प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१ pp. १२-१३
  • एक जना डाँकुबाट कस्तो पाठ सिक्न सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक जना डाँकुबाट कस्तो पाठ सिक्न सक्छौं?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • “तिमी मसित प्रमोदवनमा हुनेछौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?
    महान्‌ शिक्षकबाट सिकौं
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • परमेश्‍वरले पृथ्वी किन सृष्टि गर्नुभयो?
    परमेश्‍वरबाट आएको सुसमाचार!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१ pp. १२-१३

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌

एक जना डाँकुबाट कस्तो पाठ सिक्न सक्छौं?

यहाँ चित्रमा देखाइएको डाँकुबाट हामी राम्रो पाठ सिक्न सक्छौं। यो डाँकु आफूले नराम्रो काम गरेकोमा दुःखी छ। उसले येशूलाई भन्छ: “तपाईं राजा बन्‍नुभएपछि मलाई सम्झनुहोस्‌।” यो चित्र हेर त, येशू त्यही डाँकुसित कुरा गर्दै हुनुहुन्छ। येशू उसलाई के भन्दै हुनुहुन्छ, तिमीलाई थाह छ?—a येशू उसलाई यस्तो भन्दै हुनुहुन्छ: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”

येशूले भन्‍नुभएको त्यो प्रमोदवन कस्तो थियो?— यसको सही जवाफ पाउन परमेश्‍वरले हाम्रो सुरुको आमाबाबु आदम र हव्वाको लागि बनाउनुभएको प्रमोदवन कस्तो थियो, त्यो बुझौं। त्यो प्रमोदवन कहाँ थियो? स्वर्गमा कि पृथ्वीमा?—

‘पृथ्वीमा’ भन्छौ भने ठीक हो। त्यो डाँकु “प्रमोदवनमा” हुनेछ भन्‍नुको मतलब ऊ यसै पृथ्वीमा बाँच्नेछ। त्यो प्रमोदवन कस्तो हुनेछ?— अब बुझौं।

यहोवा परमेश्‍वरले सुरुमा आदम र हव्वा सृष्टि गरेपछि उनीहरूलाई प्रमोदवनमा राख्नुभयो भनी बाइबल बताउँछ। त्यो प्रमोदवन “अदनको बगैंचा” थियो। “अदनको बगैंचा” कस्तो थियो होला, तिमी कल्पना गर्न सक्छौ?— त्यो जस्तो राम्रो र सुन्दर ठाउँ त मानिसले कतै पनि देखेको छैन होला!

तिमीलाई कस्तो लाग्छ? आफूले नराम्रो काम गरेकोमा दुःखी भएका त्यस डाँकुसित के येशू पनि यसै पृथ्वीमा हुनुहुनेछ?— अहँ हुनुहुनेछैन। उहाँ त स्वर्गमा राजा हुनुहुनेछ र पृथ्वीमाथि शासन गर्नुहुनेछ। येशूले त्यस डाकुँलाई “तिमी मसित प्रमोदवनमा हुनेछौ” भन्‍नुको अर्थ के हो? उहाँले उसलाई फेरि जीवित पार्नुहुनेछ र ऊ यसै पृथ्वीमा बाँच्नेछ। तर त्यस्तो नराम्रो काम गर्ने डाँकुलाई येशूले किन प्रमोदवनमा बस्न दिनुहुनेछ?— अब यसबारे पनि कुरा गरौं।

हुन त त्यस डाँकुले धेरै नराम्रो काम गऱ्‍यो। तर अरू थुप्रैले पनि नराम्रो काम गरेका छन्‌। किन? किनभने तिनीहरूमध्ये धेरैजसोलाई यहोवा परमेश्‍वर कस्तो हुनुहुन्छ र उहाँलाई खुसी बनाउन के गर्नुपर्छ भनेर थाहै छैन।

यो पृथ्वी प्रमोदवन भएपछि यिनीहरूजस्ता थुप्रै मानिस र येशूसँगै झुन्ड्याइएको डाँकु फेरि जीवित हुनेछन्‌। परमेश्‍वरलाई खुसी बनाउन के गर्नुपर्छ भनेर तिनीहरूले सिक्नेछन्‌। अनि तिनीहरूले यहोवालाई माया गरेको देखाउन सक्नेछन्‌।

यहोवालाई माया गरेको तिनीहरूले कसरी देखाउन सक्छन्‌, तिमीलाई थाह छ?— उहाँले भनेको मानेर। यहोवालाई र एकअर्कालाई माया गर्ने मानिसहरूसित प्रमोदवनमा सधैंभरि जीवन बिताउन पाउँदा कस्तो रमाइलो हुनेछ! (w13-E 06/01)

आफ्नो बाइबलमा पढ

  • लूका २३:३२-४३

  • उत्पत्ति २:७-९

  • प्रकाश २१:३-५

a केटाकेटीसँगै बसेर तपाईं यो लेख पढ्‌दै हुनुहुन्छ भने धर्सोले एकछिन रोकिन र बच्चालाई आफ्नो कुरा बताउने प्रोत्साहन दिन सम्झाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने