प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जून p. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • सभामा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • “समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • सभाहरूमा टिप्पणी गरेर एक अर्कालाई प्रोत्साहित गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 जून p. २

प्रश्‍न पेटी

▪ हामीले सभाहरूमा प्रभावकारी टिप्पणी कसरी दिनसक्छौं?

हामी मण्डलीका साप्ताहिक सभाहरूमा एकसाथ भेला हुन उत्सुकतासाथ पर्खिन्छौं। त्यहाँ हामीले आफ्नो विश्‍वास व्यक्‍त गर्ने र आफ्नो टिप्पणीद्वारा अरूलाई प्रोत्साहन दिने सुअवसर पाउँछौं। (हितो. २०:१५; हिब्रू १०:२३, २४) हामीले टिप्पणी दिनुलाई सुअवसरको रूपमा हेर्नुपर्छ र नियमित रूपमा भाग लिने कोसिस गर्नुपर्छ। हामीले यो अत्यन्त प्रभावशाली ढंगमा कसरी गर्नसक्छौं?

पहिलो कदम तयारी हो। पहिला नै विषयवस्तु पढ्‌नु र त्यसमाथि गौर गर्नु महत्त्वपूर्ण छ। प्रस्तुत गरिएको विषयको वास्तविक अर्थ बुझ्ने कोसिस गर्नुहोस्‌। त्यस विषय पहिले पनि छलफल गरिसकेको भए तापनि प्रस्तुत गरिएको बेला केही विस्तृत वा अझ स्पष्ट पारिएका बुदाँहरू खोज्नुहोस्‌। त्यस विषयवस्तुको मुख्य शीर्षक मनमा राख्नुहोस्‌। बाइबल पुस्तकको गहिरो अध्ययन गरिएको प्रकाश चरमोत्कर्ष-जस्तो प्रकाशनहरूका निम्ति टिप्पणी तयार गर्दा कुनै खास पदको सम्बन्ध अन्य पदहरूसँग कसरी हुन्छ भनेर थाह पाउने कोसिस गर्न सकिन्छ। यी सुझावहरूलाई पछ्याउँदा विचार गर्ने योग्यता बढ्‌नेछ। यसले टिप्पणीको लागि राम्रो तयारी गर्न र भाग लिंदा आनन्द उठाउन मदत प्रदान गर्नेछ।

सबैभन्दा उत्तम टिप्पणीहरू छोटो, सरल र अध्ययन गरिरहेको प्रकाशनमा आधारित हुन्छन्‌। पहिलो टिप्पणीकारले प्रश्‍नको सोझै जवाफ दिनुपर्छ, अरू बुँदाहरू थप टिप्पणीहरूको निम्ति छोडि दिनुपर्छ। धेरै समय लिने र अरूलाई भाग लिन मौका नदिने खालको लामो, छेउ न पुच्छरको टिप्पणीहरू नदिनुहोस्‌। टिप्पणी दिंदा एक एक शब्द साहित्यबाट पढ्‌नुको साटो आफ्नै शब्दमा व्यक्‍त गर्नुहोस्‌। सहायक टिप्पणीहरूमा उद्धृत शास्त्र पदहरूका बुँदाहरू समावेश गर्न सकिन्छ। अरूले भनिसकेको कुरा अनावश्‍यक रूपमा नदोहऱ्‍याउन ध्यान दिएर सुन्‍नुहोस्‌।

बारम्बार हात उठाउनु राम्रो हो तर हरेक अनुच्छेदमा होइन। हामी जवानहरूलाई टिप्पणी दिन आमन्त्रित गर्छौं। तपाईं टिप्पणी दिन हिचकिचाउनु हुन्छ भने सञ्चालन गर्ने भाइलाई पहिला नै कुन अनुच्छेदमा टिप्पणी दिन चाहनुहुन्छ, त्यो बताउन सक्नुहुन्छ र शायद उहाँले तपाईंलाई टिप्पणी दिने अवसर प्रदान गर्न सक्नुहुन्छ।

श्रोतागण सहभागी हुनसक्ने सभाहरूमा भाग लिन हामी सबैले भरमग्दुर प्रयास गर्नुपर्छ। नबिर्सनुहोस्‌, यस्ता सभाहरूको सफलता धेरै हदसम्म हाम्रो टिप्पणी दिने इच्छुकता र प्रभावकारीतामा नै निर्भर हुन्छ।—भज. २६:१२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने