प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जुलाई p. १
  • “जागा रह”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जागा रह”
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • हामी किन ‘जागा रहनै पर्छ?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “सचेत रहो, जागा बस!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “जागा रहो”—इन्साफको समय आएको छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 जुलाई p. १

“जागा रह”

१ येशूले मत्ती २६:३८-४१ मा लिपिबद्ध गरिएका शब्दहरू बोल्नुहुँदा उहाँको मानव अस्तित्वको सबैभन्दा जटिल समय निकट थियो। यो सम्पूर्ण मानव इतिहासमा सबैभन्दा महत्त्वपूर्ण समय साबित हुनेथियो। यसमा सम्पूर्ण मानवजातिको छुटकारा मुछिएको थियो। येशूका चेलाहरू ‘जागा रहनु’ आवश्‍यक थियो।

२ उद्धारक र न्यायकर्ताको हैसियतमा येशू द्विपक्षीय भूमिका निर्वाह गर्न आउनै लाग्नुभएकोले आज हामी त्यस आगमनको संघारमा छौं। जागा मसीहीहरूको हैसियतमा समयको आवश्‍यकता बुझेर हामी केवल हात बाँधेर छुटकाराको लागि पर्खेर बस्दैनौं। हामीलाई थाह छ, हामी हर समय तयार हुनुपर्छ। हामीले यहोवाको सेवामा “परिश्रम र प्रयत्न” गरिरहनु नितान्त आवश्‍यक छ। (१ तिमो. ४:१०) हामी प्रत्येकबारे व्यक्‍तिगत तवरमा के भन्‍न सकिन्छ? के हामी जागा छौं?

३ आफैलाई जाँच गर्ने: येशूले यसप्रकार चेताउनी पनि दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो।” (लूका २१:३४, ३५) हामीहरू आफूबारे सतर्क रहेर ‘टेढा र बरालिएको पुस्ताका बीचमा निष्खोट र सुधा हुन’ निश्‍चित गर्नुपर्छ। (फिलि. २:१५) के हामी येशूको अनुकरण गर्दै र परमेश्‍वरको वचनमा दिइएका सिद्धान्तहरूअनुरूप हिंडेर हरेक दिन मसीहीहरूको हैसियतमा बाँचिरहेका छौं? हामीले “दुष्टको अधीनमा परेको” संसारका गैर-शास्त्रीय आचरणहरू त्याग्नुपर्छ। (१ यूह. ५:१९; रोमी १३:११-१४) आफूलाई शास्त्रअनुसार जाँच्दा के हामी साँच्चै येशूको निर्देशनअनुरूप जागा छौं?

४ प्राचीनहरूले बगालको हेरचाह कसरी गरेका छन्‌ भनी लेखा दिनुपर्छ। त्यसैकारण मण्डलीका प्राचीनहरू आफ्ना कार्यभारहरू लगनशील भएर बहन गर्न सजग हुनुपर्छ। (हिब्रू १३:१७) यहोवाका तौर-तरिकाहरूअनुसार आफ्नो परिवारलाई डोऱ्‍याउने विशेष दायित्व परिवारका शिरहरूको हो। (उत्प. १८:१९; यहो. २४:१५; १ तिमो. ३:४, ५ तुलना गर्नुहोस्‌।) साथै, हामी प्रत्येकले एकअर्कालाई प्रेम गर्ने शास्त्रीय आज्ञा पूरा गर्नु पनि कति अपरिहार्य छ! यो साँचो मसाही धर्मको चिनारी हो।—यूह. १३:३५.

५ अरूलाई चेताउनी दिन सजग हुनुहोस्‌: जागा रहँदा आफूबारे मात्र होशियार रहेर पुग्दैन। हामीसित अरूलाई चेला बनाउने कार्यभार छ। (मत्ती २८:१९, २०) यस संसारमा आउनै लागेको विनाशबाट बचोस्‌ भनेर अरूलाई चेताउनी दिन छिमेकीप्रतिको प्रेमले हामीलाई उत्प्रेरित गर्नुपर्ने हो। यो सबै मसीहीहरूको जिम्मेवारी हो। यो हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो। (रोमी १०:९, १०; १ कोरि. ९:१६) यस जीवन बचाउने काममा हामी प्रायजसो भावशून्यता र प्रत्यक्ष विरोधको सामना गर्छौं। अधिकांश मानिसहरूले हाम्रो चेताउनी इन्कार गरे तापनि अनवरत प्रयास गर्ने दायित्व हाम्रो हो। (इजकि. ३३:८, ९) परमेश्‍वर र छिमेकीप्रति साँचो प्रेमले हामीलाई अनवरत प्रयास गर्न उत्प्रेरित गर्नेछ।

६ यो आत्मसन्तुष्ट भएर बस्ने समय होइन। हामीले आफूलाई जीवनको दैनिक चिन्ताहरूमा अलमलाउनु वा पासो साबित हुनसक्ने यस रीतिरिवाजका सुखविलासहरूमा अन्तर्ग्रस्त हुन दिनु हुँदैन। (लूका २१:३४, ३५) अहिले जति सतर्क पहिले कहिल्यै हुनुपरेको थिएन। येशू ख्रीष्टले यस दुष्ट रीतिरिवाजमाथि न्याय गर्ने समय एकदमै नजीक छ। सचेत, सजग र जागा रहनेहरू मात्र बाँच्नेछन्‌। हामीले येशूका निर्देशनहरू पालन गऱ्‍यौं र “आउनलागेका कुराहरूबाट उम्कन” सफल भयौं भने हामी कति कृतज्ञ हुनेछौं!—लूका २१:३६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने