प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ६/१५ p. ३२
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • ‘यहोवाको विषयमा सुनाउन’ जाति जातिहरूलाई तयार पारियो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • फोहोरको थुप्रोमा भेट्टाइएको बहुमूल्य रत्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यूसुफलाई जेलमा हालिन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ६/१५ p. ३२

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

के ख्रीष्टियनहरूले येशूलाई प्रार्थना गर्नुपर्छ?

अहँ, पर्दैन। येशू आफैले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ भनेर सिकाउनुभयो। उहाँले आफ्नो बुबालाई प्रार्थना गरेर हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभयो। (मत्ती ६:६-९; यूह. ११:४१; १६:२३) त्यसैगरि सुरु-सुरुका ख्रीष्टियनहरूले पनि परमेश्‍वरलाई नै प्रार्थना गरे, येशूलाई होइन। (प्रेषि. ४:२४, ३०; कल. १:३)—१/१, पृष्ठ १४.

स्मरणार्थ उत्सवको तयारी गर्न हामीले हरेक वर्ष के गर्नुपर्छ?

हामीले गर्न सक्ने एउटा कुरा भनेको यस उत्सवसित सम्बन्धित बाइबल विवरणहरू तालिकाअनुसार पढ्‌नु हो। स्मरणार्थको समयमा प्रचारकार्यमा धेरै भाग लिने प्रयास पनि गर्न सक्छौं। साथै परमेश्‍वरले दिनुभएको आशामा मनन गर्न सक्छौं।—१/१५, पृष्ठ १५-१६.

आफूले देखेको रनभुल्लमा पार्ने सपना यूसुफलाई बताएपछि दुई मिश्री कैदीले कस्तो अवस्था सामना गर्नुपऱ्‍यो?

फिरऊनका मुख्य पियाउनेलाई पहिलेकै ओहदा दिइनेछ भनेर यूसुफले बताए। तर मुख्य पकाउनेले देखेको सपनाको अर्थचाहिं उसलाई मृत्युदण्ड दिइनेथियो र रूखमा झुण्डाइनेथियो। यूसुफले खोलेको दुइटै सपनाको अर्थ साँचो साबित भयो। (उत्प. ४०:१-२२)—२/१, पृष्ठ १२-१४.

जापानका दाजुभाइ दिदीबहिनीहरूले आशै नगरेको कस्तो उपहार पाए?

उनीहरूले नयाँ संसार अनुवाद-बाट तयार पारिएको मत्तीको किताब पाए। प्रचारकार्यमा यो किताब मानिसहरूलाई दिइँदै छ। बाइबलको विषयमा केही थाह नभएका थुप्रै मानिसले यो किताब स्वीकारेका छन्‌।—२/१५, पृष्ठ ३.

प्रथम शताब्दीमा कस्ता परिस्थितिले गर्दा राज्यको सुसमाचार फैलाउन सम्भव भयो?

रोममा स्थिर शान्ति छाएकोले गर्दा त्यहाँ युद्धहरू त्यति भएको थिएन। बाटोघाटोको राम्रो सुविधा भएकोले चेलाहरूलाई यात्रा गर्न सजिलो थियो। ग्रीक भाषा जताततै बोलिने भएकोले प्रचार गर्न सजिलो थियो। रोमी साम्राज्यभरि फैलिएर बसेका यहूदीहरूलाई समेत प्रचार गर्न सकियो। साथै सुसमाचारको पक्षमा खडा हुन चेलाहरूले रोमी कानुनको मदत लिन सक्थे।—२/१५, पृष्ठ २०-२३.

साँचो ख्रीष्टियनहरू किन इस्टर मनाउँदैनन्‌?

येशूले आफ्ना अनुयायीहरूलाई उहाँको मृत्युको दिन सम्झन आज्ञा दिनुभयो, उहाँ पुनर्जीवित भएको दिन होइन। (लूका २२:१९, २०)—३/१, पृष्ठ ८.

बाइबलको कुनै विवरण, पात्र र वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर हालैका प्रकाशनहरूमा बताइएको पाइँदैन, किन?

बाइबलका केही पात्रहरूले कुनै व्यक्‍ति वा चीजलाई सङ्‌केत गर्छ भनेर बाइबलमा बताइएको छ। एउटा उदाहरण गलाती ४:२१-३१ मा पाइन्छ। तर सबै पात्रले कसै न कसैलाई सङ्‌केत गर्छ भन्‍ने निष्कर्षमा पुग्नु राम्रो होइन। तर बाइबलमा उल्लेख गरिएका व्यक्‍तिहरू अनि घटनाहरूबाट पाठ सिक्नुचाहिं राम्रो हो। (रोमी १५:४)—३/१५, पृष्ठ १७-१८.

इजिप्टमा फोहोरको थुप्रोमा भेट्टाइएको पपाइरसको टुक्रा हाम्रो लागि किन चासोको विषय हो?

करिब सय वर्षअघि यूहन्‍नाको किताबको केही अंश भएको पपाइरसको टुक्रा भेटिएको थियो। यो टुक्रा यूहन्‍नाले आफ्नो किताब लेखेको दसकौंपछिको हुन सक्छ। पपाइरसका टुक्रामा लेखिएका शब्दहरू हामीसित भएका बाइबलका शब्दहरूसित ठ्याक्कै मिल्छ। यसले बाइबल भरपर्दो छ भनेर देखाउँछ।—४/१, पृष्ठ १०-११.

आफूले गरेको गम्भीर गल्तीको लागि पश्‍चात्ताप नगर्नेलाई बहिष्कार गर्नु किन मायालु प्रबन्ध हो?

बहिष्कारजस्तो गम्भीर निर्णय गरिनुमा धर्मशास्त्रीय आधारहरू छन्‌। यसो गर्दा सबैको लाभ हुन्छ। (१ कोरि. ५:११-१३) बहिष्कारको प्रबन्धले परमेश्‍वरको नामको आदर हुन्छ, मण्डली पवित्र रहन्छ र गम्भीर पाप गर्ने व्यक्‍तिको होस खुल्न सक्छ।—४/१५, पृष्ठ २९-३०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने