प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ११/१५ pp. १५-१६
  • “म अहिले अशक्‍त छु तर सधैंको लागि होइन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म अहिले अशक्‍त छु तर सधैंको लागि होइन”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्याहरूको सामना गर्दै
  • नचिताएको प्रस्ताव
  • आवश्‍यक परेकै बेला मैले आशा पाएँ
    ब्यूँझनुहोस्‌!—२०१५
  • कमजोर हुँदा पनि बल पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ
    ब्यूँझनुहोस्‌!—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ११/१५ pp. १५-१६

“म अहिले अशक्‍त छु तर सधैंको लागि होइन”

सारा भान डेर मोन्डको वृत्तान्तमा आधारित

मानिसहरू अक्सर मलाई भन्‍ने गर्छन्‌, “तिम्रो मुस्कान एकदमै मीठो छ। तिमी किन सधैं यति खुसी देखिन्छ्यौ?” त्यतिबेला म तिनीहरूलाई “मैले एउटा विशेष आशा पाएकी छु” भनेर बताउँछु। त्यो आशाबारे म छोटकरीमा यसो भन्‍ने गर्छु: “म अहिले अशक्‍त छु तर सधैंको लागि होइन।”

मेरो जन्म सन्‌ १९७४ मा फ्रान्सको पेरिसमा भएको थियो। जन्मैदेखि ममा शारीरिक समस्या थियो र पछि मलाई सेरेब्रल पाल्जी (एक प्रकारको पक्षाघात) भएको पत्ता लाग्यो। मैले अलि-अलि मात्र हातखुट्टा चलाउन सक्थें र मेरो बोली पनि अस्पष्ट थियो। पछि मलाई बिस्तारै छारे रोग अनि विभिन्‍न सङ्‌क्रमणले सताउन थाल्यो।

म दुई वर्षकी छँदा हाम्रो परिवार अस्ट्रेलियाको मेल्बर्नमा बसाइँ सऱ्‍यो। दुई वर्षपछि मेरो बुबाले मलाई र आमालाई छोडेर जानुभयो। त्यतिबेला नै मैले पहिलो चोटि यहोवासित नजिक भएकी महसुस गरें। मेरी आमा यहोवाको साक्षी हुनुभएकोले उहाँले मलाई नियमित रूपमा ख्रीष्टियन सभाहरूमा लैजाने गर्नुहुन्थ्यो। परमेश्‍वर मलाई माया गर्नुहुन्छ र मेरो ख्याल गर्नुहुन्छ भन्‍ने कुरा मैले ती सभाहरूबाट बुझ्न सकें। बदलिंदो परिस्थितिको बाबजुद पनि मैले सभाबाट सिकेको कुरा अनि आमाबाट पाएको माया र आश्‍वासनले गर्दा सुरक्षित महसुस गर्न सकें।

यहोवालाई कसरी प्रार्थना गर्ने भनेर पनि आमाले मलाई सिकाउनुभयो। साँच्चै भन्‍नुपर्दा मलाई बोल्नभन्दा पनि प्रार्थना गर्न निकै सजिलो लाग्छ। प्रार्थना गर्दा, मैले शब्दहरूको उच्चारणमा ध्यान दिनुपर्दैन तर मेरो मनमा भएका ती शब्दहरू म स्पष्टसित “सुन्‍न” सक्छु। मेरो बोली अस्पष्ट भएको कारण यहोवाले मैले मनमनै वा लरबराउँदै गरेको प्रार्थना पनि बुझ्नुहुन्छ भनेर थाह पाउँदा मैले ठूलो सान्त्वना पाएकी छु।—भज. ६५:२.

समस्याहरूको सामना गर्दै

पाँच वर्ष पुग्दासम्म त मलाई सेरेब्रल पाल्जीले निकै गाँजिसकेको थियो। मलाई हिंड्‌नको लागि क्यालीपर स्प्लीन्ट्‌सको (हातखुट्टा भाँचिदा प्रयोग गरिने काम्रोजस्तो साधन) सहारा चाहिने भयो। म धरमराउँदै हिंड्‌ने गर्थें। म ११ वर्षको हुँदा हिंड्‌न पनि नसक्ने भइसकेकी थिएँ। पछि त झन्‌ क्रेनजस्तै मेसिनको मदतविना खाटमा चढ्‌न अनि त्यसबाट ओर्लन पनि नसक्ने अवस्थामा पुगें। आफ्नो खाटबाट ह्वीलचेयरमा बस्नको लागि म उक्‍त मेसिनको मदत लिन्थें र त्यो ह्वीलचेयर म आफ्नो हातले चलाउने गर्थें।

हो, आफ्नो अशक्‍त अवस्थाले गर्दा कहिलेकाहीं म निरुत्साहित हुने गर्छु। तर त्यतिबेला म हाम्रो परिवारको एउटा भनाइ सम्झने गर्छु। त्यो भनाइ यस्तो छ: “आफूले गर्न नसक्ने कुराको लागि चिन्तित हुनुपर्दैन। तिमीले जे गर्न सक्छौ त्यसैमा ध्यान देऊ।” उक्‍त भनाइ मनमा राख्दा म घोडसवार गर्ने, पाल भएको डुङ्‌गा र सानो खालको नाउ चलाउने, क्याम्पिङ जाने अनि सवारी साधनहरू नभएको सडकमा कार चलाउने जस्ता कुराहरूमा सफल भएँ। साथै चित्र कोर्ने, लुगा सिलाउने, सिरानी बनाउने, कपडामा बुट्टा भर्ने अनि माटाका भाँडाहरू बनाउने जस्ता कलात्मक कामहरू पनि म गर्ने गर्छु।

शारीरिक रूपमा एकदमै अशक्‍त भएकीले परमेश्‍वरको उपासना गर्ने निर्णय गर्न म सक्षम छैन भनेर कसै-कसैले प्रश्‍न उठाएका छन्‌। म १८ वर्षको छँदा मेरो एक जना स्कूलको शिक्षिकाले मेरी आमाले मानेको धर्मबाट “उम्कन” घर छोडेर भाग्न कर गर्नुभयो। उहाँले मलाई बासको प्रबन्ध मिलाइदिने कुरा पनि बताउनुभयो। तर मैले उहाँलाई यस्तो जवाफ दिएँ: “म आफ्नो विश्‍वासलाई कहिल्यै पनि त्याग्ने छैन। अनि जहाँसम्म घर छोड्‌ने कुरा छ आफू अझै बढी आत्मनिर्भर नभएसम्म म त्यसो गर्दिनँ।”

मेरी शिक्षिकाले त्यसो भनेको केही समयपछि नै मैले यहोवाको साक्षीको रूपमा बप्तिस्मा गरें। दुई वर्षपछि, म एउटा सानो अपार्टमेन्टमा सरें। म यहाँ अति नै खुसी छु किनकि मैले यहाँ आफूलाई चाहिने मदत र स्वतन्त्रता पाएकी छु।

नचिताएको प्रस्ताव

वर्षहरू बित्दै जाँदा मैले विश्‍वासका अरू परीक्षाहरू पनि सामना गर्नुपऱ्‍यो। एक दिन मेरो स्कूलको साथीले मलाई विवाहको प्रस्ताव राख्दा म तीन छक परे। ऊ पनि म जस्तै अशक्‍त थियो। सुरुमा त म फुरुङ्‌ङ परें। अरू थुप्रै केटीहरूको जस्तै आफ्नो पनि जीवनसाथी भएको म चाहन्थें। तर दुवै जना अशक्‍त हुँदैमा वैवाहिक जीवन सुखमय हुन्छ भन्‍ने कुनै ग्यारेन्टी छैन। अनि त्यो केटो यहोवाको साक्षी पनि थिएन। हाम्रो विश्‍वास, काम अनि लक्ष्य बिलकुलै फरक थियो। त्यसकारण हामी दुई जना कसरी एकसाथ जीवन बिताउन सक्थ्यौं र? आफ्नो जस्तै विश्‍वास भएको व्यक्‍तिसँग मात्र विवाह गर्न परमेश्‍वरले दिनुभएको स्पष्ट सल्लाह पालन गर्न म दृढ थिएँ। (१ कोरि. ७:३९) त्यसकारण मैले उक्‍त केटोलाई दयालुपूर्वक उसको प्रस्ताव स्वीकार्न सक्दिनँ भनेर बताएँ।

त्यतिबेला आफूले गरेको निर्णय सही थियो भन्‍ने कुरामा म अहिले पनि पक्का छु। अनि यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा खुसी हुनेछु भन्‍ने कुरामा मलाई कुनै शंका छैन। (भज. १४५:१६; २ पत्रु. ३:१३) त्यतिन्जेल यहोवाप्रति वफादार रहन अनि अहिलेको आफ्नो अवस्थाप्रति सन्तुष्ट हुन म कटिबद्ध छु।

म आफ्नो ह्वीलचेयरबाट जुरुक्क उठेर मृगजस्तै उफ्रने समयको तीव्र प्रतीक्षामा छु। त्यतिबेला म यसो भन्दै कराउनेछु: “म पहिले अशक्‍त थिएँ तर अहिले भने सधैंको लागि स्वस्थ भएकी छु!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने