प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जून pp. १६-१७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • “मानिसहरूको निधारमा चिन्ह लगाऊ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • के तपाईंलाई बचाउको चिन्ह लगाइनेछ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • १६ख सुस्केरा हाल्दै अफसोस गर्ने, चिन्ह लगाउने र फोर्ने काम—कहिले र कसरी?
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “तँमाथि अन्त आउनै लागेको छ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जून pp. १६-१७
आफ्ना स्वर्गीय सेनालाई निर्देशन दिंदै गरेका येशू

आधुनिक समयमा, मसीदानी भिर्ने मानिसले येशू ख्रीष्टलाई चित्रण गर्छ, जसले मानिसहरूलाई बच्नको लागि चिन्ह लगाउने काम गर्नुहुन्छ

पाठकहरूको प्रश्‍न

इजकिएलको दर्शनमा वर्णन गरिएको कम्मरमा सीङको मसीदानी भिर्ने मानिस र लाग्ने हतियार लिएको छ जना मानिसले कसलाई सङ्‌केत गर्छ?

तिनीहरूले यरूशलेमको विनाशमा संलग्न भएका र आरमागेडोनमा सैतानको दुष्ट संसार विनाश गर्नको लागि संलग्न हुने स्वर्गीय शक्‍तिलाई चित्रण गर्छ। यो नयाँ बुझाइमा विश्‍वास गर्ने कस्तो आधार छ?

ईसापूर्व ६०७ मा यरूशलेमको विनाश हुनुअघि धर्मत्यागी यरूशलेमभित्र दुष्ट कुराहरू भइरहेको एउटा दर्शन इजकिएलले देख्छन्‌। त्यसपछि विनाश हुनुअघि के-कस्ता घटना घट्‌छन्‌, त्यो पनि देख्छन्‌। त्यस दर्शनमा तिनले लाग्ने हतियार लिएका छ जना मानिस देख्छन्‌। साथै, तिनीहरूमाझ “मिहिन कपडा लाएको र कम्मरमा सीङको मसीदानी भिरेको एक जना मानिस” पनि देख्छन्‌। (इज. ८:६-१२; ९:२, ३) यी मानिसलाई सहरको चारैतिर जान र “त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निधार-निधारमा चिन्ह” लगाउन भनिन्छ। अनि हतियार बोक्ने छ जनालाई चाहिं निधारमा चिन्ह नहुनेजति सबैलाई मार्न भनिन्छ। (इज. ९:४-७) यस दर्शनबाट हामी कस्तो कुरा सिक्न सक्छौं र मसीदानी भिरेका ती मानिसले कसलाई सङ्‌केत गर्छ?

यो भविष्यवाणी ईसापूर्व ६१२ मा गरिएको थियो। यसको पहिलो पूर्ति भविष्यवाणी गरिएको पाँच वर्षपछि अर्थात्‌ बेबिलोनी सेनाले यरूशलेमको विनाश गर्दा पूरा भयो। आफ्नो उपासक नभए तापनि यहोवाले ती बेबिलोनीहरूलाई आफूले राखेको उद्देश्‍य पूरा गर्न चलाउनुभयो। (यर्मि. २५:९, १५-१८) आफ्ना सेवकहरू धर्मत्यागी भएकोले तिनीहरूलाई सजाय दिन उहाँले यस्तो कदम चाल्नुभएको थियो। तर त्यो विनाश अन्धाधुन्ध गरिने थिएन। धर्मीहरूलाई दुष्टहरूसितै नाश गरिने थिएन। त्यस सहरमा भइरहेको घिनलाग्दो काम देखेर दुःखी हुने यहूदीहरूलाई मायालु परमेश्‍वर यहोवाले बचाउने प्रबन्ध मिलाउनुभयो।

चिन्ह लगाउने र विनाश गर्ने काममा इजकिएलको कुनै संलग्नता थिएन। बरु विनाश गर्नको लागि स्वर्गदूतहरूलाई निर्देशन दिइने थियो। त्यसकारण यस भविष्यवाणीद्वारा हामी स्वर्गीय दृश्‍यको कल्पना गर्न सक्छौं। यहोवाले आफ्ना स्वर्गदूतहरूलाई दुष्टहरूको विनाश गर्न आवश्‍यक प्रबन्ध मिलाउने निर्देशन मात्र दिनुहुन्‍न तर धर्मीहरूलाई बचाउनको लागि तिनीहरूलाई अलग पार्ने आज्ञा पनि दिनुहुन्छ।a

वर्तमान पूर्तिलाई विचार गर्ने हो भने, मसीदानी भिर्ने मानिसले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई बुझाउँछ भनेर हामी पहिला-पहिला भन्‍ने गर्थ्यौं। अनि प्रचारमा हाम्रो सन्देश स्वीकार्नेहरूले निधारमा चिन्ह पाउँछन्‌ भनेर सोच्थ्यौं। तर केही वर्षयता, त्यो बुझाइमा छाँटकाँट गर्नुपर्छ भनेर स्पष्ट भयो। मत्ती २५:३१-३३ अनुसार मानिसहरूलाई न्याय गर्ने काम येशूले गर्नुहुन्छ। महासङ्‌कष्टको बेला भेडाखाले मानिसहरूलाई बच्नको निम्ति छुट्ट्याएर अनि बाख्राखाले मानिसहरूलाई विनाशको निम्ति छुट्ट्याएर येशूले अन्तिम न्याय गर्नुहुनेछ।

यो नयाँ बुझाइलाई विचार गर्दा हामी इजकिएलको दर्शनबाट के सिक्न सक्छौं? कम्तीमा पनि पाँचवटा कुरा सिक्न सक्छौं:

  1. (१) यशैयाको पदचिन्ह पछ्याउँदै इजकिएलले पनि यर्मियासँगै पहरादारको काम गरे। अहिले यहोवाले आफ्ना अभिषिक्‍त सेवकहरूको सानो समूहलाई चलाएर अरू मानिसहरूलाई आध्यात्मिक खाना खुवाउँदै हुनुहुन्छ र महासङ्‌कष्ट आउन लागेको चेतावनी दिंदै हुनुहुन्छ। फलस्वरूप, घरका अरू सबै दासले पनि चेतावनी दिने काममा भाग लिन सकेका छन्‌।—मत्ती २४:४५-४७.

  2. (२) इजकिएलले चिन्ह लगाउने काममा भाग नलिएजस्तै आज पनि यहोवाका सेवकहरू मानिसहरूको निधारमा चिन्ह लगाउने काममा भाग लिंदैनन्‌। बरु स्वर्गदूतहरूको निर्देशनअनुसारै प्रचारकार्यद्वारा मानिसहरूलाई यहोवाको सन्देश सुनाउने काम गर्छन्‌।—प्रका. १४:६.

  3. (३) इजकिएलको समयमा मानिसहरूको निधारमा साँच्चैको चिन्ह नलगाइएजस्तै आज पनि मानिसहरूको निधारमा साँच्चैको चिन्ह लगाइँदैन। त्यसोभए बाँच्नको लागि मानिसहरूले कस्तो लाक्षणिक चिन्ह पाउनुपर्छ त? तिनीहरूले अहिले प्रचार गरिरहेको सन्देश स्वीकार्नुपर्छ, ख्रीष्टियन व्यक्‍तित्व धारण गर्नुपर्छ, यहोवामा समर्पित हुनुपर्छ र वफादार भई ख्रीष्टका भाइहरूलाई साथ दिनुपर्छ। (मत्ती २५:३५-४०) यसो गर्नेहरूले आउँदै गरेको महासङ्‌कष्टको बेला बच्नको लागि चिन्ह पाउनेछन्‌।

  4. (४) आधुनिक समयमा, मसीदानी भिर्ने मानिसले येशू ख्रीष्टलाई चित्रण गर्छ, जसले मानिसहरूलाई बच्नको लागि चिन्ह लगाउने काम गर्नुहुन्छ। महासङ्‌कष्टको दौडान भेडाखाले मानिसहरूको रूपमा ठूलो भीडले त्यो चिन्ह पाउनेछन्‌। त्यसपछि तिनीहरूले यसै पृथ्वीमा अनन्त जीवन पनि पाउन सक्नेछन्‌।—मत्ती २५:३४, ४६.b

  5. (५) आधुनिक समयमा, लाग्ने हतियार लिएका छ जना मानिसले येशू अनि उहाँको अधीनमा रहेका स्वर्गीय सेनालाई चित्रण गर्छ। तिनीहरूले छिट्टै नै राष्ट्रहरू र दुष्टतालाई नाश गर्नेछन्‌।—इज. ९:२, ६, ७; प्रका. १९:११-२१.

यस कुराले यहोवाप्रतिको हाम्रो भरोसा अझै बढाउँछ र उहाँले दुष्टहरूसँगसँगै धर्मीहरूलाई नाश गर्नुहुनेछैन भनेर ढुक्क बनाउँछ। (२ पत्रु. २:९; ३:९) साथै अहिले प्रचार गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर पनि सम्झाउँछ। अन्त आउनुअघि नै सबैले चेतावनी सुन्‍नु जरुरी छ।—मत्ती २४:१४.

a बारूक (यर्मियाको सचिव), इथियोपियाली एबेदमेलेक अनि रेकाबीहरूको निधारमा देखिने किसिमको छाप नलगाइएको भए तापनि तिनीहरू विनाशको मुखबाट बच्न सके। (यर्मि. ३५:१-१९; ३९:१५-१८; ४५:१-५) तिनीहरूले बच्नको लागि लाक्षणिक चिन्ह पाएका थिए।

b वफादार अभिषिक्‍त ख्रीष्टियनहरूले बच्नको लागि त्यो चिन्ह पाउनु आवश्‍यक छैन। बरु तिनीहरूले आफ्नो अन्तिम छाप मृत्युअघि वा महासङ्‌कष्ट सुरु हुनुअघि पाउनेछन्‌।—प्रका. ७:१, ३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने