प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ४/१ p. ३
  • मोशा को थिए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोशा को थिए
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • बलिरहेको झाडी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मोशा किन भाग्यो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • बलिरहेको पोथ्रो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ४/१ p. ३

आवरण लेख: मोशाबाट के सिक्न सक्छौं?

मोशा को थिए?

मोशा नाम सुन्‍नेबित्तिकै तपाईंको दिमागमा कस्तो चित्र आउँछ?

a बाइबलले परमेश्‍वरको नाम यहोवा हो भनेर बताउँछ।

  • एउटी आमाले टोकरीमा राखेर नील नदीमा लुकाएको दूधे बालक।

  • पुरातन इजिप्टमा राजाको दरबारमा हुर्के तापनि आफू इस्राएली हुँ भनेर कहिल्यै नबिर्सेको केटो।

  • मिद्यानमा ४० वर्षसम्म गोठालो जीवन बिताएका मानिस।

  • जलिरहेको पोथ्रासामु यहोवाa परमेश्‍वरसित कुराकानी गरेको मानिस।

  • इस्राएलीहरूलाई दासत्वबाट मुक्‍त गराउन पुरातन इजिप्टको राजासामु साहसी भई खडा भएको मानिस।

  • राजाले साँचो परमेश्‍वरलाई इन्कार गर्दा परमेश्‍वरको निर्देशनबमोजिम पुरातन इजिप्टमा दस विपत्तिको घोषणा गरेको मानिस।

  • पुरातन इजिप्टबाट मुक्‍त भएका इस्राएलीहरूलाई डोऱ्‍याएका मानिस।

  • लाल समुद्रलाई दुई भाग पारेको मानिस।

  • परमेश्‍वरको दस आज्ञा इस्राएलीहरूलाई दिएको मानिस।

मोशाले यहाँ उल्लेख गरिएका बाहेक थुप्रै कुरा अनुभव गरे। त्यसैले ख्रीष्टियन, यहूदी अनि मुस्लिमले विश्‍वासी मोशाको गहिरो आदर गर्छन्‌।

मोशा “महान्‌ र भयानक कामहरू” गर्ने भविष्यवक्‍ता थिए। (व्यवस्था ३४:१०-१२) मोशा साधारण मानिस थिए। तर परमेश्‍वरले शक्‍तिशाली कामहरू गर्न अह्राउनु हुँदा तिनले ती स्वीकारे। अरू भविष्यवक्‍ताहरूजस्तै मोशा पनि “हामीजस्तै मानिस नै थिए।” (याकूब ५:१७) हामीले भोग्ने थुप्रै समस्या मोशाले पनि भोगे र तिनले त्यो सफलतापूर्वक सामना गरे।

तिनी कसरी सफल हुन सके, के तपाईं जान्‍न चाहनुहुन्छ? मोशाले देखाएका तीनवटा राम्रा गुण अनि तिनको उदाहरणबाट हामीले सिक्ने पाठबारे विचार गरौं। (w13-E 02/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने