प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 २/१ pp. १०-११
  • बाइबलको स्पष्ट जवाफले मेरो चित्त बुझ्यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलको स्पष्ट जवाफले मेरो चित्त बुझ्यो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले मेरा प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दियो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • मेरो जीवन परिवर्तन गराउने तीनवटा प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 २/१ pp. १०-११
अरनेस्ट लोडी र तिनकी पत्नी रोज एक महिलालाई बाइबल सत्य बताउँदै

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलको स्पष्ट जवाफले मेरो चित्त बुझ्यो

अरनेस्ट लोडीको वृत्तान्तमा आधारित

  • जन्म मिति १९४८

  • जन्म स्थान हंगेरी

  • पृष्ठभूमि जीवनका महत्त्वपूर्ण प्रश्‍नको जवाफको खोजी गर्ने व्यक्‍ति

अरनेस्ट लोडी जवान छँदा

मेरो विगत:

म हंगेरीको जेकेसफेहेरभार सहरमा जन्में। यो सहरको इतिहास १,००० वर्षभन्दा लामो छ। तर दुःखको कुरा दोस्रो विश्‍व युद्धले त्यहाँ ल्याएको विध्वंसलाई मैले अझै बिर्सन सकेको छैन।

सानो छँदा मलाई बाजेबज्यैले हुर्काउनुभयो। उहाँहरूलाई अझै झलझली सम्झन्छु, खासगरि बज्यैलाई। उहाँले मलाई ईश्‍वरमाथि आस्था राख्न सिकाउनुभयो। तीन वर्षको छँदा नै हरेक साँझ उहाँले गर्नुभएको प्रार्थना दोहोऱ्‍याउथें। यस प्रार्थनालाई प्रभुको प्रार्थना पनि भनिन्छ। तर यसको अर्थ झन्डै ३० वर्ष पुग्दा मात्र मैले बुझ्न सकें।

केही पैसा जोगाएर घर किन्‍ने आमाबुबाको इच्छा भएकोले उहाँहरू दिनरात काम गर्नुहुन्थ्यो। त्यसैले मेरो हेरचाह बाजेबज्यैले गर्नुभयो। तर हरेक दोस्रो शनिबार हामी सबै एक ठाउँमा भेला भएर खाना खान्थ्यौं। उहाँहरूसँग बिताएका ती क्षणहरू मेरो लागि अत्यन्तै अनमोल छन्‌।

सन्‌ १९५८ मा आमाबुबाको घर किन्‍ने सपना पूरा भयो। आमाबुबासँग बस्न पाएकोमा म निकै खुसी थिएँ। तर त्यो खुसी धेरै दिन रहेन। किनभने घर किनेको ६ महिनापछि क्यान्सरले गर्दा बुबाको मृत्यु भयो।

म शोकमा डुब्न थालें। मैले यसरी प्रार्थना गरेको अझै याद छ: “हे ईश्‍वर, बुबालाई बचाउनुहोस्‌ भनेर मैले तपाईंसँग बिन्ती गरेको थिएँ। मलाई बुबा चाहिन्छ। तपाईंले किन मेरो प्रार्थना सुन्‍नुभएन?” बुबा कहाँ जानुभयो होला भनेर म जान्‍न चाहन्थें। ‘के उहाँ स्वर्ग जानुभयो? के उहाँ कहीं पनि हुनुहुन्‍न?’ यस्ता प्रश्‍नहरूबारे म सोचिरहन्थें। बुबा भएका अरू बच्चाहरूलाई देख्दा मलाई ईर्ष्या लाग्थ्यो।

वर्षौंसम्म हरेक दिनजसो म बुबाको चिहानमा जान्थें र त्यहाँ घुँडा टेकेर यसरी प्रार्थना गर्थे: “हे ईश्‍वर म जान्‍न चाहन्छु, बुबा अहिले कहाँ हुनुहुन्छ?” साथै जीवनको अर्थ बुझ्न मदत गर्नुहोस्‌ भनेर पनि प्रार्थना गर्थें।

तेह्र वर्षको छँदा मैले जर्मन भाषा सिक्ने निधो गरें। किनभने जर्मन भाषामा लेखिएका प्रख्यात साहित्यहरूमा मेरा प्रश्‍नहरूको जवाफ पाउँछु कि जस्तो लाग्थ्यो। सन्‌ १९६७ मा त्यतिबेलाको पूर्वी जर्मनीको येना भन्‍ने सहरमा मैले पढाइ सुरु गरें। जर्मन दार्शनिकहरूका किताब मैले खुब मन लगाएर पढें, खासगरि मानव जीवनको अर्थको विषयमा। मैले केही रोचक कुराहरू फेला पारें तर चित्त बुझ्दो भने थिएन। त्यसैले जीवनका प्रश्‍नको जवाफ पाऊँ भनी प्रार्थना गरी नै रहें।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

सन्‌ १९७० मा म हंगेरी फर्कें र त्यहाँ रोजलाई भेटें, जो पछि मेरी श्रीमती भइन्‌। त्यतिबेला हंगेरीमा कम्युनिस्टहरूको शासन थियो। त्यसैले विवाह भएको केही समयपछि हामी अस्ट्रियातर्फ भाग्यौं। तर खासमा हाम्रो लक्ष्य त मामा बस्नुहुने सहर अस्ट्रेलियाको सिड्‌नीमा बसाइँ सर्ने थियो।

अस्ट्रियामा मैले काम पाएँ। एक दिनको कुरा हो, काम गर्ने ठाउँको साथीले मेरा सबै प्रश्‍नको जवाफ बाइबलमा पाइन्छ भनेर बताए। बाइबलसम्बन्धी एक-दुईवटा किताबहरू पनि तिनले मलाई दिए। ती किताबहरू पाउने बित्तिकै पढिहालें। तर त्यतिले मात्र मेरो सिक्ने इच्छा पूरा भएन। म अझ धेरै सिक्न चाहन्थें। त्यसैले ती किताबका प्रकाशक यहोवाका साक्षीहरूलाई चिठी लेखेर अरू साहित्यहरू अनुरोध गरें।

हाम्रो विवाहको पहिलो वार्षिकीको दिनमा एक जवान अस्ट्रियन यहोवाका साक्षी हाम्रो घरमा आए। मैले मगाएका साहित्यहरू तिनले ल्याएका थिए। साथै तिनीसँगै बाइबल अध्ययन गरेर अझ धेरै सिक्न सकिने कुरा तिनले बताए। धेरै कुरा बुझ्ने इच्छा भएकोले हामीले हप्ताको दुई पटक बाइबल अध्ययन गर्थ्यौं। हरेक पटकको अध्ययन झन्डै चार घण्टा लामो हुन्थ्यो!

यहोवाका साक्षीहरूले बाइबलबाट सिकाएका कुराहरू बुझ्दै जाँदा म निकै खुसी भएँ। तिनीहरूले मेरै हंगेरी बाइबलमा परमेश्‍वरको नाम यहोवा देखाउँदा त छक्क परें! चर्च धाएको २७ वर्ष भए तापनि परमेश्‍वरको नाम लिइएको एकचोटि पनि सुनेको थिइनँ। बाइबलको स्पष्ट जवाफले मेरो चित्त बुझ्यो। उदाहरणको लागि, मृतकहरू गहिरो निद्रामा परेको जस्तै अचेत अवस्थामा छन्‌ भनेर सिकें। (उपदेशक ९:५, १०; यूहन्‍ना ११:११-१५) साथै बाइबलमा प्रतिज्ञा गरिएको नयाँ संसारमा कहिल्यै ‘मृत्यु नहुने’ अवस्था आउँदैछ भनेर पनि थाह पाएँ। (प्रकाश २१:३, ४) बुबासित फेरि भेट्‌ने आशा छ, किनभने नयाँ संसारमा मरेकाहरू “पुनर्जीवित हुनेछन्‌।”—प्रेषित २४:१५.

रोज पनि बाइबल अध्ययनमा सँगै बस्थिन्‌। हामीले छिट्टै उन्‍नति गऱ्‍यौं र दुई महिनामै अध्ययन सिध्यायौं। यहोवाका साक्षीहरूको प्रत्येक सभामा हामी उपस्थित हुन्थ्यौं। तिनीहरूको प्रेम, एकता र सहयोगी भाव देखेर हाम्रो मन छोयो।—यूहन्‍ना १३:३४, ३५.

सन्‌ १९७६ मा हामीले अस्ट्रेलिया जाने अनुमति पायौं। त्यहाँ पुग्ने बित्तिकै यहोवाका साक्षीहरूलाई खोज्यौं। तिनीहरूको मायाले गर्दा नयाँ परिस्थितिमा समेत हामीले सजिलो महसुस गऱ्‍यौं। सन्‌ १९७८ मा हामी पनि यहोवाका साक्षी भयौं।

अरनेस्ट लोडी अहिले

मैले कसरी लाभ उठाएको छु?

धेरै वर्षदेखि खोजिरहेका प्रश्‍नहरूको जवाफ मैले बल्ल भेट्टाएँ। यहोवा परमेश्‍वरसित नजिक भएकोले संसारकै सबैभन्दा असल बुबा पाएको मैले महसुस गरें। (याकूब ४:८) साथै नयाँ संसारमा आफ्नै बुबालाई फेरि भेट्‌ने आशामा म निकै खुसी छु।—यूहन्‍ना ५:२८, २९.

सन्‌ १९८९ मा हामीले हंगेरी फर्कने निर्णय गऱ्‍यौं। किनभने आफूले बाइबलबाट सिकेको सही ज्ञान साथीभाइ, परिवार अनि अन्य मानिसहरूलाई बताउन चाहन्थ्यौं। हामीले सयौं मानिसहरूलाई बाइबलको सही ज्ञान सिकाउने सुअवसर पाएका छौं। अहिले आमासहित ७० जनाभन्दा धेरैले हामीसितै यहोवाको सेवा गरिरहेका छन्‌।

जीवनका प्रश्‍नहरूको जवाफ पाउन मैले १७ वर्षसम्म प्रार्थना गरें। अर्को ३९ वर्ष बितिसक्यो र म अझै प्रार्थना गर्दै छु। तर अहिले म यस्तो भन्‍न सक्छु: “स्वर्गमा बस्नुहुने मायालु बुबा यहोवा, मैले सानो छँदा गरेका प्रार्थनाहरूको जवाफ दिनुभएकोमा धन्यवाद।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने