प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. ३ pp. १४-१५
  • तपाईँ अहिले पनि खुसी हुन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ अहिले पनि खुसी हुन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साँचो सन्तुष्टि कसरी पाउन सकिन्छ?
  • स्वास्थ्य समस्याको सामना गर्नुपर्दा
  • वैवाहिक सम्बन्धलाई बलियो बनाउनुहोस्‌
  • स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
    पारिवारिक आनन्दको रहस्य
  • मुस्कुराउँदा—तपाईंलाई फाइदा हुन्छ!
    ब्यूँझनुहोस्‌!—२०००
  • के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पारिवारिक जीवन सफल पारौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. ३ pp. १४-१५
सुरुमा उल्लेख गरिएका वैज्ञानिकहरूमध्ये एक वैज्ञानिक र तिनकी श्रीमती सँगै खाना बनाउँदै

तपाईँ अहिले पनि खुसी हुन सक्नुहुन्छ

एकदिन कोही पनि बिरामी र बूढाबूढी नहुने अनि मर्नु नपर्ने समय आउनेछ। त्यो सुन्दर भविष्य तपाईँको हुन सक्छ। तर अहिले हाम्रो जीवन दुःख अनि पीडाले भरिएको छ। त्यसोभए अहिले पनि तपाईँ कसरी खुसी हुन सक्नुहुन्छ? बाइबलले तपाईँलाई अहिले पनि खुसी अनि सन्तोषजनक जीवन बिताउन मदत गर्छ। बाइबलले जीवनमा आउने चुनौतीहरू पार गर्न कसरी मदत गर्छ, केही उदाहरण विचार गर्नुहोस्‌।

साँचो सन्तुष्टि कसरी पाउन सकिन्छ?

बाइबलमा पाइने सल्लाह: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।”—हिब्रू १३:५.

जीवनमा खुसी हुने हो भने बजारमा आएका नयाँ-नयाँ सामान किन्‍नैपर्छ भनेर मानिसहरू भन्‍ने गर्छन्‌। तर बाइबलले हामी “अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुन सक्छौँ भनेर बताउँछ। कसरी?

“पैसाको प्रेम”-बाट मुक्‍त हुनुहोस्‌। पैसाको लागि मानिसहरू आफ्नो स्वास्थ्य, परिवार, मित्रता, नैतिकता र मान-प्रतिष्ठा केही भन्दैनन्‌। पैसाको लागि तिनीहरू जे पनि गर्न तयार हुन्छन्‌। (१ तिमोथि ६:१०) के पैसाको लागि त्यत्रो ठूलो मोल चुकाउनु सही हो? पैसाको लागि जति नै त्याग गरे पनि पैसालाई प्रेम गर्ने मानिस “कहिल्यै सन्तुष्ट हुँदैन।”—उपदेशक ५:१०.

सामानलाई होइन, मानिसलाई महत्त्व दिनुहोस्‌। भौतिक सर-साधनहरू केही हदसम्म उपयोगी हुन्छ। तर यस्ता सामानहरूले हामीलाई माया अनि कृतज्ञता देखाउन सक्दैनन्‌। मानिसहरूले मात्र यी कुराहरू व्यक्‍त गर्न सक्छन्‌। “साँचो मित्रले” मात्र हामीलाई जीवनमा सन्तुष्ट हुन मदत गर्छ।—हितोपदेश १७:१७.

बाइबलका निर्देशनहरू लागू गरेर तपाईँ अहिले पनि खुसी हुन सक्नुहुन्छ

स्वास्थ्य समस्याको सामना गर्नुपर्दा

बाइबलमा पाइने सल्लाह: “आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो।”—हितोपदेश १७:२२.

“औषधीले” जस्तै आनन्दले हामीलाई विभिन्‍न स्वास्थ्य समस्याको सामना गर्न मदत गर्छ। तर बिरामी हुँदा पनि हामी कसरी आनन्दित हुन सक्छौँ?

कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। यदि हामी आफ्नो समस्यामा मात्र घोरिन्छौँ भने “हरेक दिन” निराश हुन सक्छौँ। (हितोपदेश १५:१५) तर बाइबलले हामीलाई यस्तो सल्लाह दिन्छ, “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।” (कलस्सी ३:१५) त्यसैले स-सानो कुरामा पनि कृतज्ञ हुन सिक्नुहोस्‌। सुन्दर सूर्यास्त, मन्द हावा र आफूले माया गरेको व्यक्‍तिको मीठो मुस्कानजस्ता साना कुराहरूले पनि हाम्रो जीवनमा खुसीको बहार ल्याउँछ।

अरूको लागि केही गर्नुहोस्‌। हाम्रो स्वास्थ्य अवस्था नराम्रो होला तर “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ” भन्‍ने सिद्धान्त पालन गर्दा हामी खुसी हुन सक्छौँ। (प्रेषित २०:३५) अरूले हाम्रो प्रयासको प्रशंसा गर्दा हामी खुसी हुन्छौँ र आफ्नो समस्याको बारेमा त्यति सोच्ने मौका नै पाउँदैनौँ। अरूलाई मदत गर्दा हामी तिनीहरूको जीवनमा मात्र नभई आफ्नो जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्छौँ।

वैवाहिक सम्बन्धलाई बलियो बनाउनुहोस्‌

बाइबलमा पाइने सल्लाह: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलिप्पी १:१०.

एकअर्कासित थोरै समय बिताउने दम्पतीहरू टाढिने सम्भावना बढी हुन्छ। त्यसैले पति-पत्नी दुवैले आफ्नो वैवाहिक सम्बन्धलाई एकदमै महत्त्वपूर्ण ठान्‍नुपर्छ र पहिलो स्थानमा राख्नुपर्छ।

सँगै मिलेर काम गर्नुहोस्‌। आफ्नो रुचिका कामहरू एक्लै-एक्लै गर्नुको सट्टा सँगै मिलेर गर्ने योजना बनाए कसो होला? “एकभन्दा दुई असल हो” भनेर बाइबल बताउँछ। (उपदेशक ४:९) त्यसैले सँगै मिलेर खाना पकाउने वा कतै घुम्न जाने योजना बनाउनु भए कसो होला?

माया व्यक्‍त गर्नुहोस्‌। पति-पत्नीले एक-अर्कालाई प्रेम अनि आदर गर्नुपर्छ भनेर बाइबलले सल्लाह दिन्छ। (एफिसी ५:२८, ३३) मीठो मुस्कान, न्यानो अँगालो अनि सानो उपहारले पनि वैवाहिक सम्बन्धलाई बलियो बनाउन मदत गर्छ। पति-पत्नीले आफ्नो जोडीसँग मात्रै शारीरिक सम्बन्ध राख्नु पर्छ।—हिब्रू १३:४.

“आखिरमा मैले जीवनको उद्देश्‍य भेट्टाएँ!”

—रियोको मियामोटोको वृत्तान्तमा आधारित, जापान

हाम्रो जीवन एकदमै कठिन थियो। मेरो श्रीमान्‌ दिनदिनै रक्सी पिउनुहुन्थ्यो। त्यसैले उहाँ कुनै पनि काममा लामो समयसम्म टिक्नुहुन्‍नथ्यो। उहाँलाई छोराछोरीको कुनै मतलब थिएन। मैले दिनरात नभनी काम गरेँ तर समस्या भने ज्युँका त्युँ। त्यसैले म यस्तो सोच्ने गर्थेँ, “मेरो भाग्य नै यस्तो हो कि पूर्वजन्मको पापको सजाय हो?”

पछि एक जना यहोवाको साक्षीसित मेरो भेट भयो। मीठो मुस्कानले उहाँले मलाई परमेश्‍वरको राज्य अनि अनन्त जीवनको आशाबारे बताउनुभयो। मैले उहाँसित बाइबल अध्ययन गरेँ। मैले परमेश्‍वर हुनुहुन्छ र उहाँ बुद्धिमान्‌, न्यायी अनि मायालु हुनुहुन्छ भनेर सिकेँ। साथै मरेकाहरूको अवस्था कस्तो हुन्छ भनेर पनि थाह पाएँ। अनि मैले भोगिरहेको दुःखकष्ट भाग्यले गर्दा होइन रहेछ भनेर पनि बुझेँ।

अझ महत्त्वपूर्ण कुरा, परमेश्‍वरसित नजिक छौँ भने मात्र साँचो सन्तुष्टि पाउन सकिन्छ भनेर मैले महसुस गरेँ। बाइबल सत्य सिकेकोले मेरो जीवन जोस र जाँगरले भरिएको छ र मैले स्वतन्त्रता अनि स्फूर्ति पाएकी छु। आखिरमा मैले जीवनको उद्देश्‍य भेट्टाएँ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने