प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 जुलाई pp. ३०-३१
  • बाइबल अध्ययनलाई कसरी अझ प्रभावकारी र रमाइलो बनाउने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल अध्ययनलाई कसरी अझ प्रभावकारी र रमाइलो बनाउने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामी सफल भएको चाहनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • अध्ययन–इनामदायी तथा आनन्ददायी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • तपाईँ कसरी बाइबल पढाइबाट धेरै फाइदा उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • यहोवाले गर्नुभएको प्रबन्धबाट पूरापूर लाभ उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 जुलाई pp. ३०-३१
यहोशू बत्तीको उज्यालोमा बसेर व्यवस्था पढ्‌छन्‌

बाइबल अध्ययनलाई कसरी अझ प्रभावकारी र रमाइलो बनाउने?

यहोशू व्यवस्था पढ्‌छन्‌; यरीहोको पर्खाल ढल्छ तर राहाबको घर भने जस्ताको तस्तै रहन्छ; यहोशू मास्तिर हात फैलाएर प्रार्थना गर्छन्‌

यहोशूको अगाडि एउटा ठूलो चुनौती आइपरेको थियो। तिनले ठूलठूला बाधा अडचनहरूको सामना गर्दै इस्राएल राष्ट्रलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउनुपर्ने थियो। तर तिनी सफल हुनेछन्‌ भनेर यहोवाले आश्‍वासन दिनुभयो र तिनलाई यस्तो प्रोत्साहन दिनुभयो: ‘बलियो र साहसी हो। मेरा सबै व्यवस्था पालन गर्‌। त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू र तैँले उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।’—यहो. १:७, ८.

अहिलेको समय “असाध्यै कठिन” भएकोले हामीले पनि ठूलठूला चुनौतीहरूको सामना गर्नुपर्छ। (२ तिमो. ३:१) यहोवाले यहोशूलाई दिनुभएको सल्लाह पालन गरेर हामी पनि यहोशूजस्तै सफल हुन सक्छौँ। हामीले नियमित रूपमा बाइबल पढ्‌नुपर्छ अनि परीक्षाहरू सामना गर्दा बाइबलका सिद्धान्तहरू होसियारीसाथ लागू गर्नुपर्छ।

तर हामीमध्ये धेरैलाई अध्ययन गर्न त्यति रुचि नलाग्न सक्छ अनि अध्ययन कसरी गर्ने भनेर पनि थाह नहुन सक्छ। तर बाइबल अध्ययन गर्नु एकदमै महत्त्वपूर्ण भएकोले “यसो गरिहेर्नुहोस्‌” भन्‍ने पेटीमा दिइएका सुझावहरू विचार गर्नुहोस्‌। ती सुझावहरू लागू गर्नुभयो भने तपाईँको बाइबल अध्ययन अझ प्रभावकारी र रमाइलो हुन सक्छ।

भजनहारले यसरी गाए, “तपाईंका आज्ञाहरूको गोरेटोमा मलाई चलाउनुहोस्‌। किनकि त्यसैमा म प्रसन्‍न हुन्छु।” (भज. ११९:३५) परमेश्‍वरको वचन अध्ययन गर्नुभयो भने तपाईँले साँचो आनन्द पाउनुहुनेछ। आध्यात्मिक धन खोज्न मेहनत गर्नुभयो भने तपाईँले बहुमूल्य रत्नहरू भेट्टाउनुहुनेछ।

हुनत तपाईँले यहोशूले जस्तै पूरै राष्ट्रलाई डोऱ्‍याउनु त नपर्ला, तैपनि तपाईँका आफ्नै चुनौतीहरू छन्‌। त्यसैले यहोशूले जस्तै परमेश्‍वरको वचनमा लेखिएका कुराहरू अध्ययन गर्नुहोस्‌ र लागू गर्नुहोस्‌ किनकि ती तपाईँकै फाइदाको लागि लेखिएका हुन्‌। त्यसो गर्नुभयो भने तपाईँले पनि उन्‍नति गर्नुहुनेछ र सफलता पाउनुहुनेछ।

यसो गरिहेर्नुहोस्‌

  • एक जना मानिस हात जोडेर प्रार्थना गर्छन्‌

    अध्ययन गर्नुअघि प्रार्थना गर्नुहोस्‌। बाइबलमा सर्वशक्‍तिमान्‌ परमेश्‍वरका विचारहरू लेखिएका छन्‌, जुन तपाईँको फाइदाको लागि लेखिएका हुन्‌। त्यसकारण बाइबल पढ्‌नुअघि त्यसमा लेखिएको कुरा बुझ्न, त्यसलाई मनमा राख्न अनि जीवनमा लागू गर्न उहाँको मदत माग्नुहोस्‌।—एज्रा ७:१०.

  • एक जना मानिस आफैलाई प्रश्‍न सोध्छन्‌

    आफैलाई प्रश्‍न सोध्नुहोस्‌। बाइबल वा बाइबलआधारित प्रकाशनहरू पढ्‌दा आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यसले मलाई यहोवाबारे के सिकाउँछ? यसले बाइबलको मुख्य सन्देशलाई कसरी जोड दिन्छ? अरूलाई मदत गर्न म यो कसरी प्रयोग गर्न सक्छु?’

  • एक जना मानिस मनन गर्छन्‌

    पढेको कुरा मनन गर्नुहोस्‌। एकछिन रोकिनुहोस्‌ र सोच्नुहोस्‌: ‘यो पढ्‌दा मैले कस्तो महसुस गरेँ? मलाई किन त्यस्तो महसुस भयो? यो कुरा मेरो विगतका अनुभवहरू, अहिलेको परिस्थिति वा भविष्यसित कसरी सम्बन्धित छ? यी बाइबल सिद्धान्त अनि सल्लाह म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?’ (अय्यू. २३:५; भज. ४९:३) यहोवाले आफ्ना जनहरूलाई कुनै काम गर्न निषेध गर्नुको कारण के हो वा त्यो निषेध गरिएको काम गर्दा परिणाम कस्तो हुन सक्थ्यो भनेर विचार गर्नुहोस्‌।—व्यव. ३२:२८, २९.

  • एक जना मानिस बाइबलमा लेखिएका घटनाहरू कल्पना गर्छन्‌

    कल्पनाशक्‍ति प्रयोग गर्नुहोस्‌। बाइबलमा उल्लेख गरिएका घटनाहरू कल्पना गर्नुहोस्‌। उदाहरणको लागि, यूसुफका दाइहरूले तिनलाई इश्‍माएलीहरूको हातमा बेचेको घटना के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? (उत्प. ३७:१८-२८) त्यो दृश्‍य कल्पना गर्नुहोस्‌। तपाईं के देख्नुहुन्छ, कस्तो आवाज सुन्‍नुहुन्छ अनि कस्तो बास्ना सुँघ्नुहुन्छ? ती पात्रहरूको ठाउँमा आफैलाई राख्नुहोस्‌। तिनीहरू के सोचिरहेका होलान्‌ वा कस्तो महसुस गरिरहेका होलान्‌? यसरी कल्पना गर्नुभयो भने तपाईँको अध्ययन अझै जीवन्त अनि अर्थपूर्ण हुनेछ।

  • एक जना मानिस अध्ययन सामग्रीहरू प्रयोग गर्छन्‌

    अध्ययन गर्ने साधनहरू प्रयोग गर्नुहोस्‌। अनुसन्धान गर्न मदत गर्ने अनलाइन वा छापिएका साधनहरू तपाईँको भाषामा उपलब्ध छन्‌ भने ती प्रयोग गर्न सिक्नुहोस्‌। ती साधनहरू कसरी अझै राम्रोसँग प्रयोग गर्न सकिन्छ भनेर अरूलाई सोध्न नहिचकिचाउनुहोस्‌। वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) वा यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-ले विभिन्‍न विषयबारे लेखहरू भेट्टाउन अनि थुप्रै बाइबल पदलाई कसरी व्याख्या गरिएको छ, त्यो भेट्टाउन मदत गर्छ। पवित्र बाइबल—नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख तपाईँले बुझ्न सक्ने भाषामा उपलब्ध छ भने त्यो पनि प्रयोग गर्नुहोस्‌। त्यसमा बाइबलकालीन ठाउँ, घटनाक्रम र नापतौलबारे उपयोगी जानकारी पाउनुहुनेछ।

  • एक जना मानिस मुख्य बुँदाहरू दोहोऱ्‍याउँछन्‌

    मुख्य बुँदाहरू पुनरावृत्ति गर्नुहोस्‌। यसले पढेका कुराहरू सम्झन तपाईँलाई मदत गर्नेछ। आफूले पढेको कुरा अरूलाई बताउँदा अझै राम्रो हुनेछ। तपाईँले प्रचारमा चलाउन सक्ने कुनै कुरा छ कि? त्यसो गर्दा मुख्य बुँदाहरू तपाईँको दिमागमा ठप्प बस्नुका साथै अरूले पनि त्यसबाट लाभ उठाउनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने