प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जुलाई pp. १८-२०
  • “नडरा, म तँलाई सहायता गर्नेछु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “नडरा, म तँलाई सहायता गर्नेछु”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘म तँलाई सम्हाल्नेछु’
  • दोषी भावनाले सताउँदा
  • बेरोजगारीको चपेटामा पर्दा
  • उमेर ढल्किंदै जाँदा
  • परमेश्‍वरको वचन अध्ययन गर्नुअघि र पछिको जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवा क्षमा दिनेहरूलाई आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • तपाईंको जीवनमा यहोवाको हात छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के तपाईंले यहोवालाई आफ्नो अंश बनाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जुलाई pp. १८-२०
एक जना मान्छे भीरबाट खस्न लाग्दा तिनलाई बचाउन अर्को मान्छेले तान्दै गरेको

“नडरा, म तँलाई सहायता गर्नेछु”

कल्पना गर्नुहोस्‌! तपाईं सुनसान रातमा एक्लै हिंडिरहनुभएको छ। एक्कासि तपाईंलाई कसैले पिछा गरिरहेको थाह पाउनुभयो। जब तपाईं रोकिनुहुन्छ, त्यो व्यक्‍ति पनि रोकिन्छ। जब तपाईं छिटो-छिटो हिंड्‌नुहुन्छ, त्यो व्यक्‍ति पनि छिटो-छिटो हिंड्‌न थाल्छ। तपाईं स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै आफ्नो साथीको घरतिर दगुर्नुहुन्छ। त्यतिबेला साथीले ढोका खोलेर न्यानो स्वागत गर्दा तपाईंलाई ढुक्क महसुस हुन्छ नि, होइन र?

तपाईंले ठ्याक्कै यस्तो अवस्थाको सामना गर्नुपरेको छैन होला, तर कुनै न कुनै चिन्ताले भने तपाईंलाई पछ्याएको हुनुपर्छ। उदाहरणका लागि, कुनै कमीकमजोरी हटाउन लाख कोसिस गरे तापनि फेरि त्यही गल्ती दोहोरिएको पो छ कि? लामो समयदेखि काम नपाएर भौंतारिनुपरेको र निकै खोजे तापनि केही सीप नलागेको महसुस गर्दै हुनुहुन्छ कि? उमेर ढल्किंदै गएकोले अथवा स्वास्थ्य समस्याले गर्दा चिन्तित हुनुहुन्छ कि? अथवा यस्तै अरू कुनै समस्याले गाह्रो बनाइरहेको पो छ कि?

मनको बह सुनिदिने वा समस्या पर्दा मदतको हात अघि बढाउने कोही भइदियो भने तपाईंलाई खुसी लाग्छ नि, होइन र? के तपाईंको पनि यस्तै घनिष्ठ साथी छ? पक्कै छ! यशैया ४१:८-१३ मा उल्लेख गरिएझैं तपाईं पनि कुलपिता अब्राहामजस्तै यहोवाको साथी बन्‍न सक्नुहुन्छ। विशेष गरी पद १० र १३ मा यहोवाले आफ्ना सेवकहरूलाई यसो भनेको पाउँछौं, “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु। किनभने म, परमप्रभु तेरा परमेश्‍वरले तँलाई यसो भनेर तेरो दाहिने हात समात्नेछु, ‘नडरा, म तँलाई सहायता गर्नेछु।’”

‘म तँलाई सम्हाल्नेछु’

के तपाईंलाई यी शब्दहरूले ढुक्क बनाउँदैन र? हामीलाई बुझाउनको लागि यहोवाले चलाउनुभएको उदाहरण विचार गर्नुहोस्‌। हुन त यहोवाको हात समाएर हिंड्‌ने कुरा सुन्दा मात्र पनि आनन्द लाग्छ, तर यो उदाहरणमा हिंड्‌नको लागि हात समात्ने कुरा गरेको होइन। यदि यहाँ त्यसरी हात समात्ने कुरा गरेको भए उहाँको दाहिने हात तपाईंको बायाँ हातमा हुनेथियो। तर याद गर्नुहोस्‌, यहाँ परमेश्‍वरले आफ्नो “धार्मिकताको दाहिने हातले” ‘तेरो दाहिने हात समात्छु’ भन्‍नुभयो। यसको मतलब, कोही आपत्‌मा पर्दा उसलाई तानेर निकाल्नको लागि हामी तुरुन्तै आफ्नो दाहिने हात अघि सार्छौं; हो, यहोवाले पनि हामीलाई त्यसरी नै मदत गर्नुहुन्छ। त्यति मात्र होइन, उहाँले यस्तो आश्‍वासन पनि दिनुभएको छ: “नडरा, म तँलाई सहायता गर्नेछु।”

के तपाईंलाई यहोवा परमेश्‍वर सङ्‌कष्टको बेलामा मदत गर्ने मायालु बुबा र असल साथीजस्तै लाग्दैन र? हो, उहाँ तपाईंको ख्याल गर्नुहुन्छ, तपाईंको हित चाहनुहुन्छ र तपाईंलाई मदत गर्न एकदमै इच्छुक हुनुहुन्छ। गाह्रो अवस्थाको सामना गर्नुपर्दा तपाईंले सुरक्षित महसुस गरेको उहाँ चाहनुहुन्छ, किनभने उहाँ तपाईंलाई निकै माया गर्नुहुन्छ। साँच्चै! उहाँ “सङ्‌कष्टमा अति सजिलैसँग पाइने सहायक” हुनुहुन्छ।—भज. ४६:१.

दोषी भावनाले सताउँदा

विगतमा गरेको गल्तीको कारण कसै-कसैलाई दोषी भावनाले सताइरहन सक्छ वा यहोवाले क्षमा गर्नुभयो कि भएन भन्‍ने शङ्‌काले पिरोल्न सक्छ। तपाईंलाई पनि यस्तै महसुस भएको छ भने विश्‍वासी पुरुष अय्यूबलाई सम्झनुहोस्‌, जसले ‘युवावस्थाका दोष भोग्नुपऱ्‍यो’ भनेर बताए। (अय्यू. १३:२६) भजनरचयिता दाऊदले पनि यस्तै महसुस गरेका थिए र तिनले यहोवासित यसरी बिन्ती गरेका थिए: “मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्‌।” (भज. २५:७) त्रुटिपूर्ण भएकोले हामी ‘सबैले पाप गरेका छौं अनि परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छौं।’—रोमी ३:२३.

यशैया ४१ अध्यायका शब्दहरू वास्तवमा इस्राएलीहरूका लागि लेखिएका थिए। तर तिनीहरूले पछि ठूलो गल्ती गरे। त्यसैले यहोवाले तिनीहरूलाई सजाय दिने विचार गर्नुभयो; उहाँले तिनीहरूलाई बाबेलको कैदमा पर्न दिनुभयो। (यशै. ३९:६, ७) तैपनि पश्‍चात्ताप गरेर आफूतर्फ फर्कनेहरूलाई उद्धार गर्ने विषयमा उहाँले पहिल्यै सोच्नुभयो। (यशै. ४१:८, ९; ४९:८) अहिले पनि उहाँको अनुमोदन पाउन चाहनेहरूलाई यहोवा परमेश्‍वरले त्यसैगरि उदार भई क्षमा दिनुहुन्छ।—भज. ५१:१.

तेन्जिङको अनुभव विचार गर्नुहोस्‌।a तिनले अश्‍लील सामाग्री हेर्ने र हस्तमैथुन गर्ने खराब बानी हटाउन निकै प्रयास गरिरहेका थिए। तर तिनी घरीघरी चुक्थे। तिनलाई कस्तो लाग्थ्यो? तिनी भन्छन्‌: “मलाई आफू एकदमै काम नलाग्ने मान्छेजस्तो लाग्थ्यो, तर यहोवा परमेश्‍वरलाई आफ्नो कमजोरीको लागि क्षमा माग्दै प्रार्थना गर्दा उहाँले मलाई सम्हाल्नुहुन्थ्यो।” यहोवाले कसरी त्यसो गर्नुभयो? मण्डलीका एल्डरहरूमार्फत। त्यो गल्ती दोहोरियो भने जुनसुकै बेला पनि नहिचकिचाइ बताउनू भनेर एल्डरहरूले तेन्जिङलाई भनेका थिए। तिनी भन्छन्‌: “उहाँहरूलाई यसरी बताउन सजिलो थिएन, तैपनि आफ्नो कुरा त्यसरी बताउँदा मैले बल पाएको महसुस गर्थें।” पछि मण्डलीका एल्डरहरूले क्षेत्रीय निरीक्षकको भ्रमणको बेला गोठालो भेट गर्ने प्रबन्ध मिलाइदिनुभयो। क्षेत्रीय निरीक्षकले तिनलाई भने: “म संयोगले यहाँ आएको होइन। एल्डरहरूबाट तपाईंको विषयमा थाह पाएँ। अनि उहाँहरूले तपाईंलाई गोठालो भेट गर्ने प्रबन्ध मिलाउनुभयो।” तेन्जिङ भन्छन्‌: “मैले एकचोटि होइन, दुईचोटि होइन, बारम्बार गल्ती गरें, तैपनि यहोवा परमेश्‍वरले एल्डरहरूलाई चलाएर मदतको हात अघि बढाउनुभयो।” पछि तेन्जिङले उन्‍नति गरे र नियमित अग्रगामीको रूपमा सेवा गरे। अहिले तिनी शाखा कार्यालयमा सेवा गर्दै छन्‌। यी त यहोवाले मदत गर्नुभएका केही उदाहरण मात्र हुन्‌।

बेरोजगारीको चपेटामा पर्दा

बेरोजगारीको समस्याले अहिले मानिसहरूलाई हत्तु बनाएको छ। केहीले आफ्नो जागिर गुमाएका छन्‌; तिनीहरूलाई अर्को काम पाउन निकै गाह्रो भएको छ। सोच्नुहोस्‌ त, एकपछि अर्को कामबाट हात धुनु पऱ्‍यो भने तपाईंलाई कस्तो लाग्छ? यस्तो अवस्थामा कसै-कसैले आत्मसम्मान नै गुमाएका छन्‌। यतिबेला यहोवाले तपाईंलाई कसरी मदत गर्नुहुन्छ? हुन त, उहाँले तपाईंलाई भनेजस्तै राम्रो जागिर दिनुहुन्‍न होला, तर भजनरचयिता दाऊदको यो अनुभव सम्झन भने मदत गर्नुहुनेछ: “जवान थिएँ र म अहिले बूढो भएको छु। तैपनि धर्मात्मा त्यागिएको र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भज. ३७:२५) हो, यहोवाको नजरमा तपाईं अनमोल हुनुहुन्छ; उहाँले आफ्नो “धार्मिकताको दाहिने हातले” तपाईंलाई सम्हाल्नुहुनेछ र उहाँको सेवा गर्न आवश्‍यक मदत दिइरहनुहुनेछ।

जागिर गुमाएपछि एक जना भाइ काम गर्ने ठाउँबाट बाहिरिंदै

जागिर गुमाउँदा यहोवाले तपाईंलाई कसरी मदत गर्नुहुन्छ?

कोलम्बियामा बस्ने साराले पनि यहोवाको मायालु हेरविचार पाएको महसुस गरिन्‌। तिनले नाम चलेको कम्पनीमा काम पाएकी थिइन्‌; तलब पनि राम्रै थियो तर निकै समय खट्‌नुपर्थ्यो। तिनी यहोवाको अझ धेरै सेवा गर्न चाहन्थिन्‌। त्यसैले तिनले खाइरहेको जागिर छोडेर अग्रगामी सेवा सुरु गरिन्‌। तर तिनलाई खोजेजस्तै आंशिक जागिर पाउन निकै गाह्रो भयो। तिनले एउटा सानो आइसक्रिम पसल खोलिन्‌। तर राम्रो व्यापार नभएकोले बन्द गर्नुपऱ्‍यो। सारा यसो भन्छिन्‌: “जसोतसो तीन वर्ष कट्यो। तर धन्‍न! यहोवाले मलाई सहने बल दिनुभो।” तिनले सुखसयल र आधारभूत आवश्‍यकताबीच के फरक छ भन्‍ने कुरा बुझ्न सकिन्‌ अनि भोलिको चिन्ता गर्न छोडिन्‌। (मत्ती ६:३३, ३४) पछि, तिनलाई पहिलाको मालिकले फोन गरे र पहिलाकै पोस्टमा जागिर खान बोलाए। तर आंशिक काम गर्न दिए वा आफ्नो आध्यात्मिक कामलाई बाधा नहुने समय मिलाइदिए मात्र काम गर्छु भनेर तिनले बताइन्‌। अहिले तिनको कमाइ पहिलाको जस्तो नभए पनि मजाले अग्रगामी सेवा गरिरहेकी छिन्‌। तिनी भन्छिन्‌: “यी सबै कुरामा यहोवाको मायालु हात छ भनेर मैले अनुभव गरेकी छु।”

उमेर ढल्किंदै जाँदा

मान्छेलाई एकदमै चिन्ता लाग्ने अर्को विषय भनेको उमेर ढल्कँदै जानु हो। अवकाश लिने उमेर पुगेपछि धेरैजसोले ‘बाँकी जीवन आरामले बिताउन पाइएला कि नपाइएला,’ ‘पैसा पुग्ला कि नपुग्ला’ भनेर चिन्ता गर्छन्‌। उमेर ढल्कँदै जाँदा देखा पर्ने स्वास्थ्य समस्याबारे पनि तिनीहरू चिन्तित हुन्छन्‌। धेरैजसोको सोचाइ भजनरचयिता दाऊदसित मिल्छ। तिनले यहोवालाई यसो भनेर बिन्ती गरेका थिए: “बुढेसकालमा मलाई नत्याग्नुहोस्‌, मेरो बल घटेको बखतमा मलाई नछोड्‌नुहोस्‌।”—भज. ७१:९, १८.

वृद्धावस्थामा पनि यहोवाका सेवकहरूले कसरी आफू सुरक्षित भएको महसुस गर्न सक्छन्‌? तिनीहरूले यहोवामाथि विश्‍वास गर्न छोड्‌नु हुँदैन; आफ्नो आधारभूत आवश्‍यकता यहोवाले पूरा गरिदिनुहुन्छ भनेर भरोसा गर्नुपर्छ। हुन त, तिनीहरूले बितेका वर्षहरूमा आरामदायी जीवन बिताएका होलान्‌, तर अब तिनीहरूले आफ्नो जीवनशैली सरल बनाउनुपर्छ र थोरै कुरामै सन्तुष्ट रहनुपर्छ। मीठा-मीठा परिकारको साटो “सागपात” खानुपर्दा पनि तिनीहरू आनन्दित हुन सक्छन्‌; सायद यसले गर्दा स्वास्थ्य पनि पहिलाभन्दा राम्रो हुन सक्छ। (हितो. १५:१७) यहोवाको सेवामै ध्यान केन्द्रित गर्नुभयो भने वृद्धावस्थामा पनि उहाँले तपाईंको आधारभूत आवश्‍यकता पूरा गरिदिनुहुनेछ।

टोनी र वेन्डीसित होशा र रोज

टोनी र वेन्डीसित होशा र रोज

होशा र रोजलाई विचार गर्नुहोस्‌। तिनीहरूले पूर्ण समय सेवा गरेको ६५ वर्ष नाघिसक्यो। वर्षौंसम्म तिनीहरूले रोजको बुबाको २४ सै घण्टा हेरविचार गर्नुपरेको थियो। त्यति मात्र होइन, होशालाई क्यान्सर लागेको थियो। शल्यक्रिया र केमोथेरापीको पीडाले तिनलाई निकै गाह्रो बनाउँथ्यो। यस्तो अवस्थामा यी विश्‍वासी दम्पतीका लागि के यहोवा तिनीहरूको दाहिने हात बनिदिनुभयो? हो, बनिदिनुभयो। तर कसरी? तिनीहरूकै मण्डलीका टोनी र वेन्डीमार्फत। ती युवा दम्पतीले होशा र रोजलाई बस्नका लागि अपार्टमेन्टको प्रबन्ध गरिदिए। टोनी र वेन्डी पूर्ण समय अग्रगामी सेवामा लागेकाहरूलाई सित्तैंमा बासको प्रबन्ध गरिदिन चाहन्थे। वर्षौंअघिदेखि नै होशा र रोज प्रचारमा जोसिलो भएर लागेका छन्‌ भन्‍ने कुरा टोनीलाई थाह थियो। किनभने तिनीहरू जहिले पनि प्रचारमा निस्केको उनले आफ्नो स्कुलको झ्यालबाट देख्थे। तिनीहरू जोसिलो भएकोले टोनी तिनीहरूलाई निकै माया गर्थे र तिनीहरूको जोसले उनलाई गहिरो छाप पाऱ्‍यो। ती वृद्ध दम्पतीले आफ्नो सारा जीवन यहोवाको सेवामा बिताएको देखेर टोनी र वेन्डी तिनीहरूलाई हेरविचार गर्न हौसिए। ती युवा दम्पतीले होशा र रोजलाई यसरी हेरविचार गर्न थालेको पनि १५ वर्ष बितिसक्यो; अहिले होशा र रोज लगभग ८५ वर्ष पुगे। यी वृद्ध दम्पतीका लागि टोनी र वेन्डी वरदान नै साबित भएका छन्‌।

परमेश्‍वरले तपाईंलाई पनि उहाँको “धार्मिकताको दाहिने हात” दिएर यसो भन्दै हुनुहुन्छ: “नडरा, म तँलाई सहायता गर्नेछु।” के त्यसोभए तपाईं उहाँको हात समाउँदै हुनुहुन्छ?

a केही नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने