” भन्‍न खोजिरहेका छन्‌। मृत्यु नजिकै छ भन्‍ने थाह भएकोले पक्कै पनि यहोशूले आफ्नो जीवनबारे सोच्न एकान्तमा धेरै समय बिताएका छन्‌। त्यसैले अन्तिम शब्दस्वरूप यहोशू सँगी उपासकहरूलाई कस्तो अर्ती दिन्छन्‌?

यहोशू अझै यसो भन्छन्‌: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन।” यी शब्दहरू आफ्नो सारा भरोसा परमेश्‍वरमा राख्ने पुरुषका हुन्‌। तिनी किन यसो भन्छन्‌? आफूले देखेका सम्पूर्ण कुरा विचार गर्दा यहोवा सधैं आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनेर यहोशूले बुझेका छन्‌।a कुरा स्पष्ट छ: यहोशू आफ्ना सम्पूर्ण इस्राएली दाजुभाइ तथा दिदीबहिनीले तिनीहरूको भविष्यसित सम्बन्धित यहोवाका प्रतिज्ञाहरू पनि पक्कै पूरा हुनेछन्‌ भन्‍ने कुरामा सम्पूर्ण भरोसा राखेको चाहन्छन्‌।

यहोशू २३:१४ बारे टिप्पणी गर्दै बाइबलसम्बन्धी एउटा पुस्तक यसो भन्छ: “परमेश्‍वरले कुनै प्रतिज्ञा पूरा गर्नुभएन वा बिर्सनुभयो कि भनेर पत्ता लगाउन पहिले बाइबलमा भएका प्रत्येक प्रतिज्ञा केलाउनुहोस्‌ त्यसपछि संसारको इतिहास पल्टाउनुहोस्‌ र प्रत्येक प्राणीबारे खोजबिन गर्नुहोस्‌।” यसरी जाँचपड्‌ताल गर्नु सम्भव भएको भए हामी पनि यहोशूको जस्तै यस्तो निष्कर्षमा पुग्ने थियौं—यहोवाका प्रत्येक प्रतिज्ञा अवश्‍य पूरा हुन्छ।-१ राजा ८:५६; यशैया ५५:१०, ११.

परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको विवरण बाइबलमा छ। तीमध्ये कतिपय त हामीले नै पूरा भइरहेको देखेका छौं। ती प्रतिज्ञाहरूमा हाम्रो भविष्यबारे यहोवाका अद्‌भुत प्रतिज्ञाहरू पनि छन्‌।b त्यो विवरण तपाईं आफैले जाँचे कसो होला? बाइबलको अध्ययन गर्दा प्रतिज्ञाहरू पूरा गर्नुहुने तपाईंको भरोसाको योग्य हुनुहुन्छ भनेर विश्‍वस्त हुन सक्नुहुन्छ। ( w10 -E 01/01)

[फुटनोट]

a यहोशूले पूरा भएको देखेका प्रतिज्ञा वा आश्‍वासनमध्ये केही हुन्‌: यहोवाले इस्राएललाई तिनीहरूको आफ्नै भूमि दिनु। (उत्पत्ति १२:७ लाई यहोशू ११:२३ सित तुलना गर्नुहोस्‌) यहोवाले इस्राएललाई मिस्रबाट छुटाएर ल्याउनु। (प्रस्थान ३:८ लाई प्रस्थान १२:२९-३२ सित तुलना गर्नुहोस्‌) यहोवाले आफ्ना जनलाई सम्भाल्नु।—प्रस्थान १६:४, १३-१५ लाई व्यवस्था ८:३, ४ सित तुलना गर्नुहोस्‌।

b हाम्रो भविष्यबारे परमेश्‍वरका प्रतिज्ञाहरूबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ३, ७ र ८ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने