प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 सेप्टेम्बर p. २२
  • यहोवाको डोऱ्‍याइअनुसार चल्दा हुने फाइदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको डोऱ्‍याइअनुसार चल्दा हुने फाइदा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पोल्याण्डकी किशोरीको सही निर्णय
  • फिजीमा असल परिणाम प्राप्त भयो
  • प्रेमले परिवारहरूमा एकता ल्याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • माया गर्छु भनेर बताउनुहोस्‌
    यहोवाका साक्षीहरूको अनुभव
  • “बालकहरूका मुखबाट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 सेप्टेम्बर p. २२

यहोवाको डोऱ्‍याइअनुसार चल्दा हुने फाइदा

पोल्याण्डकी किशोरीको सही निर्णय

“बप्तिस्मा गर्दा म १५ वर्षकी थिएँ। छ महिनापछि मैले सहायक अग्रगामी सेवा सुरु गरें। त्यसको एक वर्षपछि नियमित अग्रगामी सेवा गर्न फारम भरें। उच्च माध्यामिक स्कुलको पढाइ सिद्धिएपछि राज्य प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न सकिन्छ कि भनेर मैले सोधें। म मामाघरको हजुरआमासित बस्थें, जो यहोवाको साक्षी हुनुहुन्‍नथ्यो। त्यसैले म उहाँसित नबसी अनि आफ्नो गाउँ छोडेर अर्कै ठाउँमा सेवा गर्न चाहन्थें। तर क्षेत्रीय निरीक्षकले मलाई आफू जन्मेहुर्केकै ठाउँमा बसेर सेवा गर्न भन्‍नुभयो। यो सुनेर साह्रै नमीठो लाग्यो। तर आफूलाई खल्लो लागेको कुरा म उहाँलाई थाह दिन चाहन्‍नथें। आफूलाई खुसी नलागे पनि मैले उहाँको कुरालाई राम्ररी सोच्ने विचार गरें। मसँगै अग्रगामी सेवा गरिरहेकी साथीलाई यसो भनें: ‘सायद म योनाजस्तै भइरहेछु। तर जे भए पनि पछि योना निनवे गयो नि! त्यसैले म पनि आफूलाई खटाइएको ठाउँमा सेवा गर्नेछु।’”

“अहिले मैले आफ्नै गाउँमा अग्रगामी सेवा गरिरहेको चार वर्ष भइसक्यो। सल्लाह पालन गर्नु कत्ति बुद्धिमानी हो भनेर अहिले बुझ्दै छु। नकारात्मक मनोवृत्ति राख्नु मेरो सबैभन्दा ठूलो भूल थियो। तर अहिले मैले अपार आनन्द अनुभव गरिरहेकी छु। एक महिनामै २४ वटा बाइबल अध्ययन गर्न सकें। खुसीको कुरा, पहिला विरोध गर्ने हजुरआमासित पनि मैले बाइबल अध्ययन थाल्न सकें। यसको लागि यहोवालाई मुरी-मुरी धन्यवाद!”

फिजीमा असल परिणाम प्राप्त भयो

फिजीमा बाइबल अध्ययन गरिरहेकी एउटी साक्षी बहिनीले अधिवेशन जाने कि श्रीमान्‌सँगै नातेदारको जन्मदिनको पार्टीमा जाने भनेर छनौट गर्नुपरेको थियो। श्रीमान्‌ले पनि तिनलाई अधिवेशन जान दिए। तिनले श्रीमान्‌लाई अधिवेशन सकाएर पार्टीमा भेटौंला भनेकी थिइन्‌। तर अधिवेशनबाट फर्केपछि भने तिनले आफ्नो आध्यात्मिकतालाई खतरामा पार्न सक्ने अवस्थाबाट टाढै बस्नुपर्छ जस्तो महसुस गरिन्‌। त्यसैले तिनी पार्टीमा गइनन्‌।

पार्टीमा श्रीमान्‌ले आफ्ना नातेदारहरूलाई आफ्नी पत्नी ‘साक्षीहरूको मिटिङ’ सकाएर आउँछिन्‌ भनेर बताउँदा तिनीहरूले यसो भने: “अहँ, उनी आउँदिनन्‌, किनभने यहोवाका साक्षीहरू जन्मदिन मनाउँदैनन्‌।”a

श्रीमतीले आफ्नो विश्‍वास र अन्तस्करणअनुसार काम गरेकीमा श्रीमान्‌ निकै खुसी भए। यहोवाप्रति वफादार रहेकी हुँदा ती बहिनीले आफ्नो श्रीमान्‌लाई अनि अरूलाई साक्षी दिने मौका पाइन्‌। नतिजा के भयो? श्रीमान्‌ बाइबल अध्ययन गर्न राजी भए र आफ्नी श्रीमतीसित सभामा जान थाले।

a प्रहरीधरहरा, डिसेम्बर १५, २००१ मा भएको “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने