प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 अक्टोबर p. ३२
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • स्तिफनसले “परमेश्‍वरबाट अनुग्रह र बल पाए”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • स्तिफनसलाई ढुंगाले हान्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवाको भयमा हिड़ने गर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 अक्टोबर p. ३२

के तपाईँलाई थाह थियो?

खेदो गरिँदा पनि चेला स्तिफनस कसरी शान्त रहन सके?

यहुदी न्यायपरिषद्‌को सामना गर्नुपर्दा स्तिफनस शान्त रहन्छन्‌

स्तिफनसले विरोधीहरूको एउटा समूहको सामना गर्नुपऱ्‍यो। इस्राएलको सबैभन्दा उच्च अदालत अर्थात्‌ यहुदी न्यायपरिषद्‌का ती ७१ जना न्यायाधीशहरू असाध्यै शक्‍तिशाली मानिसहरूमध्ये पर्थे। यो न्यायपरिषद्‌को सभा प्रधान पुजारी कैयाफाले बोलाएका थिए। केही महिनाअघि मात्र येसुलाई मृत्युदण्ड दिइँदा तिनै कैयाफा यहुदी न्यायपरिषद्‌का प्रधान पुजारी थिए। (मत्ति २६:५७, ५९; प्रेषि. ६:८-१२) ती न्यायाधीशहरूले स्तिफनस विरुद्ध एकपछि अर्को झूटा साक्षीहरू खडा गरे तर उनीहरूले एउटा अचम्मको कुरा याद गरे। उनीहरूले स्तिफनसको अनुहार “स्वर्गदूतको जस्तै देखे।”—प्रेषि. ६:१३-१५.

यस्तो डरलाग्दो अवस्थामा पनि स्तिफनस कसरी विचलित नभई शान्त रहन सके? स्तिफनसलाई जबरजस्ती पक्रेर यहुदी न्यायपरिषद्‌सामु घिसारेर लगिनुअघि तिनी परमेश्‍वरको पवित्र शक्‍तिले भरिपूर्ण भएर सेवाको काममा तनमनले लागिरहेका थिए। (प्रेषि. ६:३-७) पुर्पक्षको बेला पनि यही पवित्र शक्‍तिले तिनलाई सान्त्वना दिने अनि शास्त्रपदहरू स्मरण गराउने काम गरिरहेको थियो। (युह. १४:१६, फुटनोट) साहसी भई आफ्नो विश्‍वासको पक्षमा बोल्दा पवित्र शक्‍तिले तिनलाई हिब्रू धर्मशास्त्रको लगभग २० वा त्योभन्दा धेरै अंश स्मरण गराएको कुरा प्रेषित अध्याय ७ मा पाउन सक्छौँ। (युह. १४:२६) तर स्तिफनसले येसुलाई परमेश्‍वरको दाहिने हाततिर उभिरहेको दर्शन देखेपछि तिनको विश्‍वास झनै बलियो भयो।—प्रेषि. ७:५४-५६, ५९, ६०.

हामीले पनि कुनै दिन खेदो र धम्कीको सामना गर्नुपर्ने हुन सक्छ। (युह. १५:२०) परमेश्‍वरको वचन नियमित रूपमा अध्ययन गऱ्‍यौँ अनि प्रचारकार्यमा सक्रिय भयौँ भने हामीले यहोवाको पवित्र शक्‍तिलाई आफूमा काम गर्न दिइरहेका हुन्छौँ। त्यसका साथै मनोशान्ति कायम गर्दै विरोधको सामना गर्न चाहिने बल पनि पाउनेछौँ।—१ पत्रु. ४:१२-१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने