प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. २ pp. १२-१३
  • जीवनदेखि हरेस खाँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनदेखि हरेस खाँदा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कहाँ मदत पाउन सकिन्छ
  • स्थायी समाधान
  • हामी सबैले किन परमेश्‍वरको प्रशंसा गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०१७
  • म किन असाध्यै निराश हुन्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. २ pp. १२-१३
टेबलमा बसिरहेकी एक महिला बाइबल पढ्‌दै र टाढाको दृश्‍य नियाल्दै

जीवनदेखि हरेस खाँदा

“यस्तो भावनाले मलाई सधैँ पिरोलिरहन्थ्यो। त्यसैले मलाई आत्महत्या गर्नु नै बेस जस्तो लाग्यो।”—एड्रिना, ब्राजिल

‘म बाँच्न चाहन्‍नँ।’ के तपाईँलाई पनि यस्तै महसुस भएको छ? त्यसो हो भने तपाईँ एड्रिनाको भावना बुझ्न सक्नुहुन्छ। तिनी साह्रै चिन्तित, उदास अनि निराश महसुस गर्थिन्‌। किनकि तिनलाई डिप्रेसन भएको थियो।

जापानमा बस्ने काओरूलाई पनि विचार गरौँ। तिनी आफ्नो वृद्ध अनि अशक्‍त आमाबुबाको स्याहारसुसार गर्दै छन्‌। तिनी भन्छन्‌: “काममा एकदमै तनाव हुन्थ्यो। मेरो भोक, प्यास, निद्रा सबै हरायो। त्यसैले बरु मरेको भए कति आनन्द हुन्थ्यो भनेर महसुस गर्थेँ।”

नाइजेरियामा बस्ने ओजेबोडी यसो भन्छन्‌: “म यत्ति निराश हुन्थेँ कि आँखाबाट आँसु नै झर्थ्यो। त्यसैले मर्नुबाहेक कुनै उपाय छैन जस्तो लाग्यो।” खुसीको कुरा, ओजेबोडी, काओरू अनि एड्रिनाले आत्महत्या गरेनन्‌। तर दुःखको कुरा, वर्षेनी हजारौँ मानिसहरू आत्महत्या गर्छन्‌।

कहाँ मदत पाउन सकिन्छ

आत्महत्या गर्नेहरूमा पुरुषको सङ्‌ख्या बढी छ। तिनीहरूमध्ये धेरै जना अरूसित मदत माग्न हिचकिचाउँथे। यदि तपाईँ धेरै नै उदास हुनुहुन्छ अनि कहिलेकाहीँ आत्महत्या गर्ने सोचाइ आउँछ भने अरूसित मदत माग्न नहिचकिचाउनुहोस्‌। किनकि येसुले पनि रोगीहरूलाई चिकित्सकको खाँचो पर्छ भनेर बताउनुभयो। (लुका ५:३१) डिप्रेसनको सिकार भएका थुप्रैले उपचार गरेर आफ्नो स्वास्थ्यमा सुधार ल्याएका छन्‌। ओजेबोडी, काओरू अनि एड्रिनाले पनि उपचार गरे र तिनीहरूको स्वास्थ्यमा सुधार आउँदै छ।

डिप्रेसन भएकाहरूलाई डाक्टरले औषधी दिन्छन्‌। अथवा बिरामीसित कुराकानी गरेर उनीहरूको सोचाइ र बानीबेहोरामा छाँटकाँट गर्न सल्लाह दिन्छन्‌। कहिलेकाहीँ भने दुइटै तरिका अपनाएर उपचार गर्ने गर्छन्‌। डिप्रेसनको सामना गरिरहेकाहरूको भावना बुझेर, धीरजी हुँदै ख्याल राखेर परिवार अनि साथीभाइले साथ दिनुपर्छ। यहोवा परमेश्‍वर हामी सबैको मिल्ने साथी हुनुहुन्छ। उहाँ हामीलाई आफ्नो वचन बाइबलमार्फत मदत दिनुहुन्छ।

स्थायी समाधान

डिप्रेसन भएकाहरूले लामो समयसम्म उपचार गरिरहनुपर्ने हुन सक्छ। साथै तिनीहरूले आफ्नो जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ। यदि तपाईँ डिप्रेसनको सिकार हुनुभएको छ भने उज्ज्वल भविष्यको कल्पना गर्नुहोस्‌। ओजेबोडीले पनि त्यसै गरे। तिनी भन्छन्‌, “म यसैया ३३:२४ मा गरिएको भविष्यवाणी पूरा हुने समयको कल्पना गर्छु, जतिबेला कसैले पनि ‘म बिरामी छु।’ भन्‍नेछैनन्‌।” तपाईँले पनि ओजेबोडीले जस्तै परमेश्‍वरको प्रतिज्ञाबाट सान्त्वना पाउन सक्नुहुन्छ। परमेश्‍वरले कहिल्यै “पीडा” नहुने “नयाँ पृथ्वी”-को प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश २१:१, ४) त्यतिबेला कसैलाई पनि मानसिक र भावनात्मक पीडाले सताउनेछैन। तपाईँले भोग्नुपरेको पीडा सदाको लागि हराएर जानेछ। तपाईँले सामना गर्नुभएको मानसिक र भावनात्मक पीडा ‘फेरि सम्झनामा आउनेछैनन्‌; ती कुराहरू फेरि कहिल्यै आफ्नो मनमा खेलाउनुपर्ने छैन।’—यसैया ६५:१७.

बाइबलमा पाइने मदतकारी सल्लाह

परमेश्‍वर तपाईँको भावना बुझ्नुहुन्छ।

“किनकि म यहोवा तिम्रा परमेश्‍वरले तिम्रो दाहिने हात समातेको छु। म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’”—यसैया ४१:१३.

यहोवा हाम्रो भित्री भावना बुझ्न सक्नुहुन्छ र हामीलाई मदत गर्न चाहनुहुन्छ।

परमेश्‍वरको वचन मनन गर्नुहोस्‌।

“[एलियाले] मर्न पाऊँ भनी परमेश्‍वरलाई बिन्ती गर्न थाले। तिनले भने: ‘हे यहोवा! . . . मेरो ज्यान लिनुहोस्‌।’”—१ राजा १९:४.

ओजेबोडी भन्छन्‌: “परमेश्‍वरको वचन मनन गर्दा मैले बल पाएको छु। भविष्यवक्‍ता एलियाले पनि मैले जस्तै महसुस गरेका रहेछन्‌ भनेर थाह पाएँ।”

बाइबलमा पाइने उदाहरणबाट सिक्नुहोस्‌।

“तिम्रो [पत्रुसको] विश्‍वास नडगमगाओस्‌ भनेर मैले [येसुले] तिम्रो लागि उत्कट बिन्ती चढाएको छु।”—लुका २२:३२.

प्रेषित पत्रुसले येसुलाई तीन पटक इन्कार गरेपछि तिनी एकदमै दुःखी भए र धुरुधुरु रोए। काओरू भन्छन्‌: “पत्रुसको विवरणबाट यहोवा परमेश्‍वर र येसुले तिनको भावना बुझ्नुभयो भनेर मैले थाह पाएँ। यसबाट मैले हौसला पाएँ।”

तपाईँले सामना गर्नुभएको मानसिक र भावनात्मक पीडा ‘फेरि सम्झनामा आउनेछैनन्‌; ती कुराहरू फेरि कहिल्यै आफ्नो मनमा खेलाउनुपर्ने छैन।’—यसैया ६५:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने