प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ५/१ p. ९
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • दानियल सिंहको खोरमा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • सिंह—अफ्रिकाको रवाफिला यालयुक्‍त बिरालाहरू
    ब्यूँझनुहोस्‌!—१९९९
  • बाबेलमा कैदी भएर गएको समयदेखि यरूशलेमको पर्खालको पुनर्निमाणसम्म
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • दानिएल सिंहको खोरमा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ५/१ p. ९

के तपाईंलाई थाह थियो?

पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका कुराले बाइबल विवरणलाई समर्थन गर्छ?

अश्‍शूरका राजा सर्गान दृतीयको मूर्ति

यशैया २०:१ मा उल्लेख गरिएको अश्‍शूरका राजा सर्गान दृतीय

बिब्लिकल आर्कियोलोजी रिभ्यू भन्‍ने अङ्‌ग्रेजी पत्रिकाको एउटा लेखमा बाइबलको हिब्रू धर्मशास्त्रमा उल्लेख गरिएका “कमसेकम ५०” जना व्यक्‍ति वास्तविक हुन्‌ भनेर पुरातत्त्वविद्‌हरूले पत्ता लगाएको कुरा उल्लेख छ। यी व्यक्‍तिमध्ये १४ जना यहूदा र इस्राएलका राजाहरू थिए। जसमा दाऊद र हिजकियाह जस्ता चिरपरिचित व्यक्‍तिहरू थिए भने मनहेम र पेकह जस्ता खासै चर्चामा नआएका व्यक्‍तिहरू पनि थिए। त्यस सूचीमा ५ जना मिश्रका फिरऊन र १९ जना अश्‍शूर, बेबिलोन, मोआब, फारसी र सिरियाका राजाहरू थिए। तर बाइबलमा दिइएका र पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका व्यक्‍तिहरू खाली राजाहरू मात्र थिएनन्‌। बरु महा-पुजारी, शास्त्री र अरू अफिसरहरू पनि थिए।

यी सबै व्यक्‍तिहरू वास्तविक थिए भन्‍ने कुरामा “विज्ञहरू सहमत हुने यथेष्ट आधार छन्‌” भनेर बिब्लिकल आर्कियोलोजी रिभ्यू-ले जनाएका छन्‌। बाइबलको ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा पनि थुप्रै ऐतिहासिक व्यक्‍तिबारे उल्लेख गरिएका छन्‌। यीमध्ये धेरैजसो व्यक्‍तिहरू वास्तविक हुन्‌ भनेर पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका छन्‌, जस्तै: हेरोद, पन्तियस पिलातस, टाइबेरियस, कैयाफा र सर्गियस पौलस।

बाइबलकालीन समयका देशहरूबाट कहिलेदेखि सिंह लोप भयो?

टल्किने इँटाबाट बनाइएको सिंहको चित्र

पुरातन बेबिलोनमा टल्किने इँटाबाट बनाइएको सिंहको चित्र

बाइबलमा लगभग १५० पटक सिंहको उल्लेख गरिएको पाइन्छ। तर अहिले भने बाइबलकालीन समयका देशहरूमा सिंह पाइँदैन। जस्तै: इस्राएलमा। त्यतिखेर बाइबल लेखकहरूको लागि सिंह नौलो जनावर थिएन। बाइबलमा प्रायजसो सिंहलाई प्रतीकात्मक रूपमा उल्लेख गरिएको भए तापनि केही विवरणहरूमा भने वास्तविक सिंहबारे चर्चा गरिएको छ। उदाहरणको लागि शिमशोन, दाऊद र बनायाहले सिंहलाई मारेको कुरा उल्लेख गरिएको छ। (न्यायकर्त्ता १४:५, ६; १ शमूएल १७:३४, ३५; २ शमूएल २३:२०) अरू कोही-कोहीलाई भने सिंहले मारेको विवरण पनि छ।—१ राजा १३:२४; २ राजा १७:२५.

पुरातन समयमा सिंह एसिया माइनर र ग्रीसदेखि प्यालेस्टाइन, सिरिया, मेसोपोटामिया र उत्तरपश्‍चिम भारतसम्म पाइन्थ्यो। मध्यपूर्वीय चित्रकलामा पनि सिंहको चित्र कोरिएको पाइन्छ। पुरातन बेबिलोनीहरूको उत्सव मनाउने बाटोको दायाँबायाँ भित्तामा टल्किने इँटाले सिंहका आकृतिहरू बनाइएको हुन्थ्यो।

इस्वी संवत्‌ १२ औं शताब्दीको अन्ततिर योद्धाहरूले प्यालेस्टाइनमा सिंहको सिकार गरेका थिए भनेर पनि अनुमान गरिएको पाइन्छ। तेह्रौं शताब्दीपछि मात्र सिंहहरू त्यस ठाउँबाट लोप भएको हुन सक्छ। तर १९ औं शताब्दीसम्म मेसोपोटामिया र सिरियामा साथै २० औं शताब्दीको सुरुसम्म इरान र इराकमा सिंहहरू पाइएको रिपोर्ट गरिएको थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने