प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 मे p. १
  • “जागा बस”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “जागा बस”
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • “जागा रहो”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “अन्तको समयमा” जागा रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • जागा रहनेहरू धन्यका हुन्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • जोडतोडले लागिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 मे p. १

“जागा बस”

१ यस रीतिरिवाजको अन्तको दिनका चिह्नसम्बन्धी महत्त्वपूर्ण घटनाहरूबारे बताइसक्नु भएपछि येशू आफ्ना चेलाहरूलाई “जागा बस” भन्‍ने आग्रह गर्नुहुन्छ। (मर्कू. १३:३३) मसीहीहरू किन जागा बस्नैपर्छ? किनभने हामी मानव इतिहासको सबैभन्दा डरलाग्दो समयमा बाँचिरहेका छौं। हामी सजिलै आध्यात्मिक तवरमा निन्द्राले लट्ठिने त कुरै भएन। हामी त्यसरी लट्ठियौं भने यहोवाले हामीलाई यस अन्तको समयमा गर्न अह्राउनुभएको कामको मूल्यांकन गर्न चुक्छौं। त्यो कस्तो काम हो?

२ यहोवाले आफ्ना जनहरूलाई संसारभरि मानवजातिको लागि एक मात्र आशा अर्थात्‌ राज्यको सुसमाचार घोषणा गर्न अह्राउनु भएको छ। परमेश्‍वरको संगठनसँगसँगै मिलेर गरेको कामले, हामी समयानुकूल चल्ने र अरूलाई “अनन्त जीवनका कुरा” सुन्‍न मदत गर्नुपर्ने आवश्‍यकता बुझ्ने साँचो मसीहीहरू हौं भनेर चिनाउँछ। (यूह. ६:६८) यो अति महत्त्वपूर्ण काममा जोसका साथ सहभागी भएर हामी आध्यात्मिकतामा जागा बसेको प्रमाण दिन्छौं।

३ प्रचार गर्न प्रेरित: यहोवाका साक्षीको हैसियतमा हामी हाम्रो सेवकाईप्रति सकारात्मक हुनुपर्छ। परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले हामीलाई व्यक्‍तिगत रूपमै प्रचारकार्यमा भाग लिन प्रेरणा दिन्छ। (१ कोरि. ९:१६, १७) त्यसो गऱ्‍यौं भने, हामीले आफूलाई र हाम्रो कुरा सुन्‍नेहरूलाई समेत उद्धार गर्नेछौं। (१ तिमो. ४:१६) मानिसजातिले पाउनसक्ने सर्वोत्तम सरकार अर्थात्‌ परमेश्‍वरको राज्यको प्रचारमा यथासक्य नियमित अनि आवश्‍यक भएसम्म भाग लिने हाम्रो संकल्प होस्‌!

४ सेवकाईमा ढिलासुस्ती गर्न नहुने कारण एउटा महत्त्वपूर्ण यथार्थद्वारा प्रभावित छ। मतलब, हामी यस काममा व्यस्त भइरहेकै बखत महासंकष्ट सुरु हुनेछ। त्यस दिन र घडीको विषयमा हामी अनविज्ञ भएकाले यहोवामा भरोसा गर्दै हर समय जागा र सतर्क रहनु आवश्‍यक छ। (एफि. ६:१८) प्रचार गतिविधि विस्तार गर्न सकिने सम्भाव्यता जारी नै छ। तर मानव इतिहासको सबैभन्दा महान्‌ साक्षी कार्य चरम विन्दुमा पुग्ने समय नजिकिंदैछ।

५ येशूको “जागा बस” भन्‍ने आज्ञा विश्‍वासी भई पालन गर्नुहोस्‌। पहिलेको तुलनामा अहिले जागा बस्नु अत्यावश्‍यक भएको छ। अविलम्बी भाव बुझेर हामी उपयुक्‍त कदम चाल्न सकौं। आज र हरेक दिन आध्यात्मिक तवरमा सन्तुलित, सचेत र सक्रिय भएर यहोवाको सेवामा लागिरहौं। हो, हामी “जागा रहौं र होशियार होऔं।”—१ थिस्स. ५:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने