प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ४/१ pp. ८-९
  • प्राकृतिक प्रकोप हुनेछैन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्राकृतिक प्रकोप हुनेछैन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंले के गर्नुपर्छ?
  • किन यतिबिघ्न प्राकृतिक प्रकोप?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • प्राकृतिक प्रकोप भगवान्‌ निर्दयी हुन्‌ भन्‍ने प्रमाण हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • अब उप्रान्त मौसमी विपत्तिहरू हुनेछैनन्‌!
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ४/१ pp. ८-९

प्राकृतिक प्रकोप हुनेछैन!

यदि कसैले “अब चाँडै प्राकृतिक प्रकोप कहिल्यै नहुने समय आउँदै छ” भनेर बतायो भने तपाईंलाई कस्तो लाग्ला? तपाईं भन्‍नुहोला, “तिमी सपना देख्दै छौ कि क्या हो। यो त असम्भव हो। प्राकृतिक प्रकोप भन्‍ने कुरा त सधैं भइरहन्छ नि।” अथवा तपाईं मनमनै भन्‍नुहोला, ‘कस्तो वाहियात कुरा, कसलाई मूर्ख बनाउन खोजेको?’

प्राकृतिक प्रकोप सधैं भइरहने कुराजस्तो लागे तापनि यस्ता प्रकोप अब हुनेछैनन्‌ भनेर आशा गर्न सकिने ठोस आधार छ। तर यस्तो परिवर्तन कुनै मानिसको प्रयासबाट आउँदैन। मानिसले प्रकृतिमा भइरहेका कुराहरू किन र कसरी हुन्छ भनेर त राम्ररी बुझ्न सकेका छैनन्‌ भने विपत्ति नियन्त्रण गर्ने वा कुनै परिवर्तन गर्ने कुरा त परै जाओस्‌। कामकुरा गहिरिएर नियाल्न सक्ने भनेर चिनिएका प्राचीन इस्राएलका बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “सूर्यमुनि के हुँदछ, सो कसैले बुझ्न सक्दैन। मानिसले यसलाई खोज्ने सारा प्रयत्न गरे तापनि यी कुराको अर्थ पहिल्याउन सक्दैन। यदि कुनै बुद्धिमान्‌ मानिसले म जान्दछु भनी दाबी गर्छ भने पनि यथार्थमा त्यसले जानेको हुँदैन।”—उपदेशक ८:१७, NRV.

यदि मानिसले प्राकृतिक प्रकोप नियन्त्रण गर्न सक्दैन भने कसले सक्छ त? हाम्रो सृष्टिकर्ताले सक्नुहुन्छ भनेर बाइबल बताउँछ। जलचक्रजस्ता पृथ्वीको पर्यावरणीय चक्र बनाउनुहुने उहाँ नै हुनुहुन्छ। (उपदेशक १:७) भगवान्‌ मानिसजस्तो हुनुहुन्‍न। उहाँसित अथाह शक्‍ति छ र आफूले चाहेको बेला जुनसुकै समयमा प्रयोग गर्न सक्नुहुन्छ। यस तथ्यलाई पुष्टि गर्दै भविष्यवक्‍ता यर्मियाले यसो भने: “हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्नो महाशक्‍ति र बाहुबलले आकाश र पृथ्वी सृष्टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम पनि कठिन छैन।” (यर्मिया ३२:१७) भगवान्‌ले पृथ्वी अनि यहाँ भएका सबै थोक सृष्टि गर्नुभयो। त्यसैले मानिस शान्तमय सुरक्षित वातावरणमा बस्नको लागि सृष्टिका सबै थोकलाई कसरी व्यवस्थित गर्ने, त्यो उहाँलाई राम्ररी थाह छ।—भजन ३७:११; ११५:१६.

उसोभए, भगवान्‌ले कसरी आवश्‍यक परिवर्तन गर्नुहुनेछ? अहिले भइरहेका भयावह विपत्तिहरू “यस युगको आखिरी समयको चिन्ह” हो भनेर यस शृङ्‌खलाबद्ध लेखमध्ये दोस्रोमा छलफल गरिएको कुरा तपाईंलाई याद होला। येशूले भन्‍नुभयो: “जब यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनेर जान।” (मत्ती २४:३; लूका २१:३१) परमेश्‍वरको राज्य अर्थात्‌ उहाँले स्वर्गमा स्थापना गर्नुभएको सरकारले पृथ्वीमा ठूलो परिवर्तन गर्नेछ, यहाँसम्म कि प्राकृतिक शक्‍तिलाई समेत आफ्नो वशमा राख्नेछ। यस्तो परिवर्तन यहोवा परमेश्‍वर आफैले गर्न सक्नुहुन्छ तर उहाँले यो कामको लागि आफ्नो छोरालाई रोज्नुभएको छ। यसबारे भविष्यवक्‍ता दानियलले यसो भने: “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो।”—दानियल ७:१४.

पृथ्वीलाई आनन्ददायी ठाउँमा परिवर्तन गर्न परमेश्‍वरको छोरा येशू ख्रीष्टलाई अधिकार दिइएको छ। दुई हजार वर्षअघि पृथ्वीमा छँदा येशूले प्राकृतिक शक्‍तिलाई वशमा राख्न सक्ने आफ्नो क्षमताको एउटा सानो नमुना देखाउनुभयो। एक चोटि उहाँ र उहाँका चेलाहरू गालील समुद्रमा डुङ्‌गामा यात्रा गर्दै गर्दा “ठूलो बतास चल्यो र छाल उर्लेर डुङ्‌गालाई हिर्काउन थाल्यो, यहाँसम्म कि डुङ्‌गा पानीले भरिन लाग्यो।” चेलाहरू असाध्यै डराए। आफ्नो ज्यानै जाने डरले तिनीहरूले येशूको मदत मागे। उहाँले के गर्नुभयो? उहाँले “बतासलाई हप्काउनुभयो अनि समुद्रलाई यसो भन्‍नुभयो: ‘चुप लाग्‌! शान्त भइजा!’ तब बतास थामियो अनि समुद्र पूरै शान्त भयो।” त्यसपछि चेलाहरू अचम्म मान्दै आपसमा यसो भन्‍न थाले: “यिनी साँच्चै को हुन्‌, किनकि बतास र समुद्रले समेत यिनको आज्ञा मान्छन्‌?”—मर्कूस ४:३७-४१.

येशू अदृश्‍य व्यक्‍तिको रूपमा स्वर्ग जानुभएपछि उहाँले अझ धेरै शक्‍ति र अख्तियार पाउनुभयो। परमेश्‍वरको राज्यको राजाको हैसियतमा मानिसलाई शान्ति र सुरक्षा दिने जिम्मेवारी उहाँको हो र त्यसको लागि आवश्‍यक व्यवस्था मिलाउन उहाँ सक्षम हुनुहुन्छ।

हामीले बुझिसक्यौं, धेरैजसो समस्या र विपत्तिको जड मानिस आफै हो र मानिसको स्वार्थी अनि लोभी मनोवृत्तिले गर्दा समस्या झनै विकराल भएको छ। खराब मार्गमा चलिरहने र परिवर्तन हुन नचाहनेहरूलाई परमेश्‍वरको राज्यले के गर्नेछ? बाइबल यसो भन्छ, “प्रभु येशू आफ्ना शक्‍तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट प्रकट हुनुहुँदा . . . उहाँ बल्दो आगोको साथ प्रकट हुनुहुनेछ र ज-जसले परमेश्‍वरलाई चिन्दैनन्‌ र ज-जसले हाम्रा प्रभु येशूसित सम्बन्धित सुसमाचार मान्दैनन्‌, तिनीहरूसित बदला लिनुहुनेछ।” हो, उहाँले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ।—२ थिस्सलोनिकी १:७, ८; प्रकाश ११:१८.

त्यसपछि “राजाहरूका महाराजा” येशू ख्रीष्टले प्राकृतिक शक्‍तिलाई पूरै आफ्नो वशमा राख्नुहुनेछ। (प्रकाश १९:१६) परमेश्‍वरको राज्यका प्रजाले कहिल्यै विपत्ति भोग्नु नपर्ने समय येशूले ल्याउनुहुनेछ। परमेश्‍वरले आफ्नो शक्‍ति प्रयोग गरेर वायुमण्डलमा रहेका विभिन्‍न तत्त्वलाई वशमा राख्नुहुनेछ अनि मानिसलाई कुनै हानि पुग्नेछैन। यहोवा परमेश्‍वरले आफ्ना जनलाई धेरै वर्षअघि गर्नुभएको यो प्रतिज्ञा पूरा हुनेछ: “म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमीनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्‌।” (लेवी २६:४) विपत्तिले गर्दा कुनै क्षति होला भन्‍ने डर नराखी मानिसहरूले घर बनाउन सक्नेछन्‌: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌।”—यशैया ६५:२१.

तपाईंले के गर्नुपर्छ?

अरू मानिसजस्तै तपाईं पनि कुनै विपत्ति नहुने संसारमा पक्कै बस्न चाहनुहुन्छ। तर त्यसको लागि तपाईंले के गर्नुपर्छ? “ज-जसले परमेश्‍वरलाई चिन्दैनन्‌ र ज-जसले हाम्रा प्रभु येशूसित सम्बन्धित सुसमाचार मान्दैनन्‌,” तिनीहरू विपत्तिमुक्‍त संसारमा बस्न योग्य हुनेछैनन्‌। त्यसैले कुरा स्पष्ट छ, तपाईंले परमेश्‍वर र पृथ्वीमाथि शासन गर्ने उहाँको राज्यलाई अहिल्यै समर्थन गर्नुपर्छ। हामीले यहोवालाई चिनेको र आफ्नो छोरामार्फत स्थापना गर्नुहुने राज्यसित सम्बन्धित सुसमाचारलाई स्वीकारेको उहाँ चाहनुहुन्छ।

यसो गर्ने सबैभन्दा राम्रो तरिका ध्यान दिएर बाइबलको अध्ययन गर्नु हो। यसो गर्नुमा परमेश्‍वरको राज्यअन्तर्गत शान्तिमय वातावरणमा बस्न योग्य हुन विभिन्‍न निर्देशन पालन गर्नु समावेश छ। बाइबलको शिक्षा लिन यहोवाका साक्षीहरूको मदत लिनुभए कसो होला? तपाईंलाई मदत गर्न तिनीहरू खुसी हुनेछन्‌। एउटा कुरा निश्‍चित छ, यदि तपाईंले परमेश्‍वरलाई चिन्‍न र राज्यसित सम्बन्धित सुसमाचार मान्‍न अथक प्रयास गर्नुभयो भने हितोपदेश १:३३ का यी शब्दहरू तपाईंको जीवनमा सही साबित हुनेछन्‌: “जसले मेरा वचन सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्‌।” (w11-E 12/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने