प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १२/१५ p. १६
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • टिमगाड—जमिनमुनि पुरिएको यस सहरको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • सिरियाक पेशिट्टा—बाइबल अनुवादको इतिहासबारे थाह पाउने एउटा माध्यम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १२/१५ p. १६

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

के ख्रीष्टियनहरूले मरेकाहरूलाई जलाउनु उचित हो?

मृत्यु भएपछि आफूलाई जलाउने कि गाड्‌ने, त्यो कुरा व्यक्‍तिविशेषले पहिल्यै निर्णय गर्न सक्छन्‌। हुन त यस विषयमा बाइबलले तोकेरै निर्देशन दिएको छैन। तैपनि राजा शाऊल र तिनका छोरा जोनाथनको लास जलाइएको र हड्डीहरूचाहिं गाडिएको विवरण बाइबलमा छ। (१ शमू. ३१:२, ८-१३)​—६/१५, पृष्ठ ७.

दुष्टता र दुःखकष्टको लागि यहोवालाई जिम्मेवार ठहराउन किन मिल्दैन?

यहोवा आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ। उहाँ न्यायी, विश्‍वासयोग्य र सत्य हुनुहुन्छ। उहाँ कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ। (व्यव. ३२:४; भज. १४५:१७; याकू. ५:११)—७/१, पृष्ठ ४.

आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नेहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ?

तिनीहरूले सामना गर्नुपर्ने तीनवटा चुनौती यसप्रकार छन्‌: (१) आफूलाई नयाँ जीवनशैलीमा ढाल्नुपर्ने हुन्छ, (२) परिवारको न्यास्रो लाग्छ र (३) स्थानीय दाजुभाइ दिदीबहिनीसित घुलमिल हुन गाह्रो हुन्छ। यस्ता चुनौतीहरू पार गरेका थुप्रैले प्रशस्तै आशिष्‌ पाएका छन्‌।—७/१५, पृष्ठ ४-५.

यूसुफका दाइहरूले उनलाई किन घृणा गरे?

एउटा कारण हो, याकूबले यूसुफलाई धेरै माया गर्थे। तिनले यूसुफलाई विशेष किसिमको लुगा पनि दिएका थिए। यूसुफका दाइहरूले उनको डाह गरे र उनलाई दासको रूपमा बेचिदिए।—८/१, पृष्ठ १०-१३.

नयाँ पर्चाहरू किन प्रभावकारी र चलाउन सजिलो छ?

नयाँ पर्चाहरूको विषय फरक-फरक भए पनि बनौट एउटै छ। प्रत्येक पर्चाको बाहिरपट्टि प्रश्‍न राखिएको छ र भित्रपट्टि त्यस प्रश्‍नको जवाफ दिने एउटा शास्त्रपद राखिएको छ। हामी घरधनीलाई त्यो प्रश्‍न देखाउन सक्छौं। घरधनीले जुनसुकै जवाफ रोजे पनि पर्चाको भित्रपट्टि पल्टाउन सक्छौं र त्यस प्रश्‍नबारे बाइबलले के भन्छ, देखाउन सक्छौं। हामी पुनःभेटमा छलफल गर्न सकिने प्रश्‍न पनि देखाउन सक्छौं।—८/१५, पृष्ठ १२-१४.

सिरियाक पेशिट्टा भनेको के हो?

सिरियाक अरामी भाषाको उपभाषा हो। यो भाषा दोस्रो वा तेस्रो शताब्दीमा अझ धेरै प्रयोग हुन थाल्यो। ख्रीष्टियन ग्रीक धर्मशास्त्रका केही किताबहरू सबैभन्दा पहिला सिरियाक भाषामा अनुवाद भएका थिए जस्तो देखिन्छ। सिरियाक भाषाको बाइबललाई पछि पेशिट्टा भन्‍ने नाम दिइयो।—९/१, पृष्ठ १३-१४.

छोराछोरीलाई गोठालोले जस्तै हेरचाह गर्न आमाबुबाले के गर्न सक्छन्‌?

छोराछोरीलाई राम्ररी चिन्‍न उनीहरूको कुरा सुन्‍नु एकदमै महत्त्वपूर्ण छ। उनीहरूलाई आध्यात्मिक रूपमा राम्ररी खुवाउनुपर्छ। छोराछोरीले बाइबलको शिक्षामा शङ्‌का गर्दा उनीहरूलाई राम्ररी डोऱ्‍याउनुपर्छ।—९/१५, पृष्ठ १८-२१.

परमेश्‍वरको राज्यमा के-कस्ता कुराहरू हुनेछैनन्‌?

परमेश्‍वरको राज्यमा स्वास्थ्य समस्या, मृत्यु, बेरोजगारी, युद्ध, खानाको अभाव र गरिबी हुनेछैनन्‌।—१०/१, पृष्ठ ६-७.

कुन करारले गर्दा अरूले पनि स्वर्गमा येशूसित शासन गर्न सम्भव भयो?

अन्तिम निस्तार चाड मनाएपछि येशूले आफ्ना विश्‍वासी चेलाहरूसित एउटा करार बाँध्नुभयो। त्यसलाई राज्य करार भनिन्छ। (लूका २२:२८-३०) प्रेषितहरूले स्वर्गमा येशूसित शासन गर्नेछन्‌ भन्‍ने ग्यारेन्टी यस करारले दियो।—१०/१५, पृष्ठ १६-१७.

सैतान वास्तविक व्यक्‍ति हो भनेर प्रमाणित गर्ने दुइटा उदाहरण दिनुहोस्‌।

येशूलाई प्रलोभनमा पार्न सैतानले उहाँसित कुरा गरेको विवरण बाइबलमा पाइन्छ। साथै अय्यूबको समयमा पनि सैतानले परमेश्‍वरसित कुरा गरेको थियो। यी विवरणहरूले सैतान वास्तविक व्यक्‍ति हो भनेर प्रमाणित गर्छ।—११/१, पृष्ठ ४-५.

प्रेषित १५:१४ मा याकूबले उल्लेख गरेका ‘परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू’ को थिए?

तिनीहरू यहूदी र धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू थिए। तिनीहरू आफूलाई अन्धकारबाट बोलाउने परमेश्‍वर यहोवाका ‘असल गुणहरूबारे चारैतिर घोषणा गर्न’ चुनिएका जाति थिए। (१ पत्रु. २:९, १०)—११/१५, पृष्ठ २४-२५.

टिमगाड कहाँ अवस्थित थियो र त्यहाँका केही मानिसहरूको मनोवृत्ति कस्तो थियो?

टिमगाड उत्तर अफ्रिकाको (हाल अल्जेरिया) एउटा ठूलो रोमी सहर थियो। त्यस सहरको उत्खनन गरिंदा फेला परेको एउटा शिलालेखमा यस्तो लेखिएको थियो: “शिकार, स्नान, हाँसखेल—जिन्दगीको मज्जा यसैमा छ!” यसले त्यहाँका केही मानिसहरूको मनोवृत्ति कस्तो थियो भनेर देखाउँछ। तिनीहरूको यस्तो मनोवृत्ति १ कोरिन्थी १५:३२ मा बताइएको कुरासित मिल्दोजुल्दो छ।—१२/१, पृष्ठ ८-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने