प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१ पृ. ३
  • वैवाहिक सम्बन्ध किन बिग्रँदै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वैवाहिक सम्बन्ध किन बिग्रँदै छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • प्रेमशून्य विवाहको दलदलमा फसेको
    ब्यूँझनुहोस्‌!—२००१
  • परमेश्‍वरले गर्नुभएको वैवाहिक प्रबन्धको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ . . .”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१ पृ. ३

वैवाहिक सम्बन्ध किन बिग्रँदै छ?

“फरिसीहरू [येशूकहाँ] आए र उहाँको परीक्षा गर्ने मनसायले यस्तो प्रश्‍न गरे: ‘एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु के ठीक हो?’ ”—मत्ती १९:३.

येशूको समयका केही मानिसले विवाह लामो समयसम्म टिक्न सम्भव छ कि छैन अर्थात्‌ विवाह स्थायी सम्बन्ध हो कि होइन भन्‍ने प्रश्‍न गरे। तिनीहरूलाई येशूले यसरी जवाफ दिनुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै नर र नारी बनाउनुभयो र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌नेछ अनि आफ्नी पत्नीसित बस्नेछ र ती दुई एउटै शरीर हुनेछन्‌’? त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण, जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”a (मत्ती १९:४-६) अवश्‍य पनि वैवाहिक सम्बन्ध स्थायी होस्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्थ्यो।

आज थुप्रै देशमा ४० प्रतिशत वा त्योभन्दा बढी विवाह सम्बन्धविच्छेदको कारण ‘छुट्टिन्छ।’ के विवाहसम्बन्धी बाइबलले दिने सल्लाह आज काम नलाग्ने भइसक्यो? वैवाहिक प्रबन्धको सुरुवात नै ठीक तरिकाले नगरिएकोले वैवाहिक जीवन असफल भएको हो कि?

यो उदाहरण विचार गर्नुहोस्‌: दुई दम्पतीले एउटै मोडलको कार किन्छन्‌। एउटा दम्पतीले आफ्नो कारको राम्रो हेरविचार गर्छन्‌ र होसियारीसाथ चलाउँछन्‌। तिनीहरूको कार बिग्रँदैन। तर अर्को दम्पतीले भने कारको हेरविचार गर्न समय र शक्‍ति लगाउँदैनन्‌ र जथाभाबी चलाउँछन्‌। तिनीहरूको कार बिग्रन्छ र कामै नलाग्ने हुन्छ। गल्ती कसको? कारको कि कार मालिकको? पक्कै पनि कार मालिक नै यसको लागि बढ्‌ता जिम्मेवार छन्‌।

त्यस्तैगरि वैवाहिक प्रबन्धको सुरुवातमा नै कुनै खोट भएको कारणले धेरै जनाको वैवाहिक जीवन असफल भएको होइन। यसको प्रमाण लाखौं सफल विवाहले दिइरहेको छ। यस्तो विवाहले व्यक्‍तिविशेष, परिवार र समाजलाई आनन्द र स्थिरता प्रदान गर्छ। तर लामो समयसम्म टिकाउने हो भने कारलाई जस्तै विवाहलाई पनि राम्रो हेरविचार र नियमित मर्मत-सम्भारको आवश्‍यकता पर्छ।

तपाईंको विवाह भर्खरै भएको होस्‌ या दशकौंअघि, यसलाई ठीक हालतमा राख्ने र बलियो बनाउने सम्बन्धमा बाइबलले दिएको सल्लाह साँच्चै कामलाग्दो छ। यसपछिका पानाहरूमा दिइएका केही उदाहरण विचार गर्नुहोस्‌। ( w11 -E 02/01)

[फुटनोट]

a पति वा पत्नीमध्ये एक जनाले अवैध यौनसम्बन्ध राखेको खण्डमा बाइबलले सम्बन्धविच्छेद गर्न अनुमति दिन्छ।—मत्ती १९:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने