प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ४/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • के दियाबललाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • शैतानको विरोध गर र त्यो भाग्नेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ४/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

दियाबल कसरी अस्तित्वमा आयो?

परमेश्‍वरले दियाबल सृष्टि गर्नुभएको होइन। बरु उहाँले स्वर्गदूत सृष्टि गर्नुभएको थियो जो पछि गएर दियाबल बन्यो र त्यसलाई सैतान पनि भनिन्छ। सुरु-सुरुमा दियाबल झुट नबोल्ने र निर्दोष थियो भनेर येशूले सङ्‌केत गर्नुभयो। दियाबल बन्‍नुअघि त्यो स्वर्गदूत परमेश्‍वरको असल छोरा थियो।—यूहन्‍ना ८:४४ पढ्‌नुहोस्‌।

स्वर्गदूत कसरी दियाबल बन्यो?

पछि दियाबल बनेको स्वर्गदूतले परमेश्‍वरको विरोध गऱ्‍यो र यस विद्रोहमा साथ दिन प्रथम मानव जोडीलाई भड्‌कायो। यसरी त्यसले आफूलाई सैतान बनायो जसको अर्थ हो “विरोधी।”—उत्पत्ति ३:१-५; प्रकाश १२:९ पढ्‌नुहोस्‌।

परमेश्‍वरले सृष्टि गर्नुभएका अरू बौद्धिक प्राणीले जस्तै पछि दियाबल बनेको स्वर्गदूतले पनि राम्रो या नराम्रो काम गर्ने छनौट गर्न सक्थ्यो। तर त्यसले आफूलाई उपासना गरोस्‌ भन्‍ने चाह गऱ्‍यो। परमेश्‍वरलाई खुसी पार्नुभन्दा त्यसले आफ्नै महिमा खोज्यो।—मत्ती ४:८, ९; याकूब १:१३, १४ पढ्‌नुहोस्‌।

दियाबलले कसरी मानिसहरूलाई भड्‌काइरहेको छ? के हामी त्योसित डराउनुपर्छ? यी प्रश्‍नहरूको जवाफ तपाईं बाइबलमा पाउन सक्नुहुन्छ। (w13-E 02/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने