प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१५ पृ. ३२
  • “बालकहरूको मुखबाट” हौसला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “बालकहरूको मुखबाट” हौसला
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—रूस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • वर्षौं लामो कानुनी लडाइँपछिको जित!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • साना केटाकेटीलाई यहोवाको सङ्‌गठनसँग परिचित हुन मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१५ पृ. ३२

“बालकहरूको मुखबाट” हौसला

डिसेम्बर २००९ मा रूसी सर्वोच्च अदालतले एउटा फैसला गऱ्‍यो। त्यस फैसलाले गर्दा रूसको टागान्रोगमा भएको यहोवाका साक्षीहरूको धार्मिक सङ्‌गठनमा प्रतिबन्ध लाग्यो, राज्यभवन जफत भयो अनि हाम्रा ३४ वटा प्रकाशनलाई अतिवादीको सूचीमा राखियो। यससम्बन्धी रिपोर्ट र उक्‍त घटनासित सम्बन्धित साक्षीहरूलगायत साना केटाकेटीको तस्विर यहोवाका साक्षीहरूको आधिकारिक वेब साइटमा राखियो।

केही महिनापछि रूसका यहोवाका साक्षीहरूको प्रशासनिक केन्द्रले एउटा चिठी र एउटा पार्सल प्राप्त गऱ्‍यो। रूसी अदालतले गरेको उक्‍त फैसला वेब साइटमा हेरेपछि अस्ट्रेलियाको क्वीन्सल्यान्डमा बस्ने साक्षी परिवारले त्यो सामान पठाएको थियो। चिठीमा यस्तो लेखिएको थियो: “प्रिय भाइहरू, रूसका साक्षीहरूले देखाएको विश्‍वास र उनीहरूले भोगेको परीक्षाले हाम्रो छोरा कडी र छोरी लारिसाको मन छोयो। तिनीहरूले कार्ड र चिठी लेखेका छन्‌। अनि हामीले टागान्रोगमा भएका केटाकेटीका लागि स-साना उपहार पठाएका छौं। टाढा देशमा बस्ने अरू केटाकेटीले पनि वफादार भएर यहोवाको सेवा गरिरहेका छन्‌ र उनीहरूलाई सम्झिरहेका छन्‌ भनेर थाह दिन यी सरसामानका साथै चिठी पठाएका छौं। तिनीहरूले न्यानो माया र शुभकामना पनि पठाएका छन्‌।”

ती उपहारहरू पाएपछि टागान्रोगमा भएका केटाकेटीले अस्ट्रेलियाको त्यस परिवारलाई चित्र कोरेर धन्यवादका चिठीहरू लेखे। “बालकहरूको मुखबाट” हौसलाका शब्दहरू निस्केको देखेर रूसको शाखा कार्यालयमा सेवा गरिरहेका एक जना भाइको मन छोयो र तिनले कडी र लारिसालाई यस्तो चिठी लेखे: “आफूले केही नगर्दा पनि सजाय पाउँदा केटाकेटी र वयस्क दुवैलाई साह्रै नमज्जा लाग्छ। टागान्रोगमा भएका हाम्रा भाइबहिनीहरूले केही गल्ती गरेका थिएनन्‌, तैपनि तिनीहरूको राज्यभवन जफत गरियो। यसले तिनीहरूलाई असाध्यै दुःखित बनाएको छ। धेरै टाढाबाट पनि कसैले तिनीहरूलाई सम्झिरहेको छ भनेर थाह पाउँदा तिनीहरूले ठूलो हौसला पाउनेछन्‌। तपाईंहरूले देखाउनुभएको प्रेम र दयाको लागि धेरै-धेरै धन्यवाद!”—भज. ८:२.

हामी अन्तरराष्ट्रिय परिवारको भाग हौं। हामीले एकअर्कालाई देखाउने प्रेमले जीवनमा आइपर्ने परीक्षा तथा कठिनाइ सहन हामी सबैलाई मदत गर्छ। यहोवाका साक्षीहरू अरूलाई घृणा गर्न उक्साउँछन्‌ भनेर अदालतमा बहस चल्ने गर्छ। तर भिन्‍नाभिन्‍नै देश र संस्कृतिका हाम्रा केटाकेटीहरूले एकअर्काप्रति प्रेम र चासो देखाएका छन्‌। यसले येशूका यी शब्दहरूको सत्यतालाई प्रमाणित गर्छ: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—यूह. १३:३५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने