प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ५/१५ pp. २६-२७
  • सर्वोत्तम नेता ख्रीष्टलाई पछ्याउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सर्वोत्तम नेता ख्रीष्टलाई पछ्याउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुन्‍नुहोस्‌ र पालन गर्नुहोस्‌
  • ख्रीष्टका प्रतिनिधिहरूलाई साथ दिनुहोस्‌
  • ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के तपाईंलाई ख्रीष्टको नेतृत्व वास्तविक लाग्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • असल नेतृत्व हामी कहाँ पाउन सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • येशू ख्रीष्टको चालअनुसार चलिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ५/१५ pp. २६-२७

सर्वोत्तम नेता ख्रीष्टलाई पछ्याउनुहोस्‌

मानव शासकहरूलाई पछ्याउनेहरू अक्सर निराश हुन्छन्‌। तथापि, ख्रीष्टको नेतृत्वको अधीनमा बस्नेहरूको अवस्था भने बिलकुलै फरक हुन्छ। येशूले भन्‍नुभयो: “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिसहरू हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। मेरो जुवा बोक र मबाट सिक, किनकि म कोमल स्वभाव र नम्र मनको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ।” (मत्ती ११:२८, २९) येशूको नेतृत्व स्फूर्तिदायी र उत्थानदायी छ। उहाँ नम्र र दबिएका मानिसहरूको असाध्यै चासो राख्नुहुन्छ, त्यसैले आफ्नो हलुका जुवामुनि आउन निम्तो दिनुहुन्छ। त्यसोभए येशूको नेतृत्व पछ्याउनुमा के समावेश छ?

प्रेषित पत्रुसले लेखे, “ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो र तिमीहरूले राम्ररी उहाँको पदचिन्ह पछ्याओस्‌ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।” (१ पत्रु. २:२१) येशूको पदचिन्ह पछ्याउनु हाम्रो लागि कत्तिको महत्त्वपूर्ण छ? कल्पना गर्नुहोस्‌, विष्फोटक पदार्थहरू विछ्याइएको जमिन पार गर्नुपर्नेछ। तपाईंको समूहमा एक जनालाई मात्र कसरी सुरक्षित भएर पार गर्ने भनेर थाह छ। के तपाईं तिनको पदचिन्ह राम्ररी पछ्याउनुहुने छैन र? सायद तिनले जहाँ-जहाँ टेके, तपाईं पनि त्यहीं-त्यहीं टेक्नुहुन्छ होला। त्यसैगरि, भविष्यको हाम्रो सुरक्षा पनि यथासम्भव येशूको पदचिन्ह राम्ररी पछ्याउनुमा निर्भर छ। यसो गर्नुमा उहाँको कुरा सुन्‍नु र उहाँको आज्ञा मान्‍नु अनि उहाँको प्रतिनिधित्व गर्नेहरूलाई साथ दिनु समावेश छ।

सुन्‍नुहोस्‌ र पालन गर्नुहोस्‌

डाँडाको उपदेशको अन्ततिर येशूले यसो भन्‍नुभयो: “मेरा यी कुरा सुनेर पालन गर्ने जति सबैलाई चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान्‌ मानिससँग तुलना गरिनेछ। घनघोर पानी पऱ्‍यो, बाढी आयो, बतास चल्यो र घरलाई बेस्सरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो।”—मत्ती ७:२४, २५.

आफ्नो कुरा सुन्‍ने र आफ्नो आज्ञा पालन गर्ने मानिसलाई येशूले “बुद्धिमान्‌” मानिस भन्‍नुभयो। के हामी पूरा मनले आज्ञाकारी भएर ख्रीष्टको उदाहरणको सम्मान र मोल गरेको देखाउँछौं वा येशूले दिनुभएको आज्ञामध्ये आफूलाई सजिलो वा उचित लाग्ने आज्ञाहरू मात्र पालन गर्ने झुकाव राख्छौं? येशूले भन्‍नुभयो: “म सधैं [परमेश्‍वरलाई] मनपर्ने कामहरू गर्छु।” (यूह. ८:२९) हामी पनि त्यो उदाहरण अनुकरण गर्ने प्रयास गरौं।

प्रथम शताब्दीमा, ख्रीष्टको नेतृत्वको अधीनमा बस्ने सन्दर्भमा प्रेषितहरूले राम्रो उदाहरण बसाले। एक पटक पत्रुसले येशूलाई भने, “हेर्नुहोस्‌! हामी सबै कुरा छोडेर तपाईंको पछि लागिरहेका छौं।” (मर्कू. १०:२८) हो, ती प्रेषितहरूले येशूको नेतृत्वलाई यत्ति मूल्यवान्‌ सम्झे कि उहाँलाई पछ्याउनको लागि तिनीहरूले अरू सब थोक खुसीसाथ छोडे।—मत्ती ४:१८-२२.

ख्रीष्टका प्रतिनिधिहरूलाई साथ दिनुहोस्‌

येशूले आफ्नो मृत्युभन्दा अलिक समयअघि हामीले उहाँको नेतृत्व पछ्याउन सक्ने अर्को तरिका उल्लेख गर्नुभयो। उहाँले भन्‍नुभयो: “जसले मैले पठाएको व्यक्‍तिलाई स्वागत गर्छ, उसले मलाई पनि स्वागत गर्छ।” (यूह. १३:२०) वास्तवमा भन्‍नुपर्दा येशूले आफ्ना अभिषिक्‍त प्रतिनिधिहरूलाई आफ्ना “भाइहरू” भन्‍नुभयो। (मत्ती २५:४०) पुनर्जीवित भएर स्वर्ग गइसकेपछि येशूको खातिर काम गर्न उहाँका “भाइहरू” नियुक्‍त गरिए। यिनीहरूले राजदूतको रूपमा “ख्रीष्टको सट्टामा” काम गर्नेथिए र अरूलाई पनि यहोवा परमेश्‍वरसित मिलाप गर्न आग्रह गर्नेथिए। (२ कोरि. ५:१८-२०) ख्रीष्टको नेतृत्व स्वीकार्नुमा हामी उहाँका “भाइहरू”-को अधीनमा बस्नु समावेश छ।

बाइबलआधारित हाम्रा प्रकाशनहरूमा पाइने धर्मशास्त्रीय सल्लाहप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं भनी आफैलाई जाँच्नु राम्रो हो। धर्मशास्त्र अध्ययन गर्दा र मण्डलीका सभाहरूमा उपस्थित हुँदा हामीलाई ख्रीष्टले भन्‍नुभएका कुराहरू सम्झाइन्छ। (२ पत्रु. ३:१, २) परमेश्‍वरले दिनुभएको भोजनलाई नियमित रूपमा लिंदा हामी यसप्रति आफ्नो हार्दिक कृतज्ञता देखाउँछौं। तर कुनै सल्लाह समय-समयमा दोहोऱ्‍याइएमा हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ? उदाहरणको लागि, परमेश्‍वरको वचनले ख्रीष्टियनहरूलाई “प्रभुको चेलासित मात्र” विवाह गर्ने सल्लाह दिन्छ। (१ कोरि. ७:३९) प्रहरीधरहरा पत्रिकाले यस विषयमा समय-समयमा छलफल गर्दै आएको एक शताब्दीभन्दा धेरै भइसक्यो। यो र अन्य प्रेरित सल्लाहबारे लेखहरू छापेर ख्रीष्टका भाइहरूले यहोवासितको हाम्रो सम्बन्ध जोगाउन निश्‍चय नै मायालु चासो देखाउँछन्‌। यी सम्झौटाहरूमा ध्यान दिनु हामीले आफ्नो सर्वोत्तम नेता येशू ख्रीष्टलाई पछ्याइरहेका छौं भनेर देखाउने एउटा तरिका हो।

हितोपदेश ४:१८ भन्छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्छ।” हो, येशूको नेतृत्व प्रगतिशील छ, अचल होइन। ख्रीष्टका “भाइहरू”-लाई साथ दिने अर्को तरिका भनेको “विश्‍वासी र बुद्धिमान्‌ दास”-द्वारा प्रकाशित धर्मशास्त्रीय सत्यप्रतिको समझबारे केही संशोधन गरिंदा सकारात्मक मनोवृत्ति राख्नु हो।—मत्ती २४:४५.

ख्रीष्टियन मण्डलीका नियुक्‍त निरीक्षकहरूलाई साथ दिएर पनि हामी ख्रीष्टका “भाइहरू”-को अधीनमा बसेको देखाउँछौं। प्रेषित पावलले भने: “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस, किनकि . . . तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌।” (हिब्रू १३:१७) उदाहरणको लागि, कुनै एल्डरले हामीलाई नियमित रूपमा साँझको पारिवारिक उपासना गर्नुको महत्त्वबारे प्रोत्साहन देलान्‌ वा क्षेत्र सेवाका केही पक्षसम्बन्धी सुझाव देलान्‌। परिभ्रमण निरीक्षकले ख्रीष्टियन जीवनको कुनै खास पक्षबारे मदतकारी धर्मशास्त्रीय सल्लाह देलान्‌। यस्ता सल्लाह खुसीसाथ पालन गरेर हामी येशूलाई आफ्नो नेताको रूपमा पछ्याएको देखाउँछौं।

दुःखको कुरा, यस संसारमा सक्षम नेतृत्वको अभाव खट्‌किरहेको छ। तर ख्रीष्टको मायालु नेतृत्व पछ्याउनु कत्ति स्फूर्तिदायी! त्यसैले आउनुहोस्‌, हरहालतमा आफ्नो नेताको आज्ञा पालन गरौं र उहाँले आज प्रयोग गरिरहनुभएकाहरूलाई साथ देऔं।

[पृष्ठ २७-मा भएको चित्र]

विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ भन्‍ने धर्मशास्त्रीय सल्लाहलाई के तपाईं स्वीकार्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने