प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१५ p. २६
  • परिचालक निकायको नयाँ सदस्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको नयाँ सदस्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • परिचालक निकायका नयाँ सदस्यहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • परिचालक निकायका नयाँ सदस्यहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परिचालक निकायको नयाँ सदस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • ऐतिहासिक सभा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१५ p. २६

परिचालक निकायको नयाँ सदस्य

सेप्टेम्बर ५, २०१२ बुधबार बिहान संयुक्‍त राज्य अमेरिका र क्यानाडा बेथेल परिवारलाई यहोवाका साक्षीहरूको परिचालक निकायमा एक जना सदस्य थपिएको घोषणा सुनाइयो। सेप्टेम्बर १, २०१२ देखि लागू हुने गरी मार्क स्यान्डर्सनले यो जिम्मेवारी सम्हाल्न थाल्नुभयो।

भाइ स्यान्डर्सनलाई उहाँका ख्रीष्टियन आमाबाबुले अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगोमा हुर्काउनुभयो र उहाँले फेब्रुअरी ९, १९७५ मा बप्तिस्मा गर्नुभयो। उहाँले सेप्टेम्बर १, १९८३ देखि क्यानाडाको सस्काचवानमा अग्रगामी सेवा सुरु गर्नुभयो। डिसेम्बर १९९० मा उहाँले संयुक्‍त राज्य अमेरिकामा मिनिस्टेरियल ट्रेनिङ स्कूलको (अहिले अविवाहित भाइहरूका लागि बाइबल स्कूल भनिन्छ) सातौं कक्षाबाट स्नातक गर्नुभयो। भाइ स्यान्डर्सनलाई अप्रिल १९९१ मा क्यानाडाको न्युफाउन्डल्याण्डमा विशेष अग्रगामी सेवकको रूपमा नियुक्‍त गरियो। कार्यवाहक क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरेपछि उहाँलाई फेब्रुअरी १९९७ मा क्यानाडाको बेथेलमा सेवा गर्न निम्तो दिइयो। नोभेम्बर २००० मा उहाँलाई संयुक्‍त राज्य अमेरिकाको बेथेलमा सरुवा गरियो। त्यहाँ उहाँले अस्पताल सूचना सेवामा र पछि सेवा विभागमा काम गर्नुभयो।

सेप्टेम्बर २००८ मा भाइ स्यान्डर्सन शाखा समितिका सदस्यका लागि स्कूलमा सहभागी हुनुभयो र त्यसपछि फिलिपिन्समा शाखा समिति सदस्यको रूपमा नियुक्‍त हुनुभयो। सेप्टेम्बर २०१० मा उहाँलाई संयुक्‍त राज्य अमेरिकामा फिर्ता बोलाइयो र उहाँले परिचालक निकायको सेवा समितिमा सहायकको रूपमा सेवा गर्नुभयो।

परिचालक निकायका वर्तमान सदस्यहरू

पछाडिको पङ्‌क्‍तिमा, बायाँबाट दायाँतिर: डी. एच. स्प्लेन, ए. मोरिस्‌ तृतीय, डी. एम. स्यान्डर्सन, जी. डब्लू. ज्याक्सन, एम. एस. लेट्‌। अगाडिको पङ्‌क्‍तिमा, बायाँबाट दायाँतिर: एस. एफ. हर्ड, जी. लोश, जी. एच. पियर्स। परिचालक निकायका सबै सदस्य अभिषिक्‍त ख्रीष्टियन हुन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने